News Portal

  • चीनमा एक नेपालीकाे मृत्यु कोरोना भाइरसकै कारण शव नेपाल पठाउन ढिला

    हिमाली संचार संवाददाता
    ७८५ पटक

    बेइजिङ — चीनमा कोरोना भाइरसकाे संक्रमण फैलिएपछि एक नेपाली युवाको शव नेपाल फर्काउन समस्या भएको छ। एक दशकदेखि चीनमा कार्यरत दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको गत आइतबार आफू बसेकै होटलमा निधन भएको थियो ।

    कोरोना भाइरसको केन्द्र मानिएको हुबेई प्रान्तको वुहानस्थित इन्डियन मार्का नामक भारतीय रेस्टुरेन्टमा उनी कार्यरत थिए। अस्पतालको प्रारम्भिक प्रतिवेदनअनुसार खड्काको मृत्युमा कोराेना भाइरसकाे संक्रमण देखिएकाे छैन । शनिबार राति मृतक खड्का साथीसहित हाेटेलमा बसेकाे वुहानमै रहेका बाग्लुङका टोपबहादुर थापाले कान्तिपुरलाई बताए।

    खड्का एक दशकदेखि चीनमा ‘सेफ’सम्बन्धी काम गर्दै आएका थिए। दोलखाकाे काटाकुटी पुर्ख्यौली घर भएका खड्काकी आमा, श्रीमती र छोरासहितको परिवार हाल भक्तपुरको ठिमीमा बस्दै आएको छ।

    भारतीय कम्पनीले ड्युटी बाहिरको घटना भएकाले क्षतिपूर्ति नबेहोर्ने बताएको छ। मृतकको शव नेपाल लैजान करिब १ लाख चिनियाँ आरएमबी लाग्ने भएकाले खर्च जुटाउनका लागि नेपालस्थित जिम्मेवार निकाय र बेइजिङस्थित नेपाली दूतावासले पहल गरिरहेको मृतकका आफन्‍त धनबहादुर कार्कीले जानकारी दिएका छन्। चिनियाँ वसन्त चाड सकिएपछि शव नेपाल फर्काउने प्रक्रिया अघि बढ्न सक्ने चीनस्थित नेपाली अधिकारीहरूले बताएका छन्। शुक्रबारदेखि सुरू हुने चिनियाँ नयाँ वर्षको बिदा एक सातापछि सकिनेछ। नेपाली दूतावासका अनुसार कोरोना भाइरसका कारण तत्काल शव नेपाल लैजानका लागि समस्या भएको हो।

    चिनियाँ वसन्त चाडको लामो बिदामा चिनियाँहरूको बाक्लो ओहरदोहोर हुने भएकाले कोरोना भाइरस फैलिने आशंकामा वुहानको सरकारले बिहीबारदेखि लागू हुने गरी त्यहाँका सार्वजनिक यातायातहरू अस्थायी रूपमा बन्दको घोषणा गरेको छ। स्थानीय बस, लामो दूरीका बस तथा सबवेलगायत बिहीबार बिहान १० बजेदेखि बन्द गरिएका छन्। वुहानबाट चल्ने सबै हवाई उडानहरू तथा रेल तालिका रद्ध गरिएको छ। वुहानका स्थानीय बासिन्दालाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन चेतावनी जारी गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    विप्लवको पार्टीले २०८४ मा चुनाव लड्ने

    काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal