News Portal

  • कास्की आदर्श युएईको छैठौं स्थापना दिवस तथा संस्थापक सम्मान कार्यक्रम सम्पन्न

    हिमाली संचार संवाददाता
    ६६४ पटक

    यूएई -२१ फेब्रुअरी २०२० का दिन कास्की आदर्श सेवा समाज,युएर्इले आफ्नो स्थापनाको छैठौं वार्षिकोत्सव, आन्तरिक रमाइलो फुटबल तथा सँस्थापक सदस्यहरूको सम्मान कार्यक्रम युएई को दुबई स्थित सफा पार्कमा सम्पन्न गरेको छ ।  समाजका अध्यक्ष श्री केदार कुँवर को सभापतित्वमा सम्पन समारोहमा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का मध्यपुर्व उपाध्यक्ष श्री पुष्पराज अधिकारी ज्यूको प्रमुख अतिथीका रूपमा उपस्थिती रहेको थियो भने कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का उपमहासचिव श्री मनोज कुमार सैंजु, कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का महिला सहसंयोजक (मध्यपुर्व) श्रीमती मनु गुरूङ श्रेष्ठ, सँस्थापक सल्लाहकार एवं नेपाली समाज युएईका भुपु अध्यक्ष श्री ज्ञानेन्द्र बहादुर कार्की,  समाजका सँरक्षक श्री गुप्त शेखर पौडेल,सँस्थापक सदस्य श्री बलराम अधिकारी बिशेष अतिथीमा हुनुहुन्थ्यो। तेस्तै उक्त समारोहमा समाजका, केन्द्रिय समिती, क्षेत्रिय, महिला, खेलकुद तथा साँस्कृतिक समितीका पदाधिकारीहरूका साथै अन्य आजिवन एवं साधारण सदस्यहरू तथा खेलाडीहरू र कलाकारहरूको बाक्लो उपस्थिती रहेको थियो ।

    गत वर्ष देखि सँस्था स्थापनाको पावन अवसरमा “स्वास्थ्यका लागी खेलकुद” भन्ने मुल नाराका साथ शुरू गरियको रमाइलो फुटबल प्रतियोगिताको उदेश्य सँस्थाका सदस्यहरूलाई स्वास्थ रहनका लागी खेलकुदको महत्व बुझाउँन तथा सदस्य फुटबल खेलाडीहरू सम्मिलीत सँस्थाको फुटबल क्लब कास्की XI फुटबल टिमका खेलाडीहरूलाई उर्जा प्रदान गरि खेलकुदमा सकृय बनाउनका लागि योगदान दिने उदेश्यले रमाइलो फुटबल प्रतियोगिता आयोजना गरियको उपाध्यक्ष तथा खेलकुद विभाग प्रमुख  सुरेन्द्र जि.शीले बताउनु भयो ।

    नेपाली राष्ट्रिय गानका धुनका साथ बिधीबत रूपमा सभापती तथा विशिष्ट अतिथी बाट अफिशियलहरूलाइ बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरियको उक्त प्रतियोगितामा केन्द्रिय समिती, अबुधाबी क्षेत्रिय समिती, दुवइ क्षेत्रिय समिती तथा सारजाह क्षेत्रिय समिती गरि चार समुहमा विभाजन गरि टिम सम्मिलित गराइयको थियो । गत वर्षको विजेता दुवइ क्षेत्रिय समितिले पुन आफ्नो वर्चस्व राख्दै यस वर्ष पनि प्रथम स्थान हासिल गर्न सफल भयको थियो ।

    फुटबल खेल पछिको औपचारिक समारोहमा दिप प्रज्वलन गरि उद्दघाटन पश्चात् उपाध्यक्ष श्री राजेश श्रेष्ठले स्वागत मन्तब्य राख्दै प्रतियोगिताम विजेतालाइ बधाइ दिदैं छैठौं वार्षिकोत्सव को शुभकामना प्रकट गर्दै सँस्थापक अग्रजहरूको सम्मानका खातिर वर्तमान कार्यसमितीले हाल युएइमा कार्यरत रहेका सबै सँस्थापकहरूलाइ सम्मान गर्न पाउनु गर्वको कुरा भयको व्यक्त गर्नु भयो। तेसै गरि समारोहमा शुभकामना मन्तव्य राख्दै सँस्थापक अध्यक्ष श्री गुप्तशेखर पौडेलले छैठौं वार्षिकोत्सव को शुभकामना दिनु हुदै स्थापनाकालको देखि सामाजिक कार्यमा सक्रिय सँस्थापकहरूको सम्मान गर्नु आफैमा गर्विलो रहेको कुरा बताउँदै, गत साल देखि आन्तरिक रमाइलो फुटबल प्रतियोगिता सुरूवात गरेको यस कार्यसमितीको काम तथा सकृयता प्रति प्रशंसा व्यक्त गर्दै सँस्थाको उचाइ अरू बढ्नेमा आफु विश्वस्त रहेको कुरा व्यक्त गर्नु भयो । त्यसै गरि शुभकामना मन्तव्य कै क्रममा अर्का वक्ता सँस्थापक सल्लाहकार एवं नेपाली समाज युएईका भुपु अध्यक्ष श्री ज्ञानेन्द्र बहादुर कार्कीले युएइमा मात्र नरहि स्वदेशमा पनि सामाजिक कार्यमा कटिबद्द रहेको सँस्थाको सामाजिक कामहरूले आफु हर्ष विभोर भयको कुरा बताउँदै सँस्थाको प्रगतीमा हर सदस्यहरूको भुमिका महत्वपुर्ण रहने बताउँदै सँस्थापक सदस्य सम्मान जस्ता कार्यक्रमले अग्रजहरूको सम्मान गर्नका लागी आउँदो पुस्ताहरूका लागी नमुना बन्ने कुरा व्यक्त गर्दै उपस्थित सबैमा शुभकामना दिदै सँस्थाको सफलताको कामना गर्नु भयको थियो ।

    शुभकामना मन्तव्य कै क्रममा अन्तराष्ट्रिय समन्वय परिषद्का उपमहासचिव श्री मनोज कुमार सैंजुले सन् २०१४ फेब्रुअरी २१ मा १७ जनाको उपस्थितीमा गठित यस सँस्था आज छैठौं वर्ष पुरा गरि सातौं वर्षमा प्रवेश गरेको पुनित अवसरमा उपस्थित सबैमा अन्तराष्ट्रिय समन्वय परिषद्को तथा आफ्नो व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गर्दै कास्की जिल्लाबाट कामको सिलसिलामा युएर्इमा छरिएर रहेका कस्केली हरूलार्इ एउटै छाता मुनि संगठित रहन अपरिहार्य रहेको हुनाले सामाजिक सन्जाल मार्फत् सुचना जारी गरि यस सँस्था स्थापना गरियको  जनाउँदै समाजले छोटो अवधीमा कृयाशिल रहि आफुलार्इ एक स्थापीत सामाजिक संस्थाको रूपमा परिचीत बनाउन सफल रहेको कुराको व्यख्या गर्दै सामाजिक कृयाकलापलार्इ तिव्रता प्रदान गर्नको लागी आफु सँस्थापक सदस्य मध्येको एक व्यक्ति रहेको हुँदा सदा सर्वदा तयार रहेको कुरा व्यक्त गर्दै समाजको स्थापनाका उदेश्यहरू, स्थापना काल देखि हालसम्म गरेका सामाजिक गतिविधीहरूका बारेमा जानकारी दिदै तथा सँस्थाको कार्ययोजनाहरूको मनन गरि हातेमालो गरि अगाडी बढ्न सुझाब दिदै,उपस्थीत कस्केलीहरू माझ संस्थाको महत्व र आवश्यकता बारेमा प्रष्ट पार्दै यस सँस्था सम्पूर्ण कस्केलीको अविभावक बन्न सफल होस् भन्ने शुभकामना दिनु भयको थियो ।

    शुभकामना मन्तव्य कै क्रममा प्रमुख अतिथी अन्तराष्ट्रिय समन्वय परिषद्का मध्यपुर्व उपाध्यक्ष श्री पुष्पराज अधिकारीले सँस्था छैठौं वर्ष पुरा गरि सातौं वर्षमा प्रवेश गरेको पुनित अवसरमा उपस्थित सबैमा अन्तराष्ट्रिय समन्वय परिषद्को तथा आफ्नो व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गर्दै आफु पनि सँस्थापक सदस्य मध्येको एक व्यक्ति रहेको हुँदा सँस्थाको सामाजिक काममा आफु सदा सर्वदा तत्पर रहने कुरा व्यक्त गर्दै विश्वभरीका कस्केलीको खोजि अभियानमा तथा जन्मथलोको विकासमा टेवा पुर्याउने उदेश्यले तथा विभिन्न देशमा कास्की समाजको नामले गठित सँस्थाहरूलाइ एउटै मालामा गाँस्ने अभियानले सन् २०१७ मा स्थापित अन्तराष्ट्रिय समन्वय परिषद् को गत अक्टोबर २०१९ मा सम्पन्न दोश्रो महाधिवेसन बाट आफुलाइ उपाध्यक्षको जिम्मेवारी प्रदान गर्नका लागी उल्लेख्य भुमिका खेलेको युएइ राष्ट्रिय समिति टिम प्रति विशेष आभार व्यक्त गर्दै अन्तराष्ट्रिय समन्वय परिषद् प्रवासमा रहेका सबै कस्केलीहरूलाइ समेट्नका लागी परेको कुरा बताउँदै परिषद् मा युएइले सदस्य राष्ट्रका हिसाबले देखायको सकृयता प्रति व्यख्या गर्दै मध्यपुर्वमा गठन हुन बाँकी रहेका देशहरूमा पनि कास्की आदर्शको सन्जाल विस्तार गर्नका लागी सबैको हातेमालोको खाँचो रहेको कुरा बताउँदै सँस्थाको उन्नती र प्रगतीको कामना गर्नु भयको थियो ।

    छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा छैठौं वार्षिकोत्सव अंकित केक काटियको समारोहमा सदस्यहरूले तयार पारेको नेपालको लोकप्रिय सेल रोटी अनी अचार, खिर लगायतका विभिन्न परिकारको व्यवास्था गरियको थियो भने बिभिन्न दोहोरी गीत एवं  साँस्कृतिक नाचगान पनि गरियको थियो । उक्त अवसरमा हाल युएइमा कार्यरत रहेका सँस्थापक सदस्यहरूलाइ सँस्थाकी केन्द्रिय सदस्य शोभा शर्माले खादा ओढायर तथा उपाध्यक्ष द्दय राजेश श्रेष्ठ एवं सुरेन्द्र जि.शीले सँस्थापक सदस्यता प्रमाण पत्र प्रदान गरि सम्मान पनि गरियको थियो । तेसै गरि छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित रमाइलो फुटबल प्रतियोगिताको विजेता टिम दुवइ क्षेत्रिय समितीका खेलाडीहरूलाइ पुरस्कार स्वरूप मेडल तथा ट्रफि प्रदान गर्नुका साथै प्रतियोगिता सर्वोत्कृस्ट खेलाडीलाइ उत्कृष्ट खेलाडीको ट्रफी पनि प्रदान गरियको थियो ।

    समारोहको अन्तमा सभापति श्री केदार कुँवरले सन् २०१४ मा सँस्था स्थापना बखत कामको खोजिको शिलशिलामा आफु युएइमा प्रवेश गरेरको बखत स्थापना भइ सँस्थापक सदस्यको रूपमा सकृय रहन पाउँदा अत्यन्तै हर्षित रहेको कुरा बताउँदै तत्कालिन समयमा अवसर प्रदान गर्नुहुने सँस्थापक अभियान्ताहरू श्री कृष्ण बहादुर ढकाल, श्री ज्ञानेन्द्र बहादुर कार्की तथा श्री पस बहादुर गुरूङ तथा अन्य सबै सँस्थापक अग्रजहरूको नाम सम्झदै छैठौं बर्ष सफलता पूर्वक सम्पन्न गर्न अहं भूमिका खेल्नु हुने सँस्थापक अग्रजहरू, सँरक्षक, सल्लाह्कार समिती, केन्द्रिय कार्यसमिती, क्षेत्रीय समिती, खेलकुद समिती, महिला समिती तथा साँस्कृतिक समिती,  आजिवन एवं साधारण सदस्यहरू, खेलाडीहरू, कलाकारहरू तथा सँस्थाका हर अभियानमा सहयोगीको भुमिका निर्वाह गर्नुहुने दाता एवं प्रायोजकहरू लगायत सम्पूर्ण कस्केलिहरुलाई धन्यवाद दिनुभयको थियो भने नास्ता तथा खाजाका लागी खट्नुहुने सबै सदस्यहरूमा आभार तथा कृतज्ञता प्रकट गर्दै प्रथम हुन सफल दुवइ क्षेत्रिय समिती फुटबल टिमलाइ बधाई दिनु का साथै आगामी मार्च ६, २०२० शुक्रबारका दिन अलकुजमा सँस्थाको व्यावस्थापनमा तथा सँस्थाको कास्की XI फुटबल क्लको आयोजनामा हुँदै गरेको प्रथम समृद्दि कास्की कप फुटबल प्रतियोगिता सफल तुल्याउन साथ, सहयोग र सहभागिताका लागी अपिल गर्दै सँस्थाको प्रगतिका लागि भविष्यका दिनमा पनि अझ सहयोग को खाँचो रहेको कुरा राख्दै सँस्थामा समाहित हुन यूएइमा कार्यरत रहेका सबै कस्केलीहरूलाइ आहुवान गर्नु भयको थियो । उक्त कार्यक्रममा छैठौं वार्षिकोत्सव अंकित दुइवटा केक काटियको थियो एउटाको प्रायोजन आजिवन सदस्य श्री शिवराज पौडेलले गर्नु भयको थियो भने अर्को सलाद केकको प्रायोजन दुवइ क्षेत्रिय अध्यक्ष श्री शिव कुमार श्रेष्ठले गर्नु भयको समारोह सन्चालन संस्थाका का.व. महासचिव श्री शिवराज बस्ताकोटीले गर्नु भयको थियो ।

    स्मरणीय कुरा के छ भने सँस्थाले महिना भरि जन्मदिन परेका आफ्ना सदस्यहरूको सामुहिक जन्मदिन पनि मनाउँदै आइरहेको छ र जस अनुसार फेब्रुअरी २०२० महिना भरि जन्म दिन परेका समस्त सदस्यहरूलाइ जन्मदिनको शुभकामना सहित मायाको चिनो प्रदान गर्दै सामुहिक जन्मदिन समारोह पनि उक्त कार्यक्रम स्थलमा नै मनाइयको थियो ।

    प्रतिकृया दिनुहोस्

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal