News Portal

  • गरिबमाथी नेकपाको राजनीति प्रतिशोध, कांग्रेस भएकै कारण जस्तापाता पाएनन् !

    सुमन महतारा
    ३९१ पटक

    गुल्मी २७, २०७६ फागुन : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ सेउघा ठाँटीपोखराका बेल बहादुर खत्रीले आफु कांग्रेस भएकै कारण वडाले जस्तापाता नदिएको गुनासो गरेका छन्।

    नेपाल सरकारले स्थानीय तहसँग समन्वय गरी खरका छाना भएका गरिब परिवारलाई जस्तापाता दिएर खरको छाना मुक्त बनाउने भनेपनि सेउघा ठाँटीपोखराका खत्रीलाई यो कार्यक्रमले अझै छुन सकेको छैन।

    लगातार तीन बर्ष सम्म जस्तापाताकै लागि वडा कार्यालय धाँए। पहिल्यै जस्तापाले छाएका छिमेकीले पनि फेरी जस्तापाता पाए तर मलाई अहिलेसम्म मिलेन’, खत्रीले भने। उनले थपे, ‘मलाई कांग्रेस भएकै कारण जस्तापाता दिएनन्। खरले छाएको एक तले घरमा खत्रीका पाँच जनाको परिवार बस्दै आएको छु।

    त्यति मात्रै होइन सेउघाकि बेली गौतमलाई पनि जस्तापाताको कार्यक्रमले अझै छुन सकेको छैन। उनी अहिले ८० बर्षकी भइन्। खरकै छानामुनी बेली गौतमका ४५ बर्ष बिते। उनी बारम्बार वडा कार्यालय धाउँदा पनि कसैले आफ्नो गुनासो नसुनिदिएको बताउँछिन्। गौतमले आफु वडा कार्यालमा जाँदा वडाध्यक्षले उल्टै गाली गरेर पठाएको गुनासो समेत गरिन्।

    गोतमले आफुलाई कहाँ बस्छेस्, तँ बस्ने खोलामा हो र, तँ हाम्रो मान्छे हैन, तँलाई कसरी जस्तापाता दिउँ भनेर गाली समेत गरेको हामीसँग गुनासो पोखिन्। पानी आउँदा नछेक्ने खरले छाएको घरमा बसेकी ८० बर्षिया गौतमले आफुमाथि राजनिति भएको भन्दै आफु कांग्रेस भएकै कारण जस्तापाता नपाएको गुनासो ब्यक्त गरिन्।

    अझ अचम्मको करा के छ भने पहिल्यै जस्तापाताले नै छाएको घरमा पनि वडाले फेरि जस्तापाता दिएको छ। वडाध्यक्ष बिजय मरासिनीले आफुलाई निर्वाचनमा सहयोग गरेको भन्दै मनपरी हिसाबले सिफारिस विना नै जस्तापाताको दुरुपयोग गरेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का छाया सरकार प्रमुख लिलाधर आचार्यले बताएका छन्।

    वडाध्यक्ष मरासिनीले आफ्नो पाटीको मान्छे भन्दै बेल बहादुर खत्रीका छिमेकी तेज बहादुर खत्रीलाई जस्तापाता दिएका हुन्। तेज बहादुरको त्यसभन्दा अघि पनि घर जस्तापाताले नै छाएको थियो।

    यति मात्रै ४ नम्बरका वडाध्यक्ष मरासिनीले मनपरी हिसाबका २ नम्बरका नागरिकलाई समेत जस्तापाता दिएका छन्। नातावादको पछाडी लागेर आफ्नो वडाका नागरिक दुखी हुदाँहुदै अर्को वडाका नागरिक खुसी पार्न खोज्नु दुखत बिषय रहेको छाया सरकार प्रमुख आचार्यले बताएका छन्।

    यसभन्दा अघि ४ नम्बरका नागरिकलाई खानेपानी अपुग हुदाँहुदै पानी अन्यत्रै बेचेको आरोप लागेका वडाध्यक्ष मरासिनीले भने आफु सधै जनताको पक्षमा रहेर काम गरेको र गर्ने बताए। विकासमा राजनिति कहिल्यै नगरेको बताउँदै उनले आफुमाथि झुटो आरोप लागेको बताए।

    बेल बहादुर खत्री र बेली गौतमले जस्तापाता नपाएको प्रसङ्गमा आफ्नो केही कमजोरी भएको स्विकार गर्दे अबदेखी यस्तो नहुने र उनीहरुलाई तत्काल जस्तापाता दिने वडाध्यक्ष बिजय मरासिनीले बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal