News Portal

  • हेमन्तलाई आउन सक्छ प्रतिक्रिया, यस्तो आँशु झर्ने गीत नगाएको भए हुन्थ्यो भनेर (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ६२७ पटक

    राजु बोहरा–काठमाडौँ । देशमा भएको ब्यरोजगारी समस्याले दिन प्रतिदिन अशंख्य नेपालीहरु पर्देशिन बाध्य बनिरहेका छन् । यो एउटा देशको लागि जटिल बिषय बनिरहँदा पनि नेतृत्व स्तरका व्यक्तित्वहरु मात्र कुर्सि मोहमा तल्लिन हुँदा, अझै पनि यो समस्या घट्ने स्थितिमा छैन । यति बेला बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल सारंगी बादक हेमन्त कान्छा रसाइलीले, यस्तै यथार्थता भोगिरहेका नेपालीहरुको पीडालाई आफ्नै सिपको सारङ्गीले स्वयम् कै स्वरलाई छोपेर एक गीत बजारमा पठाएका छन् । उक्त गीत मार्फत हेमन्तले भनेका छन्, जान्छु परदेश बस्दिन घरमा, कतै बसौं बाबा कै भरमा …………

    म्याग्दी जिल्ला मा जन्मिएका गाएक अनि सारङ्गी बाधक हेमन्त कान्छा रसाइली बिगत १५ बर्ष देखि नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नै दैनिकीहरु बिताइरहेका छन् । कान्छाले काचो सुन्तला /कहिले तिम्रो बन्न सकिन /पराइ ठानेपछी / भन्नु मात्रै भयो जस्ता थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । उनले बिगत ५ बर्ष यता गीत गाउन छोडेर व्यावसायिक रुपमा सारङ्गी बाधकको भूमिका निर्बाह गरिरहेका छन् । प्रख्यात सारङ्गि बाधकको रुपमा चिनिएका कान्छाले ७ हजार भन्दा बढी विभिन्न  गीतहरुमा सारङ्गी बजाई सकेका छन् ।

    तर आफ्नो गायन भित्रको कलालाई पनि सबै सामु ताजै राख्न कान्छाले लामो समयको अन्तराल पछि ” जान्छु प्रदेश ” नामक लोक गीत बजारमा ल्याएका छन् । जान्छु प्रदेश सारङ्गी प्रधान गीत हो । कान्छाले यस गीतलाई सारङ्गीमा मात्रै गाएका छन् । जुन गीतले झलकमान गन्धर्वको झल्को मेटाउने दोस्रो झलकमानको रुपमा हेमन्त देखा परेका छन । यस गीतलाई मनोज सेवा परियारले अडियो रेकर्डिङ कार्य गरेका छन् ।

    जब मानिस धर्तीमा पाइला टेक्छ त्यसपछि बिस्तारै बामे सर्दै युवा अवस्थामा पुग्छ, यो अवस्थमा पुग्नका लागि पनि उसको बाबा आमाले निकै कष्टकर समय पार गरेका हुन्छन् , र सधैं आफ्नो बाबा आमा को हाड घोटेर मात्र अब चल्दैन भन्ने मनसाय बोक्ने ति चेतनसिल युवा प्रति लक्षित यस गीतलाई शब्द बिष्णु खतिवटाले भरेका छन् । यस गीतमा आश अनेक थियो तर लोकतन्त्र आउँदा पनि आम नेपालीहरुले परिवर्तनको सास फेर्न पाएनन्, भन्दै धनि हुने सबैको हाई हाई र गरिब निमुखाहरुको मियो बन्ने कोहि नभएको कुरा प्रस्ट्याईएको छ ।

    यस गीतको म्युजीक भिडियो पनि यस्तै सामाजिक बिषयबस्तुमा केन्दित रहेर तयार पारिएको छ । भिडियोमा चर्चित बासुरी बाधक सुर्खेती कलाकार रत्न बि.क ,सन्तोष राज सापकोटा ,कान्छा आफैले निकै घत लाग्दो अभिनय गरेका छन् । भिडियोलाई निर्देशन सन्तोष राज सापकोटा ले गरेका हुन् भने छायांकन प्रवेश पोख्रेल र सम्पादन दुर्लभ श्रेष्ठले गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    प्रतिकृया दिनुहोस्

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal