News Portal

  • कुवेतमा तमू च्यु-ल्होसार कार्यक्रम भव्यताका साथ मनाईयो

    हिमाली संचार संवाददाता
    ५६३ पटक

    कुबेत : शुक्रबार दिन कुवेत स्थित हिजुल कबड एरियाको सुन्दर खुल्ला एरियामा एकदमै रमियाण ठाँउमा बिविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथमा भव्य रुपमा सम्पन्न गरेको छ।

    प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,साँस्कृतिक चाड तमू ल्होसार (तमू फो-ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमू च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै कार्यक्रममा समाजका अध्यक्ष राजु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारी प्रमुख रहेका थिए।

    अतिथिहरुमा कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो।

    कार्यक्रमलाई समाजका उपाध्यक्ष यम तमू र रन्जना तमुस्योले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए। सभापति, प्रमुख अतिथी र आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रियगान र तमू राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो।

    समाजका सल्लाहकार खोप गुरुङ्ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए। समाजका बरिष्ट सल्लाहकार अमर गुरुङद्वारा पूजा पाठ अनी धार्मिक परम्परा अनुसार मृग बर्ग र मुसा बर्गका महिला पुरुषहरुलाई शुख शान्तिको कामना गर्दै स्याई स्याई गरी क्रमश ब्यक्तिहरुलाई रिपा लगाई दिएको थियो भने समाजका बरिष्ट सल्लाहकारहरु अमर गुरुङले तमू ल्होसारको बारेमा प्रष्ट पारेका थिए।

    प्रमुख अतिथि महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीले तमू ल्हाेसारको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको र रक्तदान जस्तो पुन्य कार्य देखि सामाजिक कार्यमा अग्रसर तमु समाजलाई धन्यवाद दिदै नेपाल भ्रमण वर्ष २०२० नेपालको पर्यटकीय नेपाल र कुवेत बीच रही आएको मैत्रिपूर्ण सम्बन्धलाई पर्यटकीय बर्ष ,अभियानले पर्यटन क्षेत्र लाई विकसित तथा विस्तार गर्दै लैजाने साथै दुइ देश बीच जनस्तरको सम्बन्ध थप गतिशिल एवं सुदृढ हुने विश्वास ब्यक्त गर्नु भयो गर्नु भएका थिए।

    यसैगरी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, नेपाल तामाङ घेदुङ कुवैतका अध्यक्ष सुरेश ग्यबा तामाङ,किरात राई यायोक्खा, शखा कुबेतका अध्यक्ष मन्जित राई, माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब, कुबेतका अध्यक्ष डम्बर रिमाल, नेवा:गूठी कुवेतका अध्यक्ष सुरज मस्के, तमू प्ये ल्हु संघ कुवेतकी अध्यक्ष उमा गुरुङ लगयतले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए।

    कार्यक्रमा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसीको मासु नास्ताले स्वगात गर्दै तमु जातिको परम्परागत रूपमा खेल्दै आएको खेल मुख्य आकर्षणहरुको रूपमा छेलो हान्ने, महिला पुरुषको डोरी तान्ने बेलुन फुटाउने देखि लिएर साँस्कृतिक कार्यक्रम रहेको थियो।

    कार्यक्रमको आकर्षक पक्ष खेलकुद छेलो फाल्नेमा खेलमा प्रथम विष्णु थापा मगर र दोस्रो रणबहादुर बिक भएको थियो। त्यस्तै डोरी तान्ने महिला प्रतियोगिता ३ टिमले भाग लिएको थियो तमु समाज कुबेत, किरात राई यायोक्खा, शखा कुबेत, तमू प्ये ल्हु संघ कुवेत,ले सभागिता जनाएको थियो। जस्मा महिला तर्फ (किरात राई यायोक्खा, शाखा कुबेत, प्रथम र दोस्रो स्थानमा तमू प्ये ल्हु संघ कुवेत दोस्रो हुन सफल भएको थियो भने पुरुष तर्फ ७ टिमले सभागिता जनाएको थियो।

    तीन किराती संस्था, तमू समाज कुबेत, लम्जुङ सेवासमाज कुबेत, लुम्बिनी समाज कुबेत, नेपाल तामाङ घेदुङ कुवेत, कोसेली समुह कुबेत, नेपाली जनसम्पर्क समिति कुवेतले सभागिता जनाएको थियो भने खेलमा नेपाली जनसम्पर्क समिति कुवेत प्रथम भएको थियो भने दोस्रो नेपाल तामाङ घेदुङ कुवैत भएको थियो।

    यसैगरी महिला हरुको बेलुन फुटाउने खेलमा रिषा तमूस्यो प्रथम र रमिता योञ्जन दोस्रो हुन सफल भए। बिजयी खेलाडीहरुलाई कप, मेडल, खादा फेटा लगायतले सम्मान गरीएको थियो।

    कार्यक्रमको आकर्षक अर्को पक्ष सांस्कृतिक कार्यक्रम ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो।

    कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो तमू पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होसारलाई सुगन्ध भर्ने काम समाजका सांस्कृतिक परिवारका कलाकारहरु रुप गुरुङ, भेद प्रसाद गुरुङ, अमृत गुरुङ, कुमारी गुरुङ, सरस्वती गुरुङ,योजान राइ, प्रसाद गुरुङ, श्रेया गुरुङ, निर्मला गुरुङ, सन्तोष डेनी गुरुङ, रमेश लामाको प्रस्तुतिले कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरुलाई झनै मनोरन्जन दिलाएको थियो।

    समाजले प्रत्येक बर्ष ५ सदस्यहरुलाई सम्मान गर्दै आएको छ। यसपाली पनि समाजले ५ सदस्यहहरु लाई सम्मान गरिएको थियो। जस्मा गोपाल गुरुङ, बुद गुरुङ, भुप्रसाद गुरुङ, सुमित्र गुरुङ, अमृत गुरुङलाई मायाको चिनोसहित खादाले सम्मान गरिएको थियो भने समाजको सबैजना सल्लाहकारहरुलाई पनि समाजले सम्मान गरिएको थियो।

    कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसीको मासु साथमा पुलाउ मिठो भोजनले स्वगात गरेका थिए।

    अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष राजु गुरुङले कार्यक्रममालाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका समाजका सल्लाकार तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थियोे।

    कार्यक्रम बेलुकी ८ बजे सम्पन्न भएको थियो भने कार्यक्रममा आउनजानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको थियोे।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal