News Portal

  • तमु समाज कुवेतद्वारा आयोजित तमू च्यु ल्हाेसार कार्यक्रमको तयारी पुरा

    हिमाली संचार संवाददाता
    ३८४ पटक

    कुवेत : “प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था तमू समाज कुवेतले आफ्नो महान एवं मौलिक, साँस्कृतिक पर्व तमू च्यु ल्होसार यो पटक पनि १० जनावरी २०२० शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा विविध खेलकुद,र सांस्कृतिक प्रस्तुतिहरुको साथ मनाउने तिब्र तयारी भईरहेको तमू समाज कुवेतका अध्यक्ष राजु तमूले जानकारी दिएका छन्।

    तमू (च्यु)ल्हाेसार कार्यक्रमलाई थप मनोरञ्जनात्मक रौनकता र माहौललाई रंगीन र संगीतमय बनाउन समाजका ककलाकारहरुले बेजोड प्रस्तुति दिने तयारी गरिरहेका समाजको कलाकार उपप्रमुख रुप गुरुङ बताए साथै उक्त दिन तमू (गुरुङ)को तमू जेष्ठ नागरिकद्वारा स्याई स्याई गर्ने भेषभुसा सहित, गुरुङ समुदायको लोपोन्मुख झोरा, मारुनी नृत्य,कौरा नृत्य, प्रस्तुति सहित कार्यक्रमलाई थप रोचक गर्न छेलो फाल्ने, डोरि तान्ने, हाडी फोर्ने, म्युजिकल चेयर्स प्रतियोगिता साथै जलपान तथा दिव्यभोजको पनि व्यवस्था भएको आयोजकले जानकारी दिएको छ।

    उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

    कार्यक्रमको विवरण

    कार्यक्रम : तमू(च्यु)ल्होसार

    मिति : १० जनावरी २०२० शुक्रबार

    स्थान : हिजुल कबड एरिया(BLOCK No 2- STREET NO-14 HIJUL KABAD KUWAIT)
    आयाेजक : तमू समाज कुवेत।

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal