News Portal

  • जिल्ला स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने

    हिमाली संचार संवाददाता
    ५९ पटक

    दैलेख १०, असोज  ः दैलेख जिल्लाकाे नरायण नगरपालिका वडा नं. १ को आयोजना तथा जिल्ला व्याटमिन्टन संघ दैलेखको  सहकार्यमा खुल्ला व्यटमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।

    यहि अशोज २६ गते देखि २८ गते सम्म संचालन हुने व्यडमिन्टन प्रतियोगितामा सहभागि खेलाडिहरुले अशोज २४ गते कार्यालय समय भित्र नाम दर्ता गराई सक्नु पर्ने वडा सदस्य तथा प्रतियोगिताका संयोजक रमेश केसीले जानकारी दिए ।

    प्रथम हुने खेलाडि जोडिले एक सेट जर्सी तथा प्रथम,दृतिय तथा तृतिय हुने खेलाडि जोडिले स्तरिय ¥याकेट सेट प्राप्त गर्नेछन् । जस्को मुल्य क्रमस १५ हजार,१२ हजार र १० हजार पर्ने हुन्छ ।

    आफु पनि खेलाडिकै पृष्टभूमि भएर हुनु पर्छ आयोजक तथा नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तथा पूर्व भलिवल राट्रिय खेलाडि भन्नु हुन्छ “व्याडमिन्टन बिश्वको फुटबल पछि सर्वाधिक बढि रुचाईने खेल हो ।

    पछिल्लो समयमा वालवालिका तथा यूवाहरुको माझमा निकै लोकप्रिया बन्दै गएको छ । समग्रमा खेल क्षेत्रको विकास पनि संबृद्धिको आधार भएको हाम्रो निष्कर्ष हो । त्यसैले वडाको निति तथा कार्यक्रममानै समेटेको  उनले बताए ।

    पछेल्लाे समयमा व्यडमिन्टन अधिकांशको रोजाईको खेल बनेको छ । त्यसैको फलस्वरुप दैलेख बजारमा मात्र करिव बाह्र स्थानमा खुल्ला खेल मैदान छ । जिल्ला व्यडमिन्टन संघका अनुसार सदरमुकाम क्षेत्रमा मात्र सय वढि खेलाडि नियमित खेल्ने गरेको तथ्याङ्क रहेको छ ।

    तिन दिन संचालन हुने खेलका लागि रमेश कुमार केसीको संयोजकत्वमा जिल्ला व्यटमिन्टन संघ दैलेखका अध्यक्ष ललित बहादुर मल्ल, उपाध्यक्ष चक्र बहादुर सारु मगर,दिपक केसी र वडा सचिव गोपाल श्रेष्ठ गरि पाँच जनाको संचालन समिति निर्माण गरेको छ। चाड पर्वको माहोलमा प्रतियोगिताले रौनकता थप्ने बिश्वास गरिएको छ।

    भैत्रिपूर्ण भलिवल प्रतियोगिता
    वडा नं १ कै धुलपुरमा नजिकिदै गरेको बिजया दशमी तथा शुभदिपावलीको अवसरमा यहि १७ गते शुभकामना आदानप्रदाद तथा मैत्रीपूर्ण भलिवल प्रतियोगिता कार्यक्रम हुने भएको छ।

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
         थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.HimaliSanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

    टोकियो– जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । ...

    एनआरएन विश्व सम्मेलनः कुमार पन्त र कुल आचार्यको भिडन्त

    काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत)...

    चितवन कांग्रेसले सर्वसम्मत सिफारिस गर्‍यो उपनिर्वाचनका लागि उम्मेदवार

    २७ असोज २०७६, चितवन : नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि...

    हेर्नुहोस तपाईंको आजको राशिफल !

    वि.सं.२०७६ असोज साल २७ गते सोमबार | सन् २०१९ अक्टोबर १४ तारीख | नेपाल संवत...

    नेकपा कैलाली अध्यक्ष थापाको तेस्रो महिलासंगको प्रेमलिला सार्वजनिक [भिडियो सहित]

    २७ असोज २०७६ कैलाली : भन डार्लिङ। किन फोन काटेको ? छोरा आएको थियो वोलाउन...