News Portal

  • रंगेली अस्पतालकाे अनमियता भएको छानविन प्रतिवेदन सार्वजनिक

    हिमाली संचार संवाददाता
    ४२६ पटक
    रबिन्द्र बराल, मोरङ

    रंगेली,२२ चैत्र : माेरङकाे रंगेली नगरपालिका ७ मा नवनिर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि नेपाल सरकारले साउन महिना देखि अस्पताल ब्यवस्थापन समिति खारेज गरेपछि हालसम्म अस्पताल व्यवस्थापन समिति निर्माण नहुदाँ अस्पतालमाकाे हरेक काम काज ठप्प हुने अवस्थामा पुगेको छ ।

    बिकास निर्माण देेेेखि अार्थिक काम सबै ठप्प भएको छ । नेपाल सरकारले समयमै समिति गठन नगरेका कारण २०७४ पुस महिना देखि हाल सम्म कार्यलय प्रसाशनकाे मिलेमतोमा सर्वसाधारणहरुले उपचार गराएर तिरेकाे रकमकाे राजस्व हिनामिना भएको थियोे ।

    रंगेली अस्पतालमा भएको आर्थिक अनियमितता छानविनका लागी बनाएको समितिले प्रतिवेदन कार्यपालिका लाई बुझाएको छन । छानविन समितीले अस्पताल भित्र सरकारी राजश्वकाे रकम हिनामिना भएको ठहर गरेको छ ।

    उक्त छानबिन समितिले हिनामिना भएको रकम असुल गर्नुुपर्ने सहितको प्रतिवेदन कार्यपालिकालाई जिम्मा लगाएको छ । अस्पतालमा उठेको दैनिकी राजस्व बैक खातामा दाखिला नगरी हिनामिना भएको समाचार एक महिना अगाडि सार्वजनिक भएपछि फागुन २१ गते नगरपालिकामा बसेको कार्यपालिका बैठकले ७ दिनको म्याद दिएकाे थियोे ।

    छानविन समितिले अस्पतालको बैक दाखिला भरपाई, रसिद, अध्ययन तथा अपरेटर सहित कर्मचारी संग बयान लिई प्रतिवेदन तयार गरी कार्यपालिकालाई बुझाएको छानविन समितिका वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डलकाे संयाेजकमा समिति गठन गरिएको थियो । प्रतिवेदनले दैनिकी राजश्व असुली गर्ने कर्मचारी मधु दास र बैक रकम दाखिला गर्ने कर्मचारी कमला थापा र मोहन थापाबाट रकम काे हिनामिना भएको ठहर गरेको छ ।

    छानविन समितिको प्रतिवेदन कार्यपालिका बैठक छलफल भएपश्यात शुक्रवार रंगेली नगरपालीका मेयर दिलिप वगडीयाले सोको निर्णय सार्वजनिक गरेका छन् । मेयर वगडीयाले गत आर्थिक वर्षमा ५ लाख ६७ हजार ६ सय ३६ रुपैया ३० पैसा र चालु आर्थिक वर्षमा २ लाख २३ हजार ५ सय ८३ रुपैया गरी कुल ७ लाख ९१ हजार २ सय १९ रुपैया बैक दाखिला नगरी अपचलन गरेको प्रतिवेदनमा देखिएको ७ दिन भित्र रकम असुल उपर गरी सो को जानकारी नगर कार्यपालिकालाई पठाउन अस्पताललाई निर्देशन गरेको बताए ।

    सरकारले अस्पताल विकास समिति खारेज गरेपछी मेडिकल सुपरटेण्डन डा. उत्तम देव रहेको अवस्थामा अस्पताल भित्र अनियमितता भएको देखिन्छ । मेयर वगडीयाले अस्पतालको राजश्व अनमियता गर्ने कर्मचारीलाई कुनै पनि हालतमा उन्मुक्ती नदिने समेत स्पष्ट पार्नु भयो । त्यति मात्रै हाेईन बिगत छ महिना देखि झडापखाला, अप्रेसन र किडनिकाे समेत रगत परिक्षण गर्ने ईलाेक्ट्रर लाईट साेडियम र पाेटासियन समिन समेत सर्भिस नहुदा बिरामी हरुले निजि ल्यावमा गएर ब्लड चेक जाँच गर्ने बाध्य रहेका छन ।

    उक्त अस्पतालमा दैनिकी सयौं जना गरिव परिवार तथा अति विपन्न घर परिवारका सर्वसाधारण हरुले उपचार गराउदै अाईरहेता पनि सेवा र सुविदा नहुदा निज अस्पतालमाा उपचार गराउन जाने गरेका छन ।
    नेपाल सरकारले गर्भवती महिलाहरु गर्भवती भएकाे समय देखि उपचार गर्नेका लागि सरकारी अस्पतालमा सबै कुरा निशुल्क गर्ने भनेर भनेता पनि रंगेली अस्पतालमा भने गर्भवती महिलाहरुलाई सबै प्रकारकाे रकम समेत उठाउने गरेका छन ।

    गर्भवती महिलाले प्रत्येक दिन सेवन गर्ने अाईरन र क्यालसियम समेत उपलब्ध छैन । अझ गर्भवती महिलाहरुलाई समान्य चेक जाँच गर्ने अाउदा समेत विभित्र प्रकारका ब्लड टेस्ट गर्नु भनी निजि ल्यावहरुमा पठाउने गरेका छन । निजि ल्यावहरुले बिरामीहरुबाट लिएको ३० प्रतिशत रकम डाक्टरहरु लाई बुझाउने गरेको हुनाले अनावश्यक टेष्ट गरेर अझ गरिव परिवारलाई पीडा दिने गरेको नबताउने सर्तमा एकले बताए ।

    डाक्टरहरुकाे चलखेलले गर्दा बिरामीहरुले दुख पाएकाे कर्मचारीहरु बताउछन् । यस अस्पतालमा रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्सि नगरपालिका, कानेपाेखरी नगरपालिकाका केही सर्वसाधारण तथा भारकाेे कुर्साकट्टा, कुवाडि, सिमावर्ति क्षेत्रमा बसाेवास गर्ने गरिव घरपरिवारका सर्वसाधारणहरुले सेवा लिदै अाएका छन । देश बिदेशी संस्था नेपालमा स्वास्थ्यकाे नाममा करोडौं रुपैयाँ खर्च गरेता पनि त्याे भने बालुवामा पानी हाले जस्तो भएको पाईन्छ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal