News Portal

  • वैदेशिक ऋण कुर्दा सम्पदाहरु पुनर्निर्माणमा अन्योल

    हिमाली संचार संवाददाता
    ३४१ पटक

    भक्तपुर ०७, २०७६ पौष : वैदेशिक सहायता वा ऋण सहयोगबाट बन्ने भनिएका सम्पदाहरूको पुनर्निर्माणमा अन्योल देखापरेको छ। ०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त भई चालू आर्थिक वर्षमा पुनर्निर्माण सुरु गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट स्वीकृति भएर आएका भक्तपुरका २९ सम्पदाको पुनर्निर्माण अनिश्चित भएको हो।

    भारतीय एक्जिम बैंकको ऋण सहयोगमा स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरबाट पुनर्निर्माण गर्ने गरी स्वीकृत भएको बजेट निकासाको अझै टुंगो लागेको छैन।

    भक्तपुर दरबार परिसरको यक्षेश्वर महादेव मन्दिर जीर्णोद्धारका लागि ३० लाख रुपैयाँ, वंशगोपालस्थित कृष्ण मन्दिरसहित सत्तल पुनर्निर्माण र चाँगुनारायण नगरपालिका ग्वालदह मठ परिसरको सत्तल संरक्षणका लागि ५०/५० लाख रुपैयाँ विनियोजन भएको छ तर, एक्जिम बैंकको ऋण सहयोगको बजेट निकासा भएको छैन।

    त्यसैगरी, राष्ट्रिय कला संग्रहालयमार्फत पुनर्निर्माण गर्ने योजनाअनुरूप २७ वटा सम्पदा स्वीकृत भएको पुरातत्त्व विभाग भक्तपुरले जनाएको छ। भूकम्पका कारण क्षतिग्रस्त भई छनोटमा परेका २७ सम्पदामध्ये २६ वटा सम्पदा चालू आवमा एक्जिम बैंकको ऋण सहयोगमा पुनर्निर्माण गरिने कार्यक्रममा उल्लेख छ।

    राष्ट्रिय कला संग्रहालय भक्तपुरको जिम्मेवारीमा रहेको सूर्यविनायक–७ को बन्देश्वरी देवी मन्दिर संरक्षणका लागि ८५ लाख, मध्यपुर थिमि–४ लायकु दरबार र प्रवेशद्वार संरक्षण, सूर्यविनायक–१० स्थित नन्दीकेशर महादेव मन्दिर संरक्षणका लागि १/१ करोड, सेतीदेवी थान संरक्षण गर्न ४० लाख, सूर्यविनायक–४ को कृष्ण मन्दिर संरक्षण गर्न ६० लाख, सुवर्णेश्वर महादेव मन्दिर र परिसरको सत्तल पुनर्निर्माण ५० लाख रुपैयाँ विनियोजन भएको छ।

    सूर्यविनायक–४ तर्खगालस्थित राधाकृष्ण मन्दिर पुनर्निर्माण, मध्यपुर थिमि–५ करुणामय मन्दिर संरक्षण, भक्तपुर नगरपालिका भेलुखेलस्थित भैरव पाटी संरक्षण, सोही स्थानको लिंगो राख्ने पाटी संरक्षण, सूर्यविनायक–७ स्थित रातोपाटी संरक्षण, मध्यपुर थिमि–८ बोडेस्थित नारायण मन्दिर संरक्षण, मध्यपुर थिमि–४ स्थित तहुयेल गणेश मन्दिर संरक्षण, सूर्यविनायक–४ स्थित माकले पाटी संरक्षण, सूर्यविनायक–१० को मुसी गणेश मन्दिर संरक्षण, सूर्यविनायक–१ सुयाल गाउँको चरखण्डेश्वर पाटी पुनर्निर्माण, सूर्यविनायक गणेश मन्दिर परिसरको उत्तरतर्फको सत्तल पुनर्निर्माण, हनुमानघाट परिसरको दक्षिण लङको दशक्रिया र बिरामी कुरुवा सत्तल पुनर्निर्माणका लागि ५०/५० लाख रुपैयाँमा विनियोजन भएको छ।

    त्यस्तै, सूर्यविनायक–७ कै भीमसेन पाटी संरक्षण गर्न २० लाख रुपैयाँ, मध्यपुर थिमि–६ स्थित सिद्वि गणेश सत्तल संरक्षण गर्न ३० लाख, सिद्विकाली द्यो छें भण्डार पाटी संरक्षणका लागि २५ लाख, भक्तपुर गोल्मढीस्थित भैरवनाथ मन्दिर संरक्षण गर्न ४० लाख, भक्तपुर तौमढीस्थित जंगम मठ संरक्षण गर्न ५ करोड २२ लाख रुपैयाँ विजियोजन भएको छ।

    तर, सम्पदा संरक्षणका लागि विनियोजन भएको रकम भारतीय एक्जिम बैंकको ऋण सहयोग प्राप्त हुन ढिलाइ हुँदा डिजाइन इस्टमेट नै अनिश्चित भएको पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत मोहन सिं लामाले बताए।

    उक्त ऋण सहयोगमा सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत गर्नेबारे सम्बन्धित निकायबीच पटकपटक छलफल भए पनि कुन निकायले कसरी गर्ने विषयमा टुंगो नलाग्दा सम्पदाको पुनर्निर्माण थप अन्योलग्रस्त छ।

    टेराकोटा द्यो छें, विश्वकर्मा द्यो छें पुनर्निर्माणका लागि २०/२० लाख रुपैयाँ विनियोजन भए पनि निजी स्वामित्वको सम्पदा भएकाले पुनर्निर्माण हुन सकेको छैन। विभागका अनुसार भूकम्पका कारण जिल्लाको २ सय १३ सम्पदा प्रभावित भएको छ।

    जसमध्ये १ सय ९ वटाको पुनर्निर्माण भइसकेको, ८ वटा पुनर्निर्माणको चरणमा रहेको र ४४ वटा सम्पदा संरक्षण तथा पुनर्निर्माण प्रक्रियामारहेका छन्। कान्तिपुर

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal