News Portal

  • विश्वव्यापी कोरोना भाइरसबाट कसरी जोगिने ?

    हिमाली संचार संवाददाता
    ५१७ पटक

    काठमाडौँ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको त्रास नेपालीमा पनि बढ्दै गएको छ । लक्षण मिल्ने भएकाले धेरै व्यक्तिलाई मौसमी रूघाखोकी र कोरोना संक्रमणबीचको फरक छुट्याउन मुस्किल पर्न सक्छ । संक्रमणको आशंका भएका वा विदेशबाट आएका व्यक्ति कसरी क्वारेन्टाइनमा बस्ने भन्ने पनि जान्नु आवश्यक छ ।

    कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन नेपालले पनि केही तयारी गरेको छ । सरकारी तहमा गरिएका केही महत्त्वपूर्ण निर्णय र आग्रह आमनागरिकले पालना गरे कोरोनाको प्रकोपबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

    यस संक्रमणलाई ‘आयातित संक्रमण’ का रूपमा पनि हेरिएको छ । नेपालमा पनि चीनबाटै फर्किएका एक युवकलाई यसको संक्रमण देखिएर निको भएको थियो । तसर्थ स्वदेशमा रहेका भन्दा विदेशबाट आएका स्वदेशी तथा विदेशी नागरिक अलिकति सतर्क भएमा संक्रमणको जोखिम कम गर्न सकिन्छ ।

    सबैभन्दा पहिलो कुरा त विदेशबाट नेपाल आएकाहरूले होम वा सेल्फ क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्छ ।

    सरकारी संयन्त्रले अनुगमन गरेको छैन वा थाहा पाउँदैन भनेर क्वारेन्टाइनमा नबस्नु भनेको सबैभन्दा पहिले आफू र आफ्नो परिवारलाई संकटमा पार्नु हो । यात्रा गर्दा कोरोनाबाट संक्रमित भए पनि त्यसको लक्षण नदेखिन सक्छ । त्यसैले, क्वारेन्टाइनमा बस्नु सबैका लागि हितकर हुन्छ किनभने सुरुमा संक्रमणको लक्षण नदेखिए पनि १४ दिन वा त्यसभन्दा पछिसम्म संक्रमण देखिन सक्छ । त्यस अवधिमा अरूमा भाइरस सर्न सक्छ ।

    सेल्फ क्वारेन्टाइन भनेको के हो र कसरी बस्ने ?

    हावा प्रशस्त चल्ने कोठामा एक्लै बस्ने ।

    आफूले प्रयोग गरेको र गर्ने सामग्री अरूलाई छुन र प्रयोग गर्न नदिने ।

    घरका अरू मानिसबाट कम्तीमा एक मिटर टाढा बस्ने ।

    कसैको सहायता चाहिए एक जना स्वस्थ सदस्यसँग मात्रै सम्पर्क गर्ने र त्यस्ता व्यक्तिले पनि अरू सदस्यसँग सम्पर्क नगर्ने ।

    यतिबेला घरमा अरू मानिसलाई आउन सकेसम्म नदिने । फोन वा सामाजिक सञ्जालमार्फत् मात्र भेटघाट गर्ने ।

    घरमा एउटा मात्र शौचालय छ भने आफूले प्रयोग गरिसकेपछि त्यसमा राम्रोसँग ‘डिसइफेक्टेन्ट’ (बजारमा उपलब्ध घरमा प्रयोग गरिने निर्मलीकरण सामग्री) ले सफा गर्ने । त्यसपछि मात्रै अरूले प्रयोग गर्ने ।

    घरमा बस्दा मास्क लगाउने र लगाइसकेका मास्कलाई पोको पारेर राख्ने । जथाभाबी नफाल्ने ।

    क्वारेन्टाइनमा बस्दा रुघाखोकी लागे र ज्वरो आए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने । काठमाडौंमा भएको खण्डमा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमाजाँदा राम्रो ।

    रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमण भएको ठान्नु हुँदैन । हालसम्म नेपालमा कोरोना संक्रमित नदेखिएकाले विदेशबाट आएका व्यक्तिसँग सम्पर्क छैन भने रुघाखोकी वा ज्वरो आउँदैमा डराइहाल्नु पर्दैन तर आफूलाई लागेको रुघाखोकी अरूलाई नसरोस् भन्नका लागि घरबाहिर ननिस्किनु राम्रो ।

    सामान्य रुघाखोकी र कोभिड–१९ मा के फरक ?

    सामान्यतः सामान्य रुघाखोकी र कोरोनाका लक्षणमा धेरै अन्तर छैन तर कोरोना संक्रमण भएका मानिसलाई रुघाभन्दा बढी सुक्खा खोकी लाग्छ । १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ ।

    सामान्य रुघाखोकी पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ तर रुघाखोकी सर्ने दर कोरोनाको सर्ने दरभन्दा निकै कम छ ।

    रुघाखोकीले बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा पहिल्यैदेखि स्वास्थ्य समस्या भोगरिहेकालाई बढी असर गर्छ । यसले हालसम्म बालबालिका तथा गर्भवतीलाई धेरै असर गरेको देखिँदैन ।त्यसैले आफू वा आफ्ना परिवारका सदस्यले संक्रमण देखिएका देशबाट फर्किएका मानिस वा तिनका परिवारका मान्छेसँग घुलमिल गरेका छैनन् भने आत्तिनु पर्दैन ।

    ज्वरो आएको छ, सुक्खा खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चाहिँ स्वास्थ्य संस्थामा गएर जचाउनु उचित हुन्छ ।

    आफूलाई कोरोनाकै संक्रमण भए जस्तो लाग्छ भने १११५ नम्बरमा फोन गर्नुहोस् । त्यहाँबाट सल्लाह पाइन्छ ।

    धेरै समस्या भएको छ र काठमाडौंमा हुनुहुन्छ भने टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जानुहोस् । त्यहाँ जान नसकिने भएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।

    कोभिड–१९ बाट जोगिन के गर्ने, के नगर्ने ?

    सबैभन्दा पहिला, आफूलाई कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि हाललाई अत्यावश्यक काम पर्दाबाहेक घरबाट बाहिर ननिस्किनु नै राम्रो ।

    घरबाट बाहिर ननिस्किई नहुने भएमा भीडभाडमा सकेसम्म नजाने, भेट्ने मानिससँग हात नमिलाउने र उसबाट कम्तीमा पनि एक मिटर टाढा बस्ने ।

    बाहिरबाट घर फर्किएपछि वा सम्भव भएसम्म समय समयमा साबुन पानीले मिचीमिची हात धुने । हात धुन सम्भव नभए

    ७० प्रतिशतभन्दा बढी एल्कोहल भएको सेनिटाइजर हातमा राम्रोसँग दल्ने ।

    बजारमा मास्कको हाहाकार भएकाले आफूलाई रुघाखोकी र ज्वरो आएको छैन भने मास्क नलगाउने ।

    सामान्य रुघाखोकी लागेको पुष्टि भएका बिरामीबाट पनि टाढै बस्ने ।

    ६० वर्ष पुगेका वा श्वासप्रश्वास, मुटुरोग, मधुमेह (चिनी रोग), उच्च रक्तचाप भएका मानिस सबैभन्दा बढी होसियार हुनु जरुरी छ ।

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal