News Portal

  • उपसभामुखका स्वकीय सचिवको यौन प्रस्ताव अस्विकार गर्दा अंगरक्षकबाट हटिन् महिला प्रहरी

    हिमाली संचार संवाददाता
    ४४२ पटक

    कैलाली, १० जेठ : सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशीका स्वकीय सचिव हरिश भट्टको यौन प्रस्ताव अस्विकार गर्दा उपसभामुख बडालकी अंगरक्षक महिला प्रहरीलाई अङ्गरक्षकबाट हटाइएको एनपिएलन्यूजले जनाएको छ।

    दार्चुलाबाट निर्वाचित उपसभामुखका स्वकीय सचिव पनि दार्चुलाकै बासिन्दा हुन् । उपसभामुखका अंगरक्षक पटकपटक फिरिदै गरेका छन् । कारण स्वकीय सचिवको यौन प्रस्ताव हुन सक्ने पुर्व अंगरक्षकलाई उदृत गर्दै पिडित महिला प्रहरी बताउँछन् । गत माघबाट उपसभामुखको अङ्गरक्षकमा कार्यरत पिडित महिला प्रहरीलाई बैशाखमा उनको श्रीमान संगको झगडालाई निहुँ पारेर हटाईएको हो ।

    उनका श्रीमान पनि गत भाद्र उपसभामुखको निवासको सुरक्षाकर्मीका रुपमा कार्यरत छन् । पिडित महिला प्रहरीले आफु र आफ्नो श्रीमान विच उपसभामुखको निवासमा कहिले पनि झगडा नभएको बताईन् । उनले स्वकीय सचिव भट्टको सल्लाह अनुसार सभामुखले डिआइजीलाई श्रीमान श्रीमतीको झगडा हुने गरेको आरोप लगाएर अङ्गरक्षकबाट हटाइएको बताइन् ।

    स्वकीय सचिव भट्टले पटकपटक फोन म्यासेज तथा फेसबुकको म्यासेन्जरबाट यौन प्रस्ताव राख्ने गरेको पिडितको गुनासो छ । स्वकीय सचिव र सभामुखले अहिले आफन्तलाई अंगरक्षक बनाएको पिडित पुर्व अंगरक्षकले बताईन्। प्रहरीले महिलाका लागि महिला अंगरक्षक नै खटाउँने गरेको छ । तर स्वकीय सचिवले महिला प्रहरी माथी यसरी पटकपटक यौन प्रस्ताव राख्ने गरेपछि महिला अंगरक्षकले आफु असुरक्षित महशुस गर्ने गरेका छन् ।

    स्वकीय सचिवले ति महिला अंगरक्षकलाई पटकपटक यौन सम्पर्कका लागि राखेको प्रस्तावको स्क्रीनसट बाहिरिएको छ । फेसबुकको म्यासेन्जरमा स्वकीय सचिव भट्टले,‘मलाई तिमि सङ्ग गर्न मन छ बाँकी जान्दैन । मजा लिने हो । भाउजु यता छैन । भाउजुको काम अस्थायी रुपले चलाई देउन यार । धेरै जान्दैन आज जसरी पनि मिलाउ मलाई गर्न मन लागीसक्यो । आज साँझ मिलाउ है । एक दिनलाई फरक पर्दैन । एक घण्टा मात्र जस्ता म्यासेजहरु पठाएको छ ।

    म्यासेजमा ति महिला प्रहरीले बारम्बार हुन्न नाइ भन्दा भन्दै पनि स्वकीय सचिवले पटकपटक यौन क्रियाकलापका लागि दवाव दिदै आएका छन् । यस विषयमा उपसभामुखसंग कुरा गर्दा आफ्नो कार्यालयमा हुँदा त्यो कुरा नउठेको र अहिले त्यसबारे केहि भन्न नसकिने बताइन् । उनले आफुले पनि आज मात्रै त्यस विषयमा जानकारी पाएको बताईन् । स्वकीय सचिव भट्टले ति अंगरक्षकलाई आफुले म्यासेज नगरेको जिकिर गरे । उनले त्यो म्यासेज आफ्नो मोवाइल कार्यालयमा छोडेको समयमा कसैले गरेको हुन सक्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-४ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ४ गते मंगलबार इश्वी सन् २०२४ अप्रिल १६...

    मोरङको रतुवामाई स्थित कटुन खोलामा अझै पुल बन्न सकेन

    बैशाख-३,सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ५ र वडा नं. ६ को विचमा पर्ने...

    समाजवादी उपाध्यक्ष पाण्डे भन्छन्- सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ !

    काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने संकेत देखाएको छ। पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति अनुसार...

    राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको निधन

    काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रकाश डाँगीको निधन भएको छ। राप्रपा बर्दियाको मधुवन...

    आज बैशाख-३ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ३ गते सोमबार इश्वी सन २०२४ अप्रिल १५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal