News Portal

  • उर्लावारीका मेयर फागोले एक दर्जन कम्युनिष्ट कार्यकर्तालाई कांग्रेसमा भित्र्याए

    हिमाली संचार संवाददाता
    ७४७ पटक

    उर्लाबारी – मोरङ उर्लाबारीका नेपाल कम्युनिष्ट पार्टीसँग आवद्ध रहेका एक दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। का‌ंग्रेस विजयी भएको उर्लावारी नगरपालिकामा भएका सकारात्मक प्रयासको प्रभाव स्वरुप नेकपाका स्थानिय कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको स्थानिय कांग्रेस कार्यकर्ताहरुले बताएका छन्।

    उर्लाबारी–८ की इन्द्र चौधरी, पुष्पा चौधरी, जल चौधरी, कृष्णा भुजेल, सञ्जा यादव, जानुकादेवी भुजेल, पुष्पाकुमारी राई, उर्लाबारी–९ की गीता अधिकारी, निराश लिम्बु, चन्द्र गुरुङलगायत कांग्रेस प्रवेश गरेका हुन् ।

    नेपाली कांग्रेसले उर्लाबारीको दुर्गापुरीस्थित चुम्लुङ भवनमा आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तर्क्रिया कार्यक्रममा उनीहरु कांग्रेस प्रवेश गरेका हुन्। नवप्रवेशीलाई कांग्रेस क्षेत्रीय सभापति तथा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले अविर लगाएर स्वागत गरे।

    नवप्रवेशीहरुलाई स्वागत गर्दै फागोले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनमा कांग्रेसको महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे। निरकुंश जहानियाँ राणा शासनको अन्याय र अत्याचारविरुद्ध क्रान्ति गरेर आएको कांग्रेस सबै जातजातिको साझा पार्टी भएको फागोले बताए।

    सर्वहारा गरीब जनताको पार्टी भन्दै झूट्को राजनीति गर्ने कम्युनिष्ट पार्टी एकल जातीय भएको समेत उनको आरोप थियो।फागोले विकास निर्माणको काममा कसैलाई पक्षपात नगरिएको बताए। विकास निर्माणमा सबैको सहभागिता अपरिहार्य हुने र आवश्यकता अनुसारको विकास निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको उनको भनाई थियो।

    कांग्रेस उर्लाबारी–८ र ९ का संयोजक बाबुराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सदस्य प्रकाश थापा, महासमिति सदस्य ललित अधिकारी, क्षेत्रीय सदस्य गोपाल कटवाललगायतले धारणा राखेका थिए। (हाम्राकुरा)

    प्रतिकृया दिनुहोस्

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    कतारका राजाको नेपाल भ्रमणमा सार्वजनिक बिदा

    काठमाडौं। कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal