News Portal

  • नक्कली बिरामी बोक्ने ट्रस्टको एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

    हिमाली संचार संवाददाता
    २७४ पटक

    भद्रपुर १४, २०७६ चैत : नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ। को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित समाज कल्याण ट्रष्टको नाममा दर्ता छ।

    एम्बुलेन्सका चालक मोरङको कटहरी गाउँपालिका वडा नं ६ का ३२ वर्षीय अजय सरदारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो।

    प्रहरीका अनुसार विराटनगरबाट भद्रपुर आएर सो एम्बुलेन्सले भद्रपुरका चार बासिन्दालाई रु नौ हजार भाडामा लैजाँदै गर्दा प्रहरीले जाँचका क्रममा यात्रु बिरामी नभएको रहस्य खुलासा भएको थियो।

    एम्बुलेन्स र चालकलाई इप्रका झिलझिलेमा राखिएको छ। प्रहरीले जाँच गर्दा एक यात्रुले बिरामी भएको नाटक गर्दै हत्तपत्त स्ट्रेचरमा सुत्ने प्रयास गरेका थिए।

    एम्बुलेन्समा दुई बालबालिकासहित एकै परिवारका चार सदस्य थिए। यात्रुलाई प्रहरीले छाडिदिएको छ। भद्रपुरबाट विराटनगरसम्मको एम्बुलेन्स भाडा रु चार हजार तीन सय मात्र हो।

    बिर्तामोडका पसलमा पाँच फिटको सामाजिक दूरी कोभिड-१९ को सङ्क्रमण फैलन नदिने उद्देश्यले लकडाउन गरिएका अवस्थामा खुला गरिएका खाद्यान्न, तरकारी र औषधि पसलमा आजदेखि सर्वसाधारणका लागि सामाजिक दूरी (सोसियल डिस्टेन्स) कायम गरिएको छ।

    बिर्तामोडका २० पसलमा सामाजिक दूरी कायम राखेर रेखाङ्कन गरिएको गोलो घेरामा बसेर मात्र सर्वसाधारणले सामान खरीद गर्न पाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो।

    चेम्बर अफ कमर्श बिर्तामोडको अग्रसरतामा प्रहरीले व्यवसायीसँग समन्वय गरी दैनिक उपभोग्य वस्तु र औषधि पसलमा आउने ग्राहकको भीड कम गर्न पाँच फिटको दूरीमा सेतो घेरा लगाएको छ।

    प्रहरी उपरीक्षक कोइरालाले बिर्तामोडबाट शुरु गरिएको सामाजिक दूरी अभियानलाई झापाका १५ वटै स्थानीय तहमा लागू गरिने बताउनुभयो।

    सामाजिक दूरी कायम हुने गरी बनाइएको घेरामा पालैपालो उभिएर सामान खरीद गर्दा पसलमा आउने ग्राहक र बिक्रेता दुवै पक्ष कोभिड-१९ को सङ्क्रमणको जोखिमबाट जोगिने विश्वास गरिएको छ। रासस

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal