News Portal

  • जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पुरा

    हिमाली संचार डटकम
    ६०१ पटक
    कमल सिंह ठकुरी

    कुवेत, २४ सेप्टेम्बर २०१९ : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पूरा भएको समितिका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक ईन्द्र पौडेल “कृष्ण”ले जानकारी दिएका छन।

    कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनानुसार जनसम्पर्क समिति कुवेतले पनि आफ्नो तेश्रो अधिवेशन तथा आठौं वार्षिकोत्सब गर्न लागेको बताइएको छ।

    नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री तथा पुर्बगृहमन्त्री पुर्ण बहादुर खडकाको प्रमुख आतिथ्यमा कुवेतको फर्वानियास्थित सेफ नौसाद होटेलमा सो कार्यक्रमको आयोजना गरिएको छ।

    पुर्वस्वास्थमन्त्री समेत रहनु भएका कांग्रेस केन्द्रिय सदस्य गगन कुमार थापा समेत कुवेत आउने कुरा थियोे र त्यहीअनुसार हामीले कुवेतबासीलाई जानकारी गराएका थियौं तर पार्टीले देशैभरी चलाएको जागरण अभियानको कारणले केन्द्रबाट एक जना मात्रै प्रतिनिधि पठाउने जानकारी प्राप्त गरेका छौ समितिका सभापति कल्याण कुमार श्रेष्ठले हिमालीसंचारसंगको कुराकानीमा भन्नुभयो।

    साथै जनसम्पर्क समिती कुवेतको निमन्त्रणालाई सहर्ष स्वीकार्दै बिशेष अतिथीको रुपमा साउदी अरबबाट राजु सायद आउनेछन भने कतारबाट नरेन्द्र भाट र युएईबाट मनाेज गोर्खाली आउने समितिले जानकारी दिएको छ।

    कुवेतमा कार्यरत सम्पुर्ण नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लगायत कुवेतमा कृयाशिल सम्पुर्ण संघसंस्थाका प्रमुख/प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, पत्रकार, खेलाडी र कलाकारहरुलाई अधिवेशनमा उपस्थितिका लागि समितिले अनुरोध गरेको छ।

           तपशिल :

    समय : ठिक ११ बजे
    मिति : २७ सेक्टेम्बर २०१९
    स्थान : सेफ नौसाद होटेल फर्वानिया
    आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal