News Portal

  • झुटो विवरण पेश गरी नक्कली बाबु छोरा बनि लिएको नागरिकता रद्ध

    हिमाली संचार संवाददाता
    ५१७ पटक

    बासुदेव शर्मा
    जाजरकोट : जाजरकोट नलगाड नगरपालिका २ का चंखे पुनलाई बुवा वनाई नेपाली नागरिकताको प्रमाण पत्र लिने कमलको जिल्ला प्रशासन कार्यालय जाजरकोटले रद्ध गरेको छ। जाजरकोट प्रशासनलाई झुक्याउदै नक्कली बाबु छोरा वनि लिएको नागरिकता रद्ध गरिएको हो।

    नेपालको संविधानमा व्यवस्था भएको दफा १२ वमोजिम झुटो विवरण पेश गरी कमलले लिएको नेपाली नागरिकताको प्रमाण पत्र रद्ध गरि कार्वाहीको लागी प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ललित कुमार वस्नेतले वताउनु भयो।

    नक्कली बावु छोरा बनी नेपाली नागरिकता लिएको सार्वजनिक भएपछि सोमवार प्रशासनले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सानै उमेरमा वुवाको मृत्यु भएको आमा दोस्रो विवाह गरेपछि उनी वेवारीसे अवस्थामा दाङ्गबाट आफन्त खोज्दै जाजरकोट आएको बयानको क्रममा उल्लेख गरेका छन् । उनले आफनो थर समेत के हो थाहा नभएको वताएका छन् ।

    नलगाड नगरपालिका २ चंखे पुन र कौशिला पुनकी एक मात्र सन्तान छोरीको विवाह भईसकेको छ । नक्कली वुवा चंखे पुनको घरमा केहि वर्ष वसेका कमलले नागरिकता भए व्यवसाय गर्न सजिलो हुने भन्दै नक्कली वावु छोरा भएर नागरिकताको प्रमाण पत्र वनाएको स्वीकार गरेका छन । कमलले धर्मपुत्रको रुपमा वसेर बुढेसकालको साहारा वन्ने भन्दै चंखेलाई नक्कली बाबु वन्न लगाएका थिए।

    नलगाड नगरपालिका २ का वडा अध्यक्ष राम कुमार जैसीले चंखे पुनलाई बावु बनाई कमललाई नागरिकता दिने सिफारिस गर्नु भएको थियो। कमलले २०७५ साल असोज २६ गते झुटो विवरण पेश गरी बंसजको आधारमा जिल्ला प्रशासन कार्यलय जाजरकोट नागरिकता लिएका थिए।

    जिल्ला प्रशासन कार्यालय जाजरकोटले जारी गरेको नागरिकता प्रमाण पत्र नंम्वर ०६२—०१७५—०२१३३ मंगलवार रद्ध गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

    नक्कली बावु छोरा वनी लिएको नेपाली नागरिकताको प्रमाण पत्र प्रमुख जिल्ला अधिकारी ललित कुमार वस्नेतले रद्ध गर्नु भएको छ। १० महिना अघि प्रमुख जिल्ला अधिकारी ललित कुमार वस्नेतले वडाध्यक्ष राम कुमार जैसीको सिफारिसमा कमललाई नेपाली नागरिकताको प्रमाण पत्र दिनु भएको थियो ।

    नक्कली बाबु छोरा वनी नागरिकता लिएको सार्वजनिक भएपछि भाग्न सक्ने भन्दै स्थानिय प्रशासनले तत्काल नियन्त्रणमा लिएर छानविन गरेको प्रजिअ वस्नेतले वताउनु भयो। नक्कली काम एक वर्ष टिक्न सकेन अन्तत प्रजिअ वस्नेतले नेपाली नागरिकता रद्ध गर्नु भयो ।

    वडाध्यक्षसग झुटो विवरण पेश गरेर प्रशासनलाई झुक्याएर नागरिकता लिएकोले रद्ध गरिएको हो । प्रशासनलाई झुक्याएर लिएको नागरिकता रद्ध गर्ने काम जिल्ला प्रशासनको भएको र दण्ड सजाय अदालतले गर्ने कानुनी व्यवस्था भएको प्रजिअ वस्नेतले वताउनु भयो ।

    आमावुवा नभएका व्यक्तिहरुले बंशजका आधारमा संरक्षक राखेर नागरिकता लिने व्यवस्था कानुनमा भएकोले प्रक्रिया अनुसार आउनु प्रजिअ वस्नेतले आग्रह गर्नु भयो ।

    प्रतिकृया दिनुहोस्

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    कतारका राजाको नेपाल भ्रमणमा सार्वजनिक बिदा

    काठमाडौं। कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal