News Portal

  • शेयर गर्नुहोस तपाईंको आज शुक्रबारको राशिफल

    हिमाली संचार संवाददाता
    ३०४ पटक
    ज्योतिष लक्ष्मीप्रसाद बराल

    वि.सं.२०७६ साल चैत १४ गते | सन् २०२० मार्च २७ तारीख शुक्रबार


    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम गर्न सकिनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनसक्छ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ भने समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा जिउधन जोगाउन सजग रहनुहोला। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ। सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। दिगो काम हातलागी हुने समय छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ। तर कामले अरूको समेत उपकार गर्न सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। गुरुजनको सुझाव र सन्तानको सहयोग विशेष लाभदायी बन्नेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। मान्यजनको सहयोगले तत्काललाई अन्योल टर्न सक्छ। रोकिएका काम भने दोहोर्याउनुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

    प्रतिकृया दिनुहोस्

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    कतारका राजाको नेपाल भ्रमणमा सार्वजनिक बिदा

    काठमाडौं। कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal