News Portal

  • बैतडीमा ५ जनामा कोरोना संक्रमण, स्थानीयस्तरमा त्रास

    भगीरथ अवस्थी
    ३९८ पटक
    २०७७ जेठ १०, शनिबार

    बैतडी – एकै पालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि स्थानीयहरुमा कोरोनाको त्रास बढेको छ। भारतबाट फर्केकाहरुमा कोरोनाको संक्रमण पुष्टी भएकाले स्थानीयस्तरमा त्रास बढेको हो। अहिलेसम्म जिल्लाका ५ जनामा कोरोना देखिएको र ती सबै शिवनाथ गाउँपालिकाका रहेका छन्।

    शुक्रबार संक्रमण पुष्टी भएका २२ वर्षीय युवक शिवनाथ गाउँपालिका २ हुन भने उनको स्वाब संकलन गरेर बैतडीबाट धनगढी पठाएपछि कोरोना पुष्टी भएको हो। उनी अहिले जिल्ला अस्पतालको आइसोलेसन कक्षमा छन्।

    यस्तै शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका ४ जना पनि बैतडीको शिवनाथ गाउँपालिकाकै हुन्। उनीहरु यसैसाता कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किएका हुन्। उनीहरुको आरडीटी रिपोर्ट पोजिटिभ आएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो।

    शनिबार पीसीआर परीक्षण रिपोट पोजिटिभ आएपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालमै राखिएको छ। शनिबार संक्रमित भएका युवकहरु बैतडी नआएप नि उनीहरुसँगै रहेका धेरै युवकहरु बैतडी भित्रिएका शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए।

    ‘शनिबार सम्म ४७५ जना शिवनाथका मात्रै भित्रिएका छन्। उनीहरु धेरै जसो बिना परीक्षण गाउँपालिकामा पुगेका छन्। जिल्लामा उनीहरुको परीक्षणका लागि आरडीटी कीटको अभाव छ भने स्वाब संकलनका लागि पनि भिटिएम छैन्। ’उनले भने ‘भारतबाट फर्केका नागरिकहरुमा कोरोना देखिएको छ। धेरै जसो भारतबाट फर्केका नागरिकहरुको परीक्षण हुन सकेको छैन्।’

    उनीहरु संक्रमितहरुसँगै भारतको मुम्बइ, नासिकलगायतका ठाउँबाट बैतडी भित्रिएको बुझिएको छ। गौरीफान्टा नाकाबाट बैतडीका धेरै नागरिक बिना परीक्षण जिल्ला भित्रिएका छन् भने शुक्रबार झुलाघाट नाकाबाट पनि बैतडीका १६२ जना बिना परीक्षण जिल्ला भित्रिएका छन्।

    भारतबाट फर्केका नागरिकहरुको परीक्षण नहुँदा कोरोनाको जोखिम बढ्दै गएको छ। जिल्लामा भारतबाट फर्केका ६ हजार बढी नागरिकको कुनै परीक्षण हुन सकेको छैन्। पछिल्लो समयमा गौरीफन्टा र झुलाघाट नाकाबाट फर्केकाहरुको पनि परीक्षण हुन सकेको छैन्।

    परीक्षणको दायरा बढाउन नसक्दा संक्रमणको जोखिम बढ्दै गएको छ। जिल्लामा आरडीटी कीटको अभाव रहेको छ भने स्वाब संकलनका लागि पनि भिटीएमको पनि अभाव रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal