News Portal

  • गोर्खा र धादिङ बूढीगण्डकी डुबान क्षेत्रका स्थानीय आयोजनालाई पुर्जा बुझाउँदै

    हिमाली संचार संवाददाता
    १२८ पटक

    धादिङ -सरकारले तोकेको मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आएका धादिङ र गोर्खा बूढीगण्डकी डुबान प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा लिन आफ्नो जग्गाधनी पुर्जा आयोजनालाई बुझाउन थालेका छन् ।

    अहिले आफूहरूलाई घाटा भए पनि देश विकासको अभियानमा आफूहरूले अवरोध गर्न नहुने भन्दै स्थानीयले मुआब्जाका लागि धनी पुर्जा दिन सुरु गरेका हुन् ।

    मुआब्जा वितरणमा देखिएको समस्या सरकारले मुआब्जा सार्वजनिक गरिसकेपछि लम्ब्याउन नहुने प्रभावितले बताएका छन् । सरकारले मुआब्जा सार्वजनिक गरेसँगै बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणको कामले तीव्रता लिएको छ । गोर्खाको आरुघाट र धादिङको विशालटार, खहरेलगायतका मुख्य व्यापारिक केन्द्रमा पर्ने जमिनको मुआब्जा कम तोकेको प्रति असन्तुष्टि जनाउँदै त्यस क्षेत्रका स्थानीयले विरोध गर्दै आएका थिए ।

    बूढीगण्डकी आयोजनासँग स्थानीयले मुआब्जास्वरूप पाएको रकमको पुँजीगत लाभ कर नलिन आग्रह गरेको र सोही अनुसार केन्द्रमा सिफारिस गरेको आयोजनाका प्रमुख कृष्णबहादुर कार्कीले जानकारी दिनुभएको छ । राष्ट्रिय गौरवको आयोजना मानिएको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका क्रममा असन्तुष्टि जनाउँदै आएका गोर्खा र धादिङ जिल्लाका स्थानीयको तीन

    हजार कित्ता जमिनको मुआब्जा रकम वितरण गर्न बाँकी रहेको थियो ।

    मुआब्जा वितरण हुन बाँकीमध्ये गोर्खाका ६० प्रतिशत र धादिङका करिब ३५ प्रतिशत जग्गाधनीले मुआब्जाका लागि जग्गाधनी पुर्जा आयोजनामा बुझाई निवेदन दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    जुनी खालिङ राईको “पानी खानु मुलको…!” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ । पुर्वाञ्चल धनकुटाकी पछिल्लो समय चर्चित गायिका जुनी खालिङ राईले लकडाउनको सदुपयोग गर्दै अर्को...

    बाँके निकुञ्जमा अख्तियारको छापा, प्रमुखसहित दुई नियन्त्रणमा

    २०७७ साउन १९, सोमबार कमल न्यौपाने/नेपालगन्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्जका दुई...

    ऐन बिपरित मप बिश्वबिद्धालयका उपकुलपतिद्वारा सल्लाहकार नियुक्त

    २०७७ साउन १९, सोमबार सुर्खेत – मध्यपश्चिमाञ्चल बिश्वबिद्धालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहले आफ्नो सल्लाहकार नियुक्ति...

    एक वर्ष नपुग्दै वैदेशिक रोजगारी गुमाएकालाई निःशुल्क उद्धार

    २०७७ साउन १९, सोमबार काठमाडौं – वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई निःशुल्क उद्धार गर्न कार्यविधि...

    काँग्रेसमा क्रियाशिल सदस्यताको चटारो, यसरी पाउन सकिन्छ नयाँ सदस्यता

    २०७७ साउन १९, सोमबार काठमाडौँ – नेपाली काँग्रेसले आगामी १४औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।