News Portal

  • सरकारलाई स्वार्थी समूहले चलाइरहेको छ : कांग्रेस नेता प्रकाशमान

    हिमाली संचार संवाददाता
    ४६४ पटक

    २ असोज, काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन् । यो सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनले आरोप लगाए ।

    गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा मंगलबार शोभागवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘आफ्नो गिरोहभित्रका केही सीमित व्यक्तिहरुको इन्ट्रेष्टमा मात्रै यो सरकारले काम गरिरहेको छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिका कुरा बढी तर काम कम गरिरहेको सिंहले बताए । जनतालाई राहत दिने काम सरकारले नगरेको भन्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘सुशासन र समृद्धिको कुरा उहाँले नारामा त धेरै गर्नुहुन्छ । तर जनताले त केही पाएका छैनन् । हिजो राति मात्रै दशैंको मुखमा इन्धनको मूल्य बढाइएको छ । जनतालाई केन्द्रविन्दुमा राखेर यो सरकारले काम गरेकै छैन ।’

    स्वयम् प्रधानमन्त्री, सत्तारुढ दलका नेता तथा सांसदहरुका असन्तुष्टिले पनि यो सरकार कसरी सञ्चालन भइरहेको छ भन्ने कुरा स्पष्ट हुने उनले बताए । सरकारको आलोचना गर्नेहरुविरुद्ध अरिंगाल बनेर जाइलाग्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रसंग जोड्दै नेता सिंहले भने, ‘हामीले त उहाँको केही टिप्पणीसमेत गर्न नहुने भइसक्यो । पत्रकारलाई हतकडी लगाएर लगिसकेको छ ।’

    सरकारलाई फिस्टे चरासँग तुलना

    दुई तिहाइ बहुमत भए पनि वर्तमान सरकारले काम गर्नै नजानेको उनले दाबी गरे । उनले वर्तमान सरकारलाई फिस्टे चराको चालसँग तुलना गरे । ‘यो सरकारले राम्रो काम गरोस् भनेर हामीले सुरुमै शुभकामना दिएकै हो । अहिले पनि हाम्रो शुभकामना छ । तर के गर्ने फिस्टेको खुट्टैबाट चाल पाइन्छ भनेजस्तै यिनीहरुलाई म्यानेजै गर्न आउँदैन ।’

    द्वन्द्वकालमा एक नेपालीले अर्को नेपालीलाई हत्या गरेको सुन्नुपरेजस्तै अहिले हत्या, आतंक र अपराधका घटना सुन्नु परिरहेको भन्दै नेता सिंहले सरकार शान्ति सुरक्षा कायम गर्न पनि असफल भएको आरोप लगाए ।

    सरकारको गलत कार्यशैलीका कारण जनताले राहतभन्दा आहत बढी पाइरहेको भन्दै उनले नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए । कांग्रेसले आफ्नो क्षमताले भ्याएसम्म सदनदेखि सडकसम्म नियम कानुनभित्रै रहेर काम गरिरहेको उनको भनाइ छ ।

    ‘यो सरकारले जनतालाई राहतको सट्टा आहत दिने र लोकतान्त्रिक मूल्य मान्यतालाई पन्छाएर केन्द्रियता लाद्ने प्रयास गरेको कुरालाई हामीले जनतामा लगिरहेका छौं,’ उनले भने, ‘कांग्रेसले तोडफोड गर्ने, अनियन्त्रित जुलुस निकाल्ने काम चाहिँ गर्दैन । यो सिस्टमको परिधीभित्र बसेर शान्तिपूर्ण तवरले आफ्ना कुराहरु गर्छौं ।’

    कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले गणेशमान सिंहले प्रजातान्त्रिक मूल्य मान्यताका लागि गरेको संघर्ष, त्याग र विचारलाई कांग्रेसले अनुसरण गरिरहेको पनि बताए ।

    कार्यक्रममा पूर्वसभामुख दमनाथ ढुंगाना, राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, कांग्रेस नेताहरु नविन्द्रराज जोशी, राजेन्द्र केसी, वद्रि पाण्डे, कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँ लगायतले गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal