News Portal

  • गैरआवासीय नेपाली संघ र सगूनबीच कल्याणकारी परियोजनामा सहकार्य गर्ने सहमति

    हिमालीसंचार संवाददाता
    ११३ पटक

    अमेरिका।
    गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्ने बारे एक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। समझदारी पत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगूनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ।

    त्यस्तै प्रवासमा रहेका नेपालीद्वारा सुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ। गैर आवासीय नेपाली संघ र सगून कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन्।

    “८२ मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीहरुले शुरु गरेका नवीनतम विचार तथा परियोजनाहरुलाई सघाउंदै आएको छ। अमेरिका जस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफुलाई स्थापित गरेर नेपाल, भारतलगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुन, संग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं’, गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले भने।

    विश्व ज्ञान सम्मेलन जस्ता कार्यक्रम मार्फत प्रवासी नेपालीहरुसंग रहेको सीप, प्रविधि र पूँजी नेपाल भित्र्याउन संघले काम गरिरहेको पनि उनले बताए। यसैगरी सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।

    ‘अहिले झन्डै पैंसठ्ठी लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहनु भएको छ। ६५ राष्ट्रहरुबाट ४,५०० भन्दा बढी लगानीकर्ताहरु हामीसंग जोडिनु भएको छ। हाम्रो यात्रामा प्रवासी नेपालीहरुले देखाउनु भएको माया, सहयोग र साथका लागि हामी सधैं आभारी छौं।

    साथै गैरआवासीय नेपाली संघसंगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने हाम्रो विश्वास छ’, उनले भने। सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगूनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन्।

    _______

    हामीसँग फेसबुक, ट्वीटर, यूट्यूब तथा इन्स्टाग्राममा जोडिन सक्नु हुनेछ।

         फेसबुकमा जोडीनुहोस :

    प्रतिकृया दिनुहोस्

    म ओलीभन्दा जेठो हुँ, राजीनामा दिएपछि सकियो – वामदेव गौतम

    काठमाडौं। नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः...

    ऐमाले भित्र अझै खटपट: १० बुँदे कार्यान्वयन नभए बैठक बहिस्कार गर्ने तेस्रो धारको चेतावनी

    काठमाडौं – एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा...

    आगामी निर्वाचनमा चितवनबाट प्रचण्डसँग लड्ने बादलको घोषणा

    काठमाडौं – नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा चितवनबाट...

    धमिलो पानीमा माछा मार्न खोज्दै निधि, देउवाको आलोचनामा रमाए शेखर

    सन्जिब पन्त, काठमाडौं। एमालेभित्रको विवाद नेपाली कांग्रेसमा पनि सर्ने सम्भावना निकै बलियो गरेर बढेको छ।...

    नेकपा एकीकृत समाजवादी पाटीले पदाधिकारीको टुंगो लगायो

    काठमाडौं – नेता माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ। एकीकृत समाजवादीको...