News Portal

  • ईलाका प्रहरी कार्यालय सल्लीबजारको भवन जिल्ला प्रहरी प्रमुख शाहीद्वारा शिलान्यास

    हिमाली संचार संवाददाता
    ५५० पटक

    इन्द्र बुढाथोकी
    सल्यान, २४ साउन : सल्याको बनगाड कुपिण्डे नगरपालिकाको इलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारको भवन बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । शिलान्यास जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहिले गर्नु भएको छ।

    शिलान्यास कार्यक्रम बोल्दै उपरीक्षक शाहिले अब समयमा नै भवन सम्पन्न भएमा यसको स्तर वृद्धिमा थप बल पुग्ने र त्यसको लागि आफुले पहल गरि रहेको र सम्बन्धित बिभागमा प्रक्रिया अगाडि बढाएको समेत बताउनु भएको छ।

    उक्त क्षेत्रमा ‘ख’ वर्गको प्रहरी चौकी हुदा त्यहाका जनतालाइ विभिन्न प्रकृतिका घटना हुदा समस्या हुने गरेको छ । जिल्ला प्रहरीलाई खबर गर्नुपर्ने अवस्था छ। अढाई तलाको १६ कोठे भवनको लागि कर्णाली प्रदेश सरकारको तर्फबाट २ करोड ३० लाख ७७ हजार ५ सय पैतीस रुपैयाको वजेट विनीयोजन गरिएको थियो ।

    सोहि रकममा देवसिह निर्माण सेवा प्राली कैलाली निर्माण कम्पनीका कृष्ण वहादुर स्वाँर र जिल्ला प्रहरी कार्यालय सल्यान विच मिती २०७६ जेष्ठ २४ गतेका दिन सम्झौता भइ २०७७ जेष्ठ २३ गतेका दिन काम सम्पन्न गर्ने भनेर सम्झौता भएको छ । निर्धारित समयमै काम सुरुवात भएको छ ।

    इलाका प्रहरी कार्यालय सल्लीवजारको कार्यालय, व्यारेक, भवन मेस, शौचालय तथा स्नान गृह समेत निर्माण हुने भएको छ। भवन निर्माणको कामको जिम्मा लगेका देवसिह निर्माण कम्पनी प्रालिका प्रोप्राइटर कृष्ण बहादुर स्वारका अनुसार समयमा काम सक्ने लक्ष्यका साथ कम्पनीले कामलाई तीव्रता दिएको जनाउनु भएको छ ।

    १ वर्ष भित्रै काम सम्पन्न गर्ने निमार्ण कम्पनीको दावि छ । विगत लामो समय देखि इप्रका असुरक्षित अवस्थामा कार्यालय सञ्चालन हुँदै आएको थियो।अहिलेसम्म भवन नहुदाँ जिर्ण घरमा भाडा तीरेर प्रहरीले सल्यान पश्चिमका नागरिको जनधनको सुरक्षा गर्दे आएको छ ।

    आफु असुरक्षित आवस्थामा भए पनि प्रहरीले नागरिकको सुरक्षा प्रति वफादार भएको इलाका प्रहरी कार्यालय सल्लीवजारका ईन्चार्ज शुसिल रावलले जानकारि दिनु भएको छ। समयमा काम सम्पन्न भएमा अर्को वर्ष आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal