News Portal

  • श्रीपेच नभएका राजाहरु !

    प्रदीप सुनुवार
    ८६५ पटक
    २०७७ जेठ १४, बुधवार

    सामन्तवाद नेपालमा पनि विभिन्न समयमा विभिन्न स्थानमा उत्पत्ति र विकास भएको हो । उद्द्भव, विकास, विकास उत्सर्ग तथा पतनपछि विभिन्न चरण पूरा भएपछि आधुनिक नेपालको स्थापनापछि नयाँ चरणको सामन्तवादको विकासक्रम रोकिन पुग्यो।

    विश्वका विभिन्न राज्यहरुमा अलग-अलग तरिकाले र फरक फरक समयमा सामन्तवाद उत्पत्ति र विकास भएको पाइन्छ। विशेषगरी युरोपमा रोमन साम्राज्यको पतन र बर्बरहरुको आक्रमणपछि विभाजित हुनु युरोपमा सुरक्षा र उत्पादन पद्धतिमा आएको परिवर्तनले भएको हो भने, औधोगिक करणको विकासका साथै यसको अन्त्य भयो। 

    नेपालमा उत्तरमध्यकालको समाप्तिपछि र पृथ्वीनारायण शाहले उपत्यकामाथि विजय प्राप्त गरेपश्चातको नेपाल पुनः केन्द्रीकृत सामन्ति शाहवंशको सामन्ति राज्यको रुपमा स्थापित भएपछि नेपालमा आधुनिक युग शुरुवात भएको थियो।

    यो केन्द्रीकृत सामन्तवादमा शाही वशंको केन्द्रिय सामन्ति राज्य र राणाकालीन पारिवारिक सामन्त शासनको रुपमा ई. १९६९-१९५१ सम्मको अवस्था केन्द्रीकृत शाहवंशीय र राणा पारिवारिक शासन रहेको पाईन्छ।

    गोरखाको शाहवंशीय राजा पृथ्वीनारायण शाहबाट आधुनिक केन्द्रीकृत शाहवंशीय राज्य नेपालको निर्माण भएकोले नै उनलाई आधुनिक नेपालको निर्माता र नेपालको सामन्ति राज्यको एकीकरण गर्ने व्यक्तिको रुपमा पनि लिइन्छ । 

    उनले खण्डित सामन्त राज्यबाट केन्द्रीकृत सामन्ति राज्य व्यवस्थाको शुरूवात गरेका थिए। ई.स.१९५१ पछि नेपालमा अर्धसामन्तवादी राज्य व्यवस्था र नवसामन्तवादी आर्थिक, सांस्कृतिक तथा सामाजिक व्यवस्थाको प्रारम्भ भएको पाइन्छ।

    नेपालमा विस २०६२/६३ सालको १९ दिने जनआन्दोलनले २३९वर्ष पुरानो निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको थियो। जनताले शासन व्यवस्थाको जिम्मेवारी लिएपछि हिजोको राजतन्त्रीय शासन व्यवस्था भन्दा उत्कृष्ट हुने आशा गरिएको थियो।

    नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको पनि लगभग १४ वर्ष भैसकेको छ। कुनैपनी राज्यमा राजतन्त्रको अन्त्य हुनु भनेको सामन्तवादको समाप्ति हुनु हो। यस अवधिमा नेपालमा संविधानसभाको चुनाव गरि संविधान निर्माण पनि गरियो।

    “जनताको छोराछोरी सत्ताको कुर्सीमा रहदा, जनता प्रति निकै बफादार उत्तरदायी हुन्छ होला भन्ने धेरैको आकलन थियो। राजतन्त्रको अन्त्य संगै राजतन्त्रको शासन व्यवस्था हुने गलत प्रवृत्तिहरुको अन्त्य भैइ ती सबै कुराहरुले पुर्णविराम पाउछन् भन्ने जनतामा ठुलो आशा थियो ।”

    यी सबै कुराहरू मात्र हाम्रो आशा, अपेक्षा, कल्पनामा मै सिमित रहेको प्रमाणित भैसकेको छ। आज आम नेपाली जनताले राजा विहिन मुलुकको अनुभूति गर्न पाएको छैनन्। यहाँ त केवल श्रीपेच लगाउने प्रणाली मात्र फेरिएको महसुश भएको छ। 

    नेपालका राजनीतिक दलहरूले साच्चै भन्नु पर्दा जनताको निमित्त कस्तो खालको राज्य प्रणालीको विकास गरिरहेका छन? धेरै पुराना पार्टीमा भन्दा पनि दस वर्ष जनयुद्धबाट आएको पार्टी र उसले देखाएको सपनामा जनतामा आशा र विश्वासको सगरमाथा उभिएको थियो।

    यस्तो लाग्थ्यो अब जनताको दुखका दिन गए। धनि र गरिब बीचको खाडल नरहने भो! जनताका कुनैपनि आधारभूत कुराहरुबाट बन्चित हुनु नपर्ने भयो। तर, दुर्भाग्य सपना देखाए जस्तो भएन ,उनीहरुको व्यवहार त ठिक विपरीत भयो। 

    परिवर्तनको नाममा केही र परिवर्तन भएपनी वास्तविक परिवर्तन हुनुपर्ने विषय जहाँको त्यही थाति नै रह्यो। हिजो सामन्त र बुर्जुवा वर्गलाई विरोध गालि गर्दै आएको सर्वहारा जनताको रक्षक ठान्नेहरु त्यहीँ वर्गको वरीपरि रमाइ रहेका छन्। 

    “आज उसले सर्वहारा, श्रमिक, मजदुरहरुलाई भुली सकेका छन् । उनीहरु आफ्नो अस्तित्व बचाउनका निमित्त सिद्धान्त, विचारबाट नै ध्वस्त भएर कमजोर हुदै अन्य पार्टीमा विलीन भएका छन । जुन आज दुई तिहाइ नेकपाको नामले चिनिन्छ ।”

    यो पार्टीले पनि चुनाव अघि पछि जनता माझ निकै मिठा मिठा सपना देखाउन कहि चुकेन। यो पार्टीको पनि सपना सपना मै सिमित भयो। नेपाली राजनीतिको मुख्य अवरोध र शुत्रको रुपमा राजा रहेको मानिए पनि, यसको अन्त्य हुँदा पनि देशले निकास र सहि गति पाउन सकेन। यहाँ मुख्य सुत्रको अन्त्य गरेपनी यसको प्रवृत्ति वा यसका आधारभुत तत्वहरु जीवित नै रहेको छ। यस कारण पनि मुलुक जहाँको त्यहीँ नै छ।

    कमरेड स्व. मदन भण्डारीको केही शब्द सापटी लिन चाहान्छु। ‘यो देशमा एउटा राजा रहनु र नरहनुले केही फरक पर्दैन।’ यसको आधारभूत तत्व सामन्तवाद र नोकरशाहीतन्त्रको अन्त्य हुनु नै मुख्य कुरा रहन्छ।

    आज राजाको उपस्थिति छैन तर जुन कुराबाट जनता उन्मुक्त हुन खोजेका थिए त्यो प्रवृत्ति जिउँदै छ। नेपालको राज्य व्यवस्थाको स्वरुपमा परिवर्तन देखिए पनि यसका आन्तरिक तत्वहरुमा पुरानै संस्कृतिले प्रभाव पारेको छ।” 

    राजतन्त्रको अन्त्य गर्नु भनेको कुनै व्यक्तिलाई नारायणहिटी दरबारबाट नागार्जुन सार्ने कुरा मात्र थिएन। राजा नहुनुको मतलब निरंकुश,हैकमवादी शासन नहुनू र जनताले स्वतन्त्रता प्राप्त गर्नु थियो।

    राजालाई हामीले दरबार र सिंहासन, श्रीपेच, शासन शीत मात्र तुलना गर्‍यो। वास्तवमै राजा यति मात्र होइन। यो त निरंकुश प्रवृत्ति र आचरण पनि हो। यस्ता प्रवृत्तिहरुको अन्त्य हुनसकेको छैन। 

    दरबारको राजा भन्दा जनताको छोराछोरी राज्यको राष्ट्रपति र प्रधानमन्त्री बनाउदा राज्यलाई पनि धान्न सहज होला भन्ने थियो। यथार्थमा यो गलत साबित हुनपुग्यो। नेपाल जस्तो गरिब मुलुकको राष्ट्रपति र प्रधानमन्त्रीको खर्च कुनै सम्पन्न मुलुकको भन्दा कमी छैन।

    हिजो राजाले राज्यको सम्पत्तिमा मोजमस्ती गर्‍यो, भन्ने नेताहरु आज आफै राज्यको ढुकुटीको दोहन गर्दैछन्। नेताहरूको विलासीता र भ्रष्टाचारले जनता आजित भैसकेको छन। नेपाली राजनीतिको शुरुवात लगभग ७ दसक भैसकेको छ।

    यति अवधिमा पनि पटक – पटक परिवर्तन भएको व्यवस्था र राज्य संचालनको नेतृत्वले मुलुक र जनताको आधारभूत विषयमा फेरबदल ल्याउन सकेन। नेपाली राजनीति पार्टीहरु फरक सिद्धान्त र दर्शनलाई आधार मानेपनी उनीहरुको मुल समस्या एउटै प्रकृतिको छ।

    “नेतृत्व र कार्यकारी भुमिकामा युवाहरूलाई शुन्य बनाइएको छ। युवा पुस्तामा भएको क्षमता ज्ञान, सीप, शक्ति र शिक्षालाई निष्क्रिय बनाउने प्रयत्न भएको छ। नेपाली राजनीतिको संस्कृतिमा विकृति उत्पन्न भएको छ।”

    नेपाली राजनीतिमा ज्ञान, त्याग, समर्पण क्षमता भन्दा पनि धन, सम्पत्ति गुलामी, चाकडी, चाप्लुसीले फड्को मारेको छ। आजसम्म नेपालको इतिहासमा आम नेपाली जनताले गरेको त्याग, बलिदान, समर्पणको मुल आश्रय सम्पूर्ण जनता स्वतन्त्रता र अधिकारद्वारा सम्पन्न हुनको लागि थियो। 

    आज पनि जनताले अधिकार माग्न सडक संर्घष गर्नुपर्ने बाध्यता छ। यसको बाबजुद पनि सरकार नसुन्ने झै गर्दछ नदेखे गर्छ नबुझेको झै गर्छ। ऊ लाचार बनेर टुलुटुलु हेरिरहन्छ। जनताको आवाज दबाउन हिजोको निरंकुश शासक भन्दा कम देखिदैन। सरकार सधै जनता माथी आफ्नो शासन लाद्न खोज्छ।

    जनताको मनोभावनालाई कहिले बुझ्ने प्रयास गरिएन। जनताको आवाज न हिजो राणाहरुले सुन्न तयार भए, न त राजाले सुन्ने प्रयास गरे, आजको लोकतान्त्रिक गणतन्त्र नयाँ श्रीपेच नभएका राजाहरुले पनि यो जनताको आवाजहरुलाई निशेध गर्ने दुस्साहस गर्दैछन्।

    यस प्रकारको गतिविधिले राम्रो परिणाम दिदैन। किनकी इतिहासले प्रष्ट पारेको छ। जो जनताको विरोधी भएर जनता माथी अत्याचार अनि दमन गर्छ। उसले आफ्नो अस्तित्वको विनाश निम्त्याएको हुन्छ।

    प्रदीप सुनुवार काठमाण्डौ, नेपाल।

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal