News Portal

  • अमेरिकामा रहेका टेकेन्द्र भट्टको पहलमा संकलित रकममार्फत महेन्द्रनगरका विद्यार्थी र मजदुरलाई सहयोग

    हिमाली संचार संवाददाता
    ५१५ पटक
    २०७७ वैशाख २७, शनिवार

    महेन्द्रनगर – अमेरिकामा रहेका नेपालीहरुको पहलमा संकलन गरिएको रकममार्फत कञ्चनपुरको महेन्द्रनगरमा भाडामा बसेर अध्ययनरत विद्यार्थीलाई राहात वितरण गरिएको छ।

    अमेरिकामा पिएचडी गरिरहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक टेकेन्द्र भट्टको पहलमा संकलन गरिएको रकमबाट लकडाउनका कारण खाद्यान्न अभाव भएका विद्यार्थी तथा मजदुर वर्गलाई शुक्रबार राहत वितरण गरिएको हो।

    राहात वितरणमा समन्वयकारी भुमीकामा रहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक मनिश ओझाले दोस्रो चरण अन्तर्गत ८० जना विद्यार्थी र ६० जना मजदुरलाई राहत विरतण गरिएको बताए। उनका अनुसार विश्वविद्यालय र महेन्द्रनगरका अन्य क्याम्पसमा अध्ययरत विद्यार्थीलाई राहत विरतण गरिएको हो।

    भीमदत्त नगरपालिकाको ११,१२ र १३ नम्बर वडा कार्यालयलाई पनि त्यहाँका समस्यामा परेका मजदुरलाई सहयोग गर्न खाद्यान्न उपलब्ध गराईको छ। पहिलो चरण अन्तर्गत बैशाख १३ गते महेन्द्रनगरका ८० विद्यार्थीलाई राहत विरतण गरेकोमा अगामी दिनमा पनि समस्यामा परेकालाई सहयोग गर्ने जनाएको छ।

    हाल अमेरिकामा रहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपप्रध्यापक टेकेन्द्र भट्टले त्यहाँ रहेका नेपालीबाट समस्यामा रहेका विद्यार्थीलाई सहयोग रकम संकलन गरि नेपाल पठाएको बताए।

    ‘यहाँ रहेको साथीहरुले व्यक्तिगत खर्च कटाएर समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न रकम संकलन गर्‍यौ उपप्रध्यापक भट्टले अमेरिकाबाटै भने ‘यहाँ हामी पनि लकडाउनले समस्यामा छौँ, तर विद्यार्थीको समस्यालाई बुझेर सक्दो सहयोग गर्ने प्रयास गरेका हौँ।

    त्यस्तै रकम संकलनको क्रम जारी रहेकाले सहयोगी दातालाई सक्दो सहयोगका लागि उनले आग्रह समेत गरेका छन्। साथै राहत विरतणमा सहयोग तथा समन्वयकारी भुमिका निर्वाह गरेको उनले धन्यवाद दिए।

    राहत वितरणमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्रध्यापक संघ केन्द्रीय क्याम्पस ईकाइ कमिटिले पनि विशेष सहयोगी भुमिका निर्वाह गरेको थियो।

    त्यस्तै राहत विरतणमा समन्वयकारी भुमीकामा रहेका नरेन्द्र भाटले वास्तविक समस्यामा परेका विद्यार्थीलाई अगामी दिनमा पनि सहयोग गरिने बताए। साथै उनले समस्यामा परेका विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह समेत गरेका छन्।

    १२ नम्बर वडाका मजदुरलाई राहत !

    अमेरिकास्थित नेपालीहरुको पहलमा संकलन गरिएको रकममार्फत भीमदत्त नगरपालिका वडा नम्बर १२ का मजदुर वर्गलाई राहत वितरण गरिएको छ।

    वडाका प्रतिनिधिमार्फत वडाका खाद्यान्न अभाव भएका २० जना मजदुरलाई राहत वितरण गरिएको हो। त्यस्तै वडा नम्बर ११ र १३ मा पनि राहत विरतणको कार्यक्रम रहेको छ। वडा कार्यालयले विपदमा सहयोग गर्ने सहयोग सहयोगी हातहरुलाई धन्यवाद समेत दिएको छ।

    राहत वितरणका कार्यक्रममा वडाध्यक्ष कृष्णासिंह देउवा, राहत वितरण सहजकर्ता लोकराज पन्त, समाजसेवी लक्ष्मी मल्ललगायतको सहभागीता रहेको थियो।

    समाजसेवी एंव नेपाली कांग्रेसकी नेत्री मल्लले अति विपन्न परिवारलाई राहत वितरण गरिएको बताईन्। साथै शनिबार ११ र १३ नम्बर वडामा राहत विरतण गरिने मल्लले जानकारी दिइन।

    प्रतिकृया दिनुहोस्

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal