News Portal

  • मृगौला पीडित हेमन्त सिंह ठकुरीका घरमै पुगे डा.पारस !

    हिमाली संचार संवाददाता
    ८९२ पटक

    बाँके, ५ असार : साविकको मध्य तथा सुदूरपश्चिमका बिरामी हेर्ने भेरी अस्पताल नेपालगन्जमा कार्यरत डा.पारस श्रेष्ठलाई अस्पतालमा दिनहुँजसो आउने विरामी चेकजाच गर्न भ्याईनभ्याई हुन्छ । बाहिरी दुनियाँ भन्दा विरामीको उपचारमा डा.श्रेष्ठको दिन बित्ने गर्छ । डा.श्रेष्ठलाई सामाजिक सन्जाल हेर्ने फुर्सद बिरलै हुन्छ । त्यसो त उहाँ फुर्सदमा इन्टरनेटमा समाचार खोज्ने गर्छन् ।

    बुधबार विहानै डा.श्रेष्ठले आफ्नो मोबाइल चलाउँदै जाँदा सामाजिक सञ्जालहरुमा पीडाबोध गराउने समाचार हेरे । कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित दिदीको घरमा बस्दै आएका मृगौला पीडित हेमन्त सिंह ठकुरीका बारेमा सामाजिक सञ्जालमा भेटिएको समाचार पढेपछि डा.श्रेष्ठलाई खुल्दुली लाग्यो । मृगौला रोग विशेषज्ञ डा.श्रेष्ठले समाचार पढेपछि बिहीबार मृगौला पीडित हेमन्तकै घरमा पुगे ।

    डा.श्रेष्ठले मृगौला पीडित हेमन्तसँग करिब १ घण्टा बिताए । उनले मृगौला पीडित हेमन्त र उनकी दिदी सुमित्रा सिंह ठकुरीसँग डा.श्रेष्ठले जिज्ञासा राख्दै बिरामीको अवस्था, उपचार लगायतका विषयमा सोधे । सो क्रममा डा.श्रेष्ठले मृगौला पीडित हेमन्तको स्वास्थ्य चेकजाँच समेत गरेका थिए । डा.श्रेष्ठले उपचारका लागि आफ्नो सबै सहयोग तथा निगरानीमा राख्ने बताएपछि हेमन्तको अनुहारमा मुस्कान देखिएको थियो ।

    स्वास्थ्य बिग्रिँदै गएपछि उठबस गर्न समेत समस्या भइरहेका बेला स्वास्थ्य अवस्थाका बारेमा चासो राख्दै डा.श्रेष्ठ घरमै पुगेपछि मुस्कुराउँदै मृगौला पीडित हेमन्तले भने, ‘मेरो घरमा भगवान आउनुभएको छ । मलाई भगवानले बचाउनुहुन्छ भन्ने आश जागेको छ ।’ आफुले मृत्यु कुरिरहेको बताउँदै मृगौला पीडित हेमन्तले भने, ‘मिडियाकै कारण डाक्टर सा’ब मेरो घरमा पुग्नुभयो । मलाई देउता नै घरमा पुगेजस्तो लागेको छ । उहाँ त भगवानै हुनुहुँदोरहेछ ।

    डा.श्रेष्ठसँगै नेपालगन्जको यसोदा फार्मेसी र यसोदा इन्दे्रणी डाइगोनोष्टीका सञ्चालक रोशन केसी, स्वास्थ्य प्राविधिक किरण चौधरी पनि हेमन्तको घरमा पुगेका थिए । उनीहरुले उपचारका क्रममा लाग्ने औषधि तथा अन्य परिक्षण शुल्क ब्यहोर्ने बताएका छन् । ‘हेमन्तको उपचारका लागि आफूहरुका तर्फबाट पूर्ण सहयोग हुन्छ,’ फार्मेसी सञ्चालकद्वयले भने, ‘हामीले ल्याब परिक्षणका लागि हेमन्तको रगतको नमूना पनि लिएका छौं ।

    हेमन्तले औषधि र खानेकुरा समय मिलाएर खाने गरे भने एक महिनामै हिँडडुल गर्न सक्ने डा.श्रेष्ठले बताए । हेमन्तसँग करिव एक घण्टा बिताएका डा.श्रेष्ठले उपचारमा चिन्ता नगर्न आग्रहसमेत गरे । उनले भने, ‘हेमन्त तिमीले चिन्ता नगर्नु, हामी सन्चो बनाउछौं ।’ डा.श्रेष्ठ मृगौला पीडित हेमन्तलाई फेरी भेट्ने बाचा गर्दै नेपालगन्ज फर्किएका थिए ।

    हेमन्तकी दिदी सुमित्राले भनिन्, ‘भाईको उपचारमा आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरेका थियौं । भाईले मृत्युलाई कुरिरहेको छ, यहिबेला डाक्टर सा’ब भगवान बनेर घरमै आउनुभयो । अब भाईलाई निको हुन्छ भन्ने आश पलाएको छ ।’ हेमन्तको उपचारमा पूर्ण सहयोग हुने बताउँदै एसोदा फार्मेसीका प्रोपाइटर स्नेहा थापाले भनिन्, ‘औषधि र ल्याव खर्च हामीले ब्यहोर्छौ । यो हाम्रो जिम्मेवारी हो, कसैको जीवन रक्षा हुन्छ भने सहयोग गर्नुपर्छ ।

    २८ वर्षीय हेमन्त कामको सिलसिलामा गत कार्तिकमा पोखरा गएको १७ दिनपछि विरामी भएर काम गर्न नसकेपछि घर फर्किएसँगै भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना गरिएको थियो । गत मंसीर ७ गते भेरी अस्पतालले दुवै मृगौला फेल भएको जानकारी गराएसँगै उपचारका लागि आर्थिक अभाव झेलिरहेको हेमन्तको परिवारमा डाक्टर घरमै पुगेसँगै खुशीयाली छाएको छ ।

    प्रतिकृया दिनुहोस्

    धादिङ मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर खुल्यो

    गजुरी – २, मलेखु धादिङमा सञ्चालनमा आउन लागेकाे हाइलाइट चाइल्ड केयर सेन्टरलाई सफलताको शुभकामना ब्यक्त...

    एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

    काठमाडौं – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको...

    नेपाल वितरक संघको क्यालेण्डर-२०८१ विमोचन कार्यक्रम सम्पन्न

    काठमाडौ  – नेपाल वितरक संघले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा...

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन जुन ७ मा हुने

    कुवेत– नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन...

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal