News Portal

  • स्वास्थ्यमन्त्री नहटाए प्रधानमन्त्रीको राजनीतिक योगदान टुकुचामा बग्नेछ : पूर्वसचिव उपाध्याय

    हिमाली संचार संवाददाता
    ३८० पटक

    काठमाडौं १३, २०७६ चैत : नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई तत्काल हटाएर अर्काे नियुक्त नगरे प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदान समाप्त हुने बताएका छन्।

    नेपालमा कोरोनाभाइरस (कोभिड १९)को संक्रमण देखिन थालेका बेला उनले स्वास्थ्यमन्त्री ढकाललाई आर्ज बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई सुुझाव दिएका हुन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सुझाव दिएका उनले ढकाललाई हटाएर चिकित्साविज्ञलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न पनि भनेका छन्। ‘निकम्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आजै हटाएर कुनै चिकित्साबिज्ञलाई आजै देखि स्वास्थ्यमन्त्री नियुक्ति गरिहालून्’, फेसबुकमा उपाध्यायले लेखेका छन्, देश र आम जनताको स्वास्थ्य सुरक्षा नं १ प्राथमिकता हो, यो बाहेक अरू कुनै काम अहिले महत्वको छैन।

    यसमा प्रम चुके भने जनताले कहिल्यै क्षमा गर्ने छैनन्, आजसम्मको राजनीतिक योगदान टुकुचामा बग्नेछ। प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै पूर्वसचिव उपाध्यायले फेसबुक छन् : किड्नी फेरेपछि बालुवाटारमा बिगत करिब १ महिनादेखि आराम गरिरहेका सम्माननीय प्रम ओलीजीलाई कसैले जनताको तर्फबाट यो अर्जेन्ट अनुरोध छ भनेर खबर गरिदिनुपर्यो।

    निकम्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आजै हटाएर कुनै चिकित्साबिज्ञलाई आजै देखि स्वास्थ्यमन्त्री नियुक्ति गरिहालून् त्यस्तै कुनै स्वास्थ्यकर्मी कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मा दिईहालून्।

    देश र आम जनताको स्वास्थ्य सुरक्षा नं १ प्राथमिकता हो। यो बाहेक अरू कुनै काम अहिले महत्वको छैन। यसमा प्रम चुके भने जनताले कहिल्यै क्षमा गर्ने छैनन्, आजसम्मको राजनीतिक योगदान टुकुचामा बग्नेछ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal