News Portal

  • स्थानीय सरकारले चासो नदेखाएपछि स्थानीयबासी नै सडकमा

    कृष्णप्रसाद अधिकारीदैलेख मंसिर २३,
    ७७ पटक
    दैलेख मंसिर २३,

    जिल्लाको भगवतीमाई गाउँपालिका–१ पगथानका स्थानीय बासिन्दा बर्षातमा बिग्रीएको सडक मर्मत गर्न लागिपरेका छन् ।
    सडक मर्मतमा स्थानीय सरकारले चासो नदेखाएपछि स्थानीयबासी नै सडकमा मर्मतमा होमिएका हुन् । साविकको पगनाथ गाविस–३ जोड्ने सडक बर्षातमा बिग्रीएपछि सवारी नचल्ने अवस्थामा पुगेको थियो ।

    पगनाथको स्वास्थ्य चौकी देखि पोखरीडाँडासम्मको सडक मर्मत गरिएको स्थानीय दानबहादुर विकलले बताए । ‘स्थानीय १० जना मिलेर सडक मर्मत गरेका हौँ,’ उनले भने ‘सरकारको भर पर्दा मर्मत गर्ने कुनै संकेत देखिएन, त्यसैले हामीले आफै मर्मतमा लागिपरेका हौ ।’ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना अन्तरगर्त सञ्चालन भएको ‘भहलाग्ने गैयाली’ बृहत खानेपानी आयोजनाको सामान ओसार्नका लागि सडक मर्मत गरेको उनले बताए ।
    गाउँपालिकामा सडक मर्मतको लागि पटक पटक आग्रह गर्दा समेत वेवास्ता गरिएको खानेपानी आयोजनाका सचिव प्रेम प्रसाद काफ्ले बताए । गाउँमा खानेपानी आयोजना निमार्णको काम भईरहेको बेलामा खानेपानी आयोजनाको सामान टाढाबाट ल्याउनुपर्ने बाध्यताले सडक मर्मत गरेको उनको भनाई छ ।

    पगनाथको स्थास्थ्य चौकी सहित करिब एक सय १७ घरधुरीलाई शुद्ध खानेपानी पु¥याउने लक्ष्य सहित करिब ८६ लाखको लागतमा खानेपानी आयोजना सञ्चालित छ । सामान ढुवानीमा समस्या भएका कारण सोचेजति काम गर्न नसकेको वडा नम्बर १ का वडाअध्यक्ष मान बहादुर बुढाले बताए । गाउँपालिकामा भएको जेसिवी मेसिन बिग्रीएपछि सडक मर्मत रोकिएको गाउँपालिकाले जनाएको छ ।

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
         थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.HimaliSanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    प्रतिकृया दिनुहोस्

    सुखमय यौन जीवनका लागि कुन समय उपयुक्त ?

    दम्पतीबीच हुने यौन क्रियाले उनीहरुको भावनात्मक सम्बन्ध कसिलो मात्र बनाउँदैन, शारीरिक स्वास्थ्यमा समेत फाइदा गर्छ।...

    नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा व्यवस्थापनसमक्ष सामूहिक राजीनामा

    काठमाण्डाै – नेपाल एअरलाइन्सका विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन...

    एआईजी सिहंलाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं १०, २०७६ माघ : प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायब महानिरीक्षकबाट प्राविधिक प्रहरी...

    हेर्नुहोस तपाईंको आजको राशिफल

    वि.सं. २०७६ साल माघ १० गते शुक्रबार | सन् २०२० जनवरी २४ तारीख | नेपाल...

    एनआरएनए: प्रवक्ता र सल्लाहकारलाई हटाउन कार्यसमिति सदस्यको जोडदार माग

    अमेरिका २३, २०२० जनवरी : गैर आवासिय नेपाली संघ एनसीसी अमेरिका (एनआरएनए)का सदस्यहरुले विवादमा परेका प्रवक्ता र...

    हामीसंग इनस्ट्राग्राममा पनि जोडिनुहोस।