News Portal

  • ओली सरकारले संरक्षण गरेका यी २ ठूला माछा अख्तियारको उच्च निगरानीमा

    ६८६ पटक

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार र नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई उच्च निगरानीमा रोखेको छ ।

    कंशाकार र झाको गतिविधिलाई आन्तरिक रुपमा छानविन गर्दै आएको अख्तियारले समात्ने तयारीमा रहेको स्रोतले जनाएको छ । कंशाकार र झा दुवैले पदीय दुरुपयोग गर्दै अर्बौं रुपैयाँ घोटाला गरेको आरोप छ । उनीहरुका विरुद्ध अख्तियारमा मुद्धाहरु परेका छन् ।

    कंशाकारमाथि एअरबस ३३०—२०० सेरिजका २ थान ‘वाइड बडी’को खरिदमा आउने कमिशन र उत्पादक कम्पनीले दिने छुटमा ब्रम्हलुट मच्चाएको अभियोग छ । ‘वाईड बडी’ खरिदमा कंशकारले अर्बौ रुपैयाँ हिनामिना गरेको स्रोतको दाबी छ ।

    कंशाकारले २०७४ चैत २० गते निगमले खरिद गर्न लागेका एअरबसको दुई ठूला विमानमा लाग्ने चार थान इञ्जिनको मर्मतसम्भारको ठेक्का यसको निर्माता रोल्सरोयसलाई डेढ दशकको लागि दिने घोषणा गरेसँगै यसप्रति प्रश्न उठाउन सुरु भएको थियो ।

    नेपालको एकमात्रै राष्ट्रिय ध्वजावाहक संस्थाको प्रमुख व्यक्तिले यस्तो ब्रम्हलुट मच्चाईरहँदापनि वर्तमान सरकार, त्यो पनि ईतिहाँसकै शक्तिशाली सरकार मुकदर्शक बनेको भन्दै जनताले आलोचना समेत गर्न सुरु गरेका छन् ।

    कंशाकारले निगमको प्रमुख भएर पदीय जिम्मेवारी सम्हाल्नुभन्दापनि आर्थिक चलखेलमा आवद्ध हुनु शंकास्पद देखिएको छ । हालसालै महालेखापरीक्षकले विमान खरिदमा अनियमितता भएको दाबी गरेको छ ।

    महालेखापरीक्षक टंकमणि शर्माले नेपाल वायुसेवा निगमका सञ्चालक समितिका पदाधिकारीसहित महाप्रबन्धक र उच्च अधिकृतलाई राखेर यसका बारेमा छलफल गरेका थिए । कंशकारमाथि वाईड बडी खरिदमा ६ अर्बभन्दा बढि घोटाला गरेको आरोप छ ।

    विमान खरिदको विषयमा भएको अनियमितता छानविन गर्न पर्यटन मन्त्रालयले पनि आन्तरिक रुपमा छानविन समिति बनाएको छ ।

    सरकारले यसअघि हटाएका नेपाल दुरसंचारका पूर्वअध्यक्ष दिगम्बर झाफेरि अध्यक्ष भएका छन् । उनको नियुक्तिको विषयमा अहिले विभिन्न टिकाटिप्पणी भैरहेको छ ।

    दुरसंचार क्षेत्रको नियमक प्राधिकरणको अध्यक्ष छनौट गर्न बनेको समितिले सूचना आव्हान गरेपछि खुल्ला प्रतिस्पर्धामा झाले पनि आवेदन दिएका थिए । हालै बसेको मन्त्रिपरिषदको बैठकले उनलाई पुनः अध्यक्षमा नियुक्त गरेको थियो ।

    प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वमा सरकार गठन भएसँगै संचार मन्त्रालयले झालाई अविश्वास गर्दै कुनै पनि काम अघि नबढाउन निर्देशन दिएको थियो । त्यति मात्रै होइन झालाई बर्खास्त गरिएको थियो ।

    आँफैले हटाएको व्यक्तिलाई पुनः सोही पदमा ल्याउनु भनेको झाले ठूलो चलखेल गरेको अनुमान गर्न थालिएको छ । झाले एनसेललाई फोरजी दिने बेला अर्बौ रुपैयाँ घोटाला गरेको गम्भीर आरोप छ । रिपब्लिकदैनिकबाट 

    प्रतिकृया दिनुहोस्

    मोरङमा सहकारी दिवसको अबसरमा मोटरसाइकल ऱ्याली

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” सहकारीप्रतिको नकारात्मक भ्रम मेटौं भन्ने मूल...

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal