News Portal

  • सोशल मिडियामा ‘लाइक्स’ पाउने चक्करमा आफ्ना लाइफ-पार्टनरलाई ‘डिसलाइक’

    संवाददाता
    ४०० पटक

     

    तपाईं विवाहित हो ? त्यसो हो भने यी कुरा तपाईंले अलि बढी अनुभूत गर्न सक्नुहुनेछ ।

    जब दिनभरको काम गरेर साँझ घर पुग्नुहुनेछ, एकक्षण विश्राम लिनुहुन्छ । एक गिलास मनतातो पानी पिएपछि लताकपडा वदल्नुहुन्छ । हातखुट्टा धुनुहुन्छ । फ्रेस हुनुहुन्छ । र, सोफा वा ओछ्यानमा ढल्कनुहुन्छ । यतिबेला तपाईंको हातमा के हुन्छ ?

    हो, तपाईंले मनमनै भनिसक्नुभयो, ‘स्मार्टफोन ।’

    थकित ज्यानलाई ढल्काएर तपाईं वाइफाई कनेक्ट गर्नुहुन्छ । फेसबुक वा ट्वीटर एक्टिभ गर्नुहुन्छ । कसले के म्यासेज गरेछ ? कसले कस्तो पोस्ट गरेछ ? दिनभर के-के भएछ ? खोतल्न थाल्नुहुन्छ । नोटिफिकेशन हेर्नुहुन्छ, म्यासेज हेर्नुहुन्छ, न्युज फिड हेर्नुहुन्छ । कुनै घतलाग्दो समाचार, कुनै फन्नी जोक्स, कुनै गंभिर टिप्पणी हेर्दा हेर्दै तपाईंको मुड पनि परिवर्तन भइसक्छ । टेबुलमा खानपान तयार हुँदासम्म तपाईंको ध्यान मोबाइलबाट हटेकै हुँदैन ।

    खाना खानुहुन्छ । एकछिन बस्नुहुन्छ । यो बसाईंमा तपाईं ध्यान मुद्रामा वा शान्त रहनुहुन्न । तपाईं या त टेलिभिजनको रिमोर्ट चलाइरहेको हुनुहुन्छ । नभए, उही स्मार्टफोन ।

    फेरी तपाईं स्मार्टफोनमा अघिकै कुराहरु सर्सर्ती हेर्न थाल्नुहुनेछ । ओछ्यानमा पुगेपछि पनि तपाईंलाई निद्रा लाग्दैन । फेसबुकमा साथीसँग च्याट गर्न थाल्नुहुन्छ । मनमा लागेको कुरा पोस्ट वा शेयर गर्नुहुन्छ ।

    जीवनसंगीको आफ्नै धुन

    अब तपाईंका जीवनसंगीको हालचाल बुझौं । उनी पनि दिनभरको थकानबाट एकछिन सुस्ताउन लागेकी हुन्छिन् । घरधन्दाको काम सकाएर एकछिन टेलिभिजनमा हिन्दी धारावाहिक हेर्‍यो

     

    । त्यसपछि सुत्ने बेला भइहाल्छ । तर, मन कहाँ निदाउँछ । एकछिन फेसबुक हेर्नैपर्‍यो । आफुले पोस्ट गरेको फोटोमा कति लाइक्स आयो ? कसले के लेखेको छ ? कौतुहलता हुन्छ । मोबाइलमा वाइफाई कनेक्ट गरेर फेसबुक चलाउन थाल्छिन् ।

    अब दुबैंको आ-आफ्नै ध्यान । श्रीमान उत्तरतिर र्फकन्छन् । श्रीमति दक्षिणतिर । हुन त उनीहरु एउटै विछ्यौनमा हुन्छन् । एउटै सिरकमुनी हुन्छन् । तर, दबुैको संसार अलग-अलग हुन्छ । श्रीमति आफ्नै सहेलीसँग भलाकुसारी गर्न थाल्छिन् । श्रीमान् आफ्ना सहकर्मीसँग गफगाफ गर्न थाल्छन् ।

    उनीहरु घरी हाँस्छन्, घरी रिसाउँछन्, घरी घुर्काउँछन्, घरी शान्त हुन्छन् । तर, फेसबुककै साथीसँग । यतिबेलासम्म श्रीमान् र श्रीमतिबीच एक शब्द पनि बोलचाल भएकै हुँदैन । उनीहरुले फेसबुक त्यसबेलासम्म छाड्दैनन्, जबसम्म निद्राले छोप्दैन ।

    हुनुपर्ने यस्तो होइन र ?

    अब अर्को पाटोबाट सोचौं ।

    जब दिनभरको कामधन्दा सकाएर श्रीमान्-श्रीमतिको भेट हुन्छ । उनीहरु आपसमा सौहार्द्धपूर्ण ढंगले एकअर्काको दुखसुख साट्नुपर्ने हो । केही क्षणको विश्राममा एकअर्काको हालचाल, अवस्थाबारे चासो हुनुपर्ने हो । दिनभर के भयो, के हुँदैछ, के हुनेवाला छ भन्ने कुरामा सोधीखोजी हुनुपर्ने हो ।

    आमाबुबाले औषधी खाए, नखाएको, छोराछोरीले होमवर्क गरे, नगरेको कुराकानी हुनुपर्ने हो । घरको आवश्यकता, समस्याका विषयमा छलफल हुनुपर्ने हो । पारिवारिक योजना के हुँदैछ, कति सफल भयो, कहाँ बाधा भयो भन्ने कुरामा बहस हुनुपर्ने हो ।

    नितान्त व्यक्तिगत कुरामा पनि बेलाखबत चर्चा हुनुपर्ने हो । एकअर्कासँग रमाइलो गर्नुपर्ने हो । ख्यालठट्टा, मनोरञ्जन गर्नुपर्ने हो ।

    यस्तो अवस्थामा कस्तो महसुष हुन्छ ?

    जब तपाईं थकित ज्यान लिएर घरमा पुग्नुहुन्छ, त्यसबेला श्रीमतिले खुसीसाथ तपाईंको स्वागत गरोस् । उनको मुस्कान र सामिप्यताले तपाईंको सारा थकानहरु हटोस् । तपाईंको स्वास्थ्य, अवस्थाबारे चासो राखोस् ।

    तर, जब थकित ज्यान लिएर घरमा पुग्नुहुन्छ, त्यसबेला श्रीमति सामाजिक सञ्जामा मग्न हुन्छे । तपाईं एक गिलास चिसो पानी माग्नुहुन्छ । पत्नीले सुन्दैनन् वा नसुनै झै गर्छिन् । तपाईं अलि जोडले पानी माग्नुहुन्छ । पत्निले र्झकदै जवाफ फर्काउँछे ।

    जब तपाई घरमा पुग्नुहुन्छ, तब भान्सामा जानुहुन्छ । एकछिन विश्राम लिएर भान्साको काममा सघाउनुहुन्छ । श्रीमतिसँग ठट्टा गर्नुहुन्छ । खानपानपछि श्रीमतिलाई साथमा लिएर ओछ्यानमा जानुहुन्छ । उनको हालखबर बुझ्नुहुन्छ ।

    तर, जब तपाईं घरमा पुग्नुहुन्छ, एकछिन थकाई मारेर फेसबुकमा लिप्त हुन थाल्नुहुन्छ । श्रीमतिसँग बोल्दै बोल्नुहुन्न । कतिपय सोधेको प्रश्नको जवाफ दिन पनि आवश्यक ठान्नुहुन्न । खाना तयार भएर श्रीमति पर्खिरहेकी हुन्छे, तपाईं आफ्नै संसारमा हराउनुहुन्छ । खाना खाइरहँदा पनि एक शब्द बोलनुहुन्न । फेसबुकमै मग्न रहनुहुन्छ ।

    जब दम्पतीबीच सम्वाद हुँदैन

    जब दम्पतिबीच सम्वाद हुन छाड्छ । वा सम्वादको वातावरण विथोलिन्छ, तब स-सना असमझदारी बढ्छ । स-सना समस्याहरुको जन्म हुन्छ । त्यही सानो कुरा विस्तारै हुर्कन्छ । र, यस्तो अवस्था आउँछ कि त्यसले श्रीमान्-श्रीमतिबीच शंका-उपशंका पैदा हुन्छ । त्यसपछि एकअर्कामा असमझदारी बढ्छ । मनमुटाव हुन्छ । ठाकठुक पर्छ ।

    यता घरव्यवहारको समस्या पनि ज्यूँको त्यूँ रहन्छ  । आमाबुबालाई अस्पतालमा फलोअपका लागि लानुपर्ने समय छुट्छ । छोराछोरीको विद्यालयको शुल्क बाँकी रहन्छ । उता रासनपानीको हिसाब-किताब गडबड हुन्छ । अब हेर्नुहोस् त, घरमा कस्तो परिस्थिती आइलाग्दैछ । सानो कुरामा पनि भनाभन, झै-झगडा, मनमुटाव ।

    फेसबुकलाई दोष ?

    यहाँ आइसकेपछि तपाईंलाई लाग्दो हो, जाबो फेसबुक चलाउँदैमा त्यस्तो हुन्छ र ?

    निश्चय पनि फेसबुक, ट्वीटर, इन्स्टाग्राम चलाउँदैमा त्यस्तो हुँदैन । तर, जड त्यही हो । जब तपाईंको लगाव सामाजिक सञ्जालमा बढ्न थाल्छ, तपाईं भर्चुअल संसारमा हराउन थाल्नुहुन्छ । नयाँ-नयाँ सम्बन्ध स्थापित हुन थाल्छ । नयाँ साथी-सर्कलमा प्रवेश गर्नुहुन्छ । यसको साइड इफेक्ट के हुन्छ भने, तपाईं वास्तविक संसारमा अवतरण गर्नै सक्नुहुन्न ।

    घरव्यवहार के भइरहेको छ, बच्चाहरुको अवस्था के छ, विद्यालयमा के भइरहेको छ, बुबाआमाको स्वास्थ्यस्थिती के छ, विद्युत वा पानीको बिल बुझाइयो वा बुझाइएन यावत् कुराहरुमा गडबडी हुन थाल्छ । यसै कुराले विस्तारै तपाईंको पारिवारिक जीवनलाई गाँठो पार्दै लान्छ । र, एउटा जालोमा फसाइदिन्छ ।

    सामाजिक संजालको साइड इफेक्ट

    सामाजिक संजालको आफ्नै महत्व छ । यसलाई प्रयोग गर्ने विधी एवं तौर तरिका छन् । तर, सामाजिक सञ्जालमा हामी यति धेरै लिप्त हुन थालेका छौं कि, पारिवारिक मूल्य र मान्यताहरु ओझेल पर्न थालेका छन् ।

    सामाजिक सञ्जालमा लिप्त भईरहँदा दम्पतीबीचको सम्वाद टुटेको छ । स्वभावैले मानिसलाई रमाइलो गर्न मन लाग्छ । हातमा स्मार्टफोन हुँदा र फेसबुक चलाइरहँदा घरायसी कुरा गर्न कसरी जाँगर चल्छ ?

    हामी सजिलो खोज्छौं, रमाइलो खोज्छौं । त्यही कारण त श्रीमति-श्रीमान् एकै ठाउँमा भएर पनि नभएजस्तो हुन्छ । दुबैको उपस्थिती र सामिप्यता एकअर्काले महसुष नै गर्दैनन् । न उनीहरुबीच घरायसी कुराकानी हुन्छ । न प्रेमिल संवाद नै ।

    यसरी सामामाजिक सञ्जालमा फसेर दम्पतिले आसपी सम्बन्धमा तित्तता ल्याउँछ ।

    सम्बन्ध विच्छेदको कारक, सामाजिक सञ्जाल

    अर्कोतिर समस्या जटिल छ । सामाजिक सञ्जालकै कारण अहिले सम्बन्ध विच्छेदको घटना बढेको छ । सामाजिक सञ्जालमा लिप्त भएपछि घरको सामान्य कामधन्दा नै प्रभावित भएको छ । छोराछोरी बिचल्ली परेका छन् । त्यती मात्र होइन, सामाजिक सञ्जालको फन्दामा परेर विवाहेत्तर सम्बन्ध स्थापित हुने आशंका पनि प्रवल हुँदै गएको छ । क्षणिक रुपमा मनोरञ्जन लिने हेतुले जोडिएका कतिपय सम्बन्धहरु विस्तारै जटिल अवस्थामा प्रवेश गरेको पाइन्छ । यसले अन्ततः दम्पतिबिच संशय पैदा गर्ने मात्र होइन, कलहको विऊ नै रोप्ने गरेका छन् । यसरी सामाजिक सञ्जालको प्रयोगले दम्पतिमा विकृति भित्रिएकिो छ ।

    कतिपय श्रीमान् श्रीमतिको झगडा सामाजिक सञ्जालकै निहुँमा हुनेगर्छ । पासवर्डको विषयमा झगडा भएर दाम्पत्य सम्बन्ध टुट्न पुगेको घटना पनि समाजमा भेट्न सकिन्छ । अहिले दम्पतीबीचको सम्बन्ध विच्छेदको घटना कहालिलाग्दोगरी बढेको छ । र, त्यसमा एउटा प्रमुख कारण सामाजिक संजाल भएको छ ।

    प्रतिकृया दिनुहोस्

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयी राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal