News Portal

  • अपर स्याङ्गे हाइड्रोपावरले आइपीओ ल्याउने

    हिमालीसंचार संवाददाता
    २६ पटक

    काठमाडौं –  नेपालमा पछिल्लो समय एकपछि अर्को कम्पनीहरुले आइपीओ सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । एक दर्जन कम्पनीहरु पाइप लाइनमा रहेको अवस्थामा नयाँ कम्पनी पनि थपिएको हो । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई आइपीओ जारी गर्ने भएको हो।

    कम्पनीले ८ लाख ७० हजार कित्ता आइपीओ बिक्री गर्न प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्ता (अन्डरराइटर) )मा नियुक्त गरेको छ । यस नियुक्ति सम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको छ । सम्झौतामा अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष वीर बहादुर घले तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

    यस कम्पनीले लमजुङ जिल्लाको मस्र्याङ्गदी गाउँपालिका वडा नं.४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा पुगेको छ । यसले सेयर निष्काशन अनुमतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीसमेत गरिरहेको कम्पनीका कार्यकारी अध्यक्ष वीर बहादुर घलेले जानकारी दिए ।

    _______

    हिमाली संचार | हिमाली संसार प्रा.लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://himalisanchar.com/

    हामीसँग फेसबुक, ट्वीटर, यूट्यूब तथा इन्स्टाग्राममा जोडिन सक्नु हुनेछ।

         फेसबुकमा जोडीनुहोस :

    प्रतिकृया दिनुहोस्

    हङकङका पूर्वसांसदलाई ४ महिनाको जेल सजाय

    हङकङ। हङकङको विपक्षी पार्टीका पूर्वसांसद लाम चेउक टिङलाई ४ महिनाको जेल सजाय सुनाइएको छ। एक...

    दुर्गम गाउँमा गाडी पुग्दा स्थानीयवासी हर्षित

    नृपेन्द्रबहादुर मल्ल, मुगु। छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा यहाँका स्थानीयवासी हर्षित...

    लोसपामा शक्ति संघर्ष: ठाकुर-महतोबीच बोलचालै बन्द

    काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ।...

    तपाईको राशिफल: आज वि.सं २०७८ साल माघ १० गते साेमवार, सन् २०२२ जनवरी २४ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो,...

    जोखिम मोलेरै अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाँदै महिला कामदार

    दिल्ली हुँदै उनी कुबेत गइन्। कुबेतमा उनले भोगेका दुःख कहालीलाग्दा छन्। ‘घरेलु श्रमिकका रूपमा काम...