News Portal

  • नक्कली एपहरुविरुद्ध गुगलको कडा कदम

    हिमाली संचार संवाददाता
    ४२ पटक

    एजेन्सी : गुगल प्लेस्टोरमा रहेका नक्कली तथा खतरनाक एपहरुविरुद्ध गुगलले लगातार कदम चालिरहेको छ। तथापि यस्ता एपहरु प्ले स्टोरबाट पूर्णरुपमा हटाउने मामिलामा गुगल सफल भैसकेको छैन। हरेक महिना एउटा न एउटा यस्तो खाले रिपोर्ट सार्वजनिक हुन्छ कि त्यसबाट थाहा हुन्छ फर्जी तथा हानी पूराउने खालका यी एपहरुको संख्या कति बढ्दैछ ।

    eSET का मालवेयर अनुसन्धानकर्ता लुकास स्टेफेन्कोकाअुनसार जुलाई महिनामा मात्रै गुगल प्ले स्टोरमा २ सय ५ वटा हानिकारक एपहरु पत्ता लागेका छन्। त्यस्ता खतरनाक एपहरु एक महिनाको अवधिमै ३ करोड २० लाख पटक डाउनलोड भएका छन्। त्यस्तै नेक्स्ट वेबको रिपोर्टअनुसार ती मध्ये धेरैजसो एपहरु छदम विज्ञापनले भरिएका छन्। त्यसमा १ सय ८८ वटा हानिकारक एपहरु १ करोड ९२ पटक डाउनलोड भएका छन् ।

    ती बाहेकका एपहरुमा फर्जी एन्टीभाइरस टुल्स, ठगी विज्ञापन तथा सब्सक्रिप्सन स्क्यामवाला एपहरु समेत रहेका छन्। यद्यपि यी एपहरु सबै अहिले प्ले स्टोरमा उपलब्ध भने छैनन्, किनकी गुगलले धेरैलाई हटाइसकेको छ। यस्ता फर्जी तथा हानिकारक एपलाई निर्मूल पार्नका लागि गुगलले सक्रिय रुपमा प्ले प्रोटेक्ट नामको टूलको प्रवर्धन गरिरहेको छ। एन्ड्रोइड फोनमा कुनै पनि एपलाई इन्स्टल गर्नुअघि परीक्षण गर्नका लागि गुगल प्ले प्रोटेक्ट टूलको डिजाइन गरिएको हो।

    यो टूलले सबैभन्दा पहिले स्मार्टफोनलाई स्क्यान गर्दछ र हानिकारक एपका विषयमा प्रयोगकर्तालाई सचेत बनाउँदछ। यदि भुलवस त्यस्ता हानिकारक एप इन्स्टल गरिएमा त्यसलाई अनइन्स्टल गर्नका लागि नोटिफिकेसन पनि पठाउँदछ। गुगल प्ले प्रोटेक्टले फोनमा नचलाइएका एपहरुलाई निस्कृय पनि पारिदिन्छ। साथै कहिलेकाहीँ कतिपय हानिकारक एपहरुलाई आफै हटाइदिन्छ र त्यसको नोटिफिकेसन उपलब्ध गराउँदछ।

    प्रतिकृया दिनुहोस्

    चौरीको पालनबाट मासिक ८० हजारदेखि एक लाखसम्म कमाइ

    सोमदाङ धादिङ – धादिङको माथिल्लो भेग, खुल्ला फाँट, भीरपाखा। रुविभ्याली गाउँपालिका वडा नं १ तिप्लिङस्थित...

    नेपाली प्रबासी  ट्याक्सी व्यवसायी संघ कुवेतद्वारा आर्थिक सहयोग

    कुवेत -नेपाली प्रबासी  ट्याक्सी व्यवसायी संघ कुवेतले मृगौला फेल उर्मिला तामाङलाई आर्थिक सहयोग गरेको छ...

    त्रिभुवन विमानस्थलको भिआइपी कक्षमा हृदयन्द्रलाई प्रहरी अधिकारीले रोकेपछि..

    काठमाडौ, २ भदौ : पुर्व युवराज पारस विक्रम शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा छोरा हृदयन्द्रलाई...

    नेकपाले टुंग्यायो जनवर्गीय संगठनको जिम्मेवारी, क-कस्ले कुन जिम्मेवारी पाए ?

    काठमाडौं, २ भदौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले जनवर्गीय संगठनको जिम्मेवारी टुंग्याएको छ। उपत्यका विशेष...

    बृद्वा आश्रम पुगेर गरे समाजसेवी बलवहादुरले साडी बितरण

    रबिन्द्र बराल मोरङ, २ भदौ : माेरङकाे विराटनगर उपमहानगरपालिका ९ मा २०५१ सालमा स्थापना भएको...