News Portal

  • नायिका श्वेता खड्काले जन्मदिनमा क्यान्सर पी’डितलाइ गरिन् यति ठूलाे सहयाेग

    हिमाली संचार संवाददाता
    ३५१ पटक

    आज नायिका स्वेता खड्काले अाफ्नाे जन्म दिनमा एक क्यान्सर पी’डितलाइ निकै ठूलाे सहयाेग गरेकि छिन् । फेब्रुअरी ५, १९८९मा पनौतीगाउमा मा जन्मिएकी उनि एक सफल नायिकाको रुपमा स्थापित भएकी छिन् । उनकाे चलचित्र क्षेत्रमा निकै चर्चा हुने गर्छ ।

    उनले दर्जनौ भन्दा धेरै चलचित्रमा अभिनय गरेका स्वेता श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन र श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरुले बिहे गरेका थिए । बिवाहको एक महिनामा नै श्रीकृष्णको नि’धन भएपछि उनी अहिले सिंगल जीबन बिताइरहेकी छन् ।

    श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण गरिहेकी स्वेता सामाजिक कार्यमा पनि उत्तिकै सकृय रहेकी छन् । केही समय पहिले उनले फिल्म कान्छी निर्माण गरेकी थिइन् फिल्म सफल पनि भएको थियो ।

    यसै बिच स्वेता खड्काले अाफ्नाे जन्म दिनकाे अवसरमा एक पी’डित युवतीलाइ सहयाेग गरेकाे जानकारी फेसबुक मार्फत शेयर गरेकि छिन् ।

    यस्ताे छ उनकाे स्टाटस्ः

    म टिचिङ्ग अस्पातलको Annex (ii) को ६०४ न क्याबिनमा पुग्दा अशक्त भएर ढ’लेकी थिईन् नेपालगन्ज (खजुरा)की २४ बर्षिया दिना परियार । मलाई देखेपछी झ’टपट उठ्न खोजिन् , मैले रोकें । मैले उनको स्वास्थ्य स्थितीबारे सोध्दै उनी सुतेको कोठामा आँखा डु’लाएँ । उनी सुतेको बेड नजिकै भगवानका केही तश्विरहरु छन्, जस्लाई हरेक दिन पुज्ने गरेकी छिन् दिनाले ।
    ” म अहिले डाक्टर र भगवानको विश्वाशमा अडेकीछु ” उनले भनिन् ।

    आज मेरो जन्म दिन, भगवान पशुपतीनाथको दर्शन गरे पस्चात् मानवियताको कर्म निभाउन टिचिङ्ग अस्पातल पुगेको थिएँ । केही दिन अगाडि मेरो जानकारीमा आएको दिना परीयारको नाजुक स्थितीमा थोरै भए पनि आफुले सकेको आर्थिक सहयोग गर्नु अनी उनिलाई आँट, साहस र हिम्मत प्रदान गर्नु मेरो उद्देश्य थियो ।

    कुनै मिडिया मार्फत दिनाले खेपिरहेको आर्थिक संकटलाई प्रस्तुत गर्न पाए उपचार खर्च जुटाउन सहयोग पुग्ने थियो भन्ने उनको परिवारको आशय अनुरुप मैले लोकप्रिय संचारकर्मी उत्सव रसाइलीलाई दिनाको रिपोर्टिङ्ग गरिदिन आग्रह गरेकी थिएँ । यो आग्रहलाई उत्सवले सहजै स्विकार गरिदिए ।

    यो मेरो सानो प्रयास हो । आफु मानव भएर जन्मनुको कर्तब्य निर्वाह गरेर मानवकै बर्गमा आफुलाई सम्मिलित गर्ने झिनो कार्य । “जन्म किन हुन्छ ?” भन्ने प्रश्नमा धेरैजना को उत्तर “म’र्न” भन्ने हुन्छ । तर मान्छेको जीवनलाई जन्म र मृ’त्‍युसंग मात्रा तुलना गर्नु भनेको ला’चारी बाहेक केही होइन

    हाम्रो जन्म भएको केही कर्म गर्नको लागि हो जस्ले समाज परिवर्तनमा सानै भए पनि देन मिलोस् । अत: मेरो यो झिनो प्रयासलाई मैले बिज्ञापनको रुपमा होइन जानकारीको रुपमा प्रस्तुत गर्न खोजेकी हुँ ताकी दिना परियारहरु जस्तालाई रोगसंग ल’ड्ने शक्ती मिलोस् । हाम्रो सानो प्रयासले कसैको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ भने, किन नगर्ने ।

    मेरो उपस्थितिले दिनको ओँठमा मुस्कान छायो, मैले ठुलो गिफ्ट पाएँ । कपडा सिलाएर जीवन चलाईरहेकी दिना परियारले छिट्टै निको भएर मलाई राम्रो ड्रेस सिलाइदिन्छु भनेकी छन् । मैले अर्को जन्मदिन मनाइरहँदा उनले सिलाएको पहिरन पहिरिन पाएँ भने त्यो मेरो लागि ठुलो गिफ्ट हुनेछ । दिनाले क्यान्सरलाई जित्न सकुन, मेरो शुभकामना ।

    हेर्नुहाेस् उनले फेसबुकमा शेयर गरेका तस्विरः

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal