News Portal

  • आर्थिक अभावले विद्यालयबाट निष्काशन गरिदिन अनुरोधसहित चिठी लेखेकी पुजाको परिवारलाई सहयोग थपिँदै

    हिमाली संचार संवाददाता
    ७८२ पटक

    प्रताप बानियाँ, म्याग्दी – ‘मलाई विद्यालयबाट रेष्टिकेट गराइदिनु’ भनेर विद्यालयलाई चिठी लेखेकी पुजा खत्रीलाई अध्ययनका लागि सहयोग जुट्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित फोकटेकी १२ वर्षीया खत्री अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा हुन् ।

    ७४ वर्षीय हजुरबुबा र आफूसहित ३ भाइबहिनीको रेखदेख गर्दै आइरहेकी पुजा घरमा खाने खर्च र पढ्नका लागि आवश्यक पोसाक तथा स्टेशनरी सामान नभएपछि बाध्यताले विद्यालय छोड्नुपर्ने अवस्था आएको भन्दै विद्यालयलाई पत्र पठाएकी थिइन् । उनले लेखेको पत्र विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले वडा अध्यक्ष कृष्णबहादुर बानियाँलाई देखाएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत बाहिर आएको थियो ।

    पुजाले विद्यालयलाई सम्बोधन गरेर लेखेको चिठी पढेर वास्तविक अवस्था थाहा पाएपछि अहिले उनको परिवारलाई स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम सुरु भएको छ । जिल्लास्थित विभिन्न संघसंस्था, व्यक्ति, स्वदेश तथा विदेशबाट आर्थिक एवं जिन्सी सामानहरुको सहयोग भैरहेको छ । वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, विद्यालयका प्रअ सोमनाथ ढुङ्गाना र पुजा खत्रीको संयुक्त नाममा बेनीको गरिमा विकास बैंकमा खाता खोलिएकोमा हालसम्म झण्डै ८० हजार रुपैयाँ आर्थिक सङ्कलन भएको जनाइएको छ ।

    पुजाको बारेमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सबैभन्दा पहिला अनरास्ववियु म्याग्दीले १२ हजार रुपैयाँ बराबरको जिन्सी सामान घरमै पुगेर हस्तान्तरण गरेको थियो । यसैगरी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलले २१ हजार, कर्मचारी मिलन केन्द्र म्याग्दीले १५ हजार पाँचसय, लायन्स क्लब अफ बेनी पिस सिटीले १० हजार रुपैयाँ बराबरको भाँडाकुँडा, म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष राम खड्का १० हजार र मोना एसिया प्यासिफिक संयोजक ददीवल खड्काले १० हजार सहयोग गरेका छन् ।

    बुबा ललितबहादुर खत्रीले रक्सी खाएर घरमा आउने गरेको र आमालाई दैनिकजसो कुटपिट गर्ने गरेपछि आमाले छाडेर गएकी हुन् । त्यसपछि बुबाले आफूहरु भाइबहिनी र वृद्ध हजुरबुबालाई समेत पटकपटक कुटपिट गर्ने गरेको पुजाको भनाइ छ । रक्सी खाएर घरमा आएर कुटपिटमा उत्रिने पुजाका बुबा ललितले घरको ढोका समेत फुकालिदिएका छन् । ७४ वर्षीय वृद्ध हजुरबुबा मानबहादुर खत्री शारिरीक रुपमा अपाङ्गता छन् । पुजा र हजुरबुबासहित उनको घरमा ९ वर्षीय बहिनी पुनम खत्री र ७ वर्षीय भाइ पुजन खत्री रहेका छन् । पुजाको माइली बहिनी ११ वर्षीय पुष्पा खत्रीलाई एक महिलाले पालनपोषण गर्ने भनेर काठमाडौंको मनमैजुमा लगेको र त्यहाँ उनलाई बालशोषण गरेकोमा उद्धारको कार्य भैरहेको छ । विगत ३ महिनादेखि पुजाका बुबा ललित सम्पर्कविहिन छन् ।

    पुजाले चिठी लेख्नुको कारण यस्तो !

    गाउँको विद्यामन्दिर आधारभूत विद्यालयबाट ५ कक्षा उत्तीर्ण गरी थप अध्ययनका लागि जामुनाखर्क माविको ६ कक्षामा पुजा भर्ना भएकी थिइन् । भदौ ५ गतेबाट विद्यालयमा हुन लागिरहेको प्रथम त्रैमासिक परीक्षामा सहभागी हुन विद्यालयले पुजालाई उनका साथीहरुमार्फत खबर पठाएपछि उनले प्रत्युत्तरस्वरुप विद्यालयलाई आर्थिक अभावले विद्यालय आउन नसक्ने पत्र पठाएकी हुन् । पुजाले पठाएको पत्रमा घरमा खाने खर्च समेत नभएको र पढ्ने लेख्ने कापी कलम समेत नहुँदा आफूले विद्यालय जानबाट छाड्नुपरेको जनाएकी थिइन् ।

    पुजाले विद्यालयलाई सम्बोधन गरेर लेखेको चिठी निर्क मर्मस्पर्शी र भावुक छ । गत भदौ १ गतेको मितिमा पुजाले विद्यालयलाई चिठी लेखेकी छिन् । उनले पत्रमा लेखेकी छिन्, ‘आजदेखि म विद्यालयमा म भर्ना भएबाट विद्यालयमा म धेरैजसो विद्यालयमा उपस्थिति हुन पाइन, अब मलाई विद्यालयबाट रेस्टिकेट गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ यसैगरी उनले जानकारी भनेर अर्को अनुच्छेदमा लेखेकी छिन्, ‘घरमा खानी खर्च नत लेख्ने पढ्ने कापीकलम नभएकोले हो सर, म बाध्यताले विद्यालयमा आउन सकिन मलाई पढाइदिने कोही छैनन् !’ चिठीको पुछारमा उनले अङ्ग्रेजीमा त्जबलप थयग भनेर पनि लेखेकी छिन् ।

    आँगन र पिँढी नभएको पुजाको दुईतले घरमा भान्सासहित स–साना चारवटा कोठा मात्रै छन् । जस्ता पाताको प्रयोगमा छाएको सानो झुपडीमा पुजाको तीनभाई र हजुरबुबा बस्ने गर्दछन् । उनीहरुले एउटा गाई पालेका छन्भने हजुरबुबाले खाना पकाउने हुँदा तीनभाई बहिनीले गाईलाई घाँस काट्ने गर्छन् । उनीहरुको ४ रोपनी जग्गा रहेपनि वृद्ध हजुरबुबाका साथै उनीहरुलाई सम्हाल्ने अभिभावक नहुँदा समस्या भएको पुजाका छिमेकी महेन्द्र बरुवालले बताए । पुजाले आफूलाई घरमा खाने खर्च र विद्यालय पोसाकको आवश्यकता परेको बताएकी छिन् ।

    म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पारिवारीक अवस्था अत्यन्तै नाजुक रहेको हुँदा पुजाको परिवार तथा उनीहरुको शिक्षाका लागि आवश्यक पहल गरिने बताएका छन् । बाबुआमा नभएको हुँदा आफूसहित भाइबहिनी र हजुरबुबाको समेत रेखदेख गर्नुपर्ने अवस्था रहेकाले यसको समाधानका लागि आवश्यक सहयोग जुटाउन पुजाको समस्यालाई उजागर गरिएको विद्यालयका प्रअ सोमनाथ ढुङ्गानाको भनाइ छ । वडा अध्यक्ष कृष्णबहादुर बानियाँले पुजासहित उनको परिवारको व्यवस्थापन र शिक्षादिक्षाको आवश्यक पहल भैरहेको बताए । उनले वडाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई यसअघि नै कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिसकिएको जानकारी दिएका छन् ।

    (नेपाल समाचारपत्र )

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal