News Portal

  • राजतन्त्र फर्किन्छ भनेर भबिष्यबाणी गर्ने माता सबिता सरूको अडान कायमै

    कर्ण अधिकारी
    ७११ पटक

    सामाजिक संजाल, अनलाईन पोर्टल र छापा पत्र पत्रिकाहरूमा सबिता माता सरूको बिषयमा समाचारहरू नछापिएको हामी बिरलै पाउँछौ। प्राय सबै संचार माध्यमहरूमा नछाएको कुनै पल नै छैन।राजपरीवार निकट भनेर चिन्ने चिनाउने प्रयास गरीए पनि माता सबित न त राजाबादी हुन न त कुनै राजनिति दलका कार्यकर्ता नै तर पनि आफ्नो अलौकिक शक्तिका कारण राजा महाराजा देखि नेपालका राजनिति इतिहासका हस्तिहरूको समेत भबिष्य बाणी गरेर चर्चा बटुल्न सफल हुनु हुन्छ।२०६२/६३ सालको लोकतान्त्रिक आन्दोलन पछि नेपालमा राजतन्त्र हटेसंगै नेपालमा पुन राजतन्त्र फर्किने छ भनी बिगत १० बर्ष देखि भबिष्यबाणी गर्ने एक मात्र माता हुन।

    उमेर नै हेर्ने हो भने ३०/३१ बर्षको हेर्दै नपत्याउने खालको तर मानिसको अनुहार, तस्बिर र बोली सुनेरै भबिष्यबाणी गर्दा चाँहि सत प्रतिशत मिलाई दिने कारणले पनि बिगत केहि बर्ष देखि भक्तजनहरूले अपार माया दिई रहनु भएको छ। जन्मिएको ७ बर्ष देखि औलोकिक शक्तिले शरीरमा बास गरे पनि ९ बर्षकै उमेर देखि भबिष्यबाणी गर्दै आउनु भएको छ। जसलाई माताको बिषयमा ज्ञान छैन उहाँहरू भने सामाजिक संजालहरूमा तथानाम गाली गलौज गर्नु हुन्छ। यसरी गाली गलौज गरी रहदा पनि माता मौन बस्नु हुन्छ अनि भन्नु हुन्छ जो संग जे छ त्यसले त्यहि नै दिन्छ भनेर ।

    राजतन्त्रको बिषयमा माता सबिता सरूले गर्नु भएको भबिष्यबाणी बर्तमान अबस्थामा मिल्न जादै छ की भन्ने आभाष भएको छ। केही दिन अगाडी जेल जीवन बिताई रहेका देश द्रोही सिके राउतलाई रातारात जेलबाट निकालेर भोली पल्टै सभागृहबाट बढौ नौटंकी तवरले समन्य गर्दै सिके राउतसंग सरकारले गरेको ११ बुदे सहमतिले देश कता तिर जादै छ भन्ने लागि रहेको अबस्थामा पूर्ब राजा ज्ञानेन्द्रको तराई भ्रमणले पनि के देखाउछ भने नेपाली जनता अब राजालाई पुन राजगद्दीमा राख्न चाहन्छन।जो हामीले सर्लाही जनकपुर लगातका क्षेत्रहरूबाट जनताले ज्ञानेन्द्रलाई दिएको अपार मायाबाट बुझ्न सक्छौ।

    नेपालका राजनितिक दलका नेताहरू समेत राजतन्त्रको पक्षमा वकालत गरी रहेका छन्। हिजो राजा जनताले हटाएको होईन ती सत्ता मोहमा फसी रहने ६०१ सभासदहरूले ज्ञानेन्द्रको राजगद्दी च्युत गरेका हुन्। नेपाली जनता अझै पनि हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा छन्। राजालाई भन्दा पनि राष्ट्रपतिलाई सुबिधा बढी चाहिने भए पछि तनताले बिकल्प खोजेका हुन्। जनताहरू नेपाललाई समृद्धि र सुसासनको बाटो तर्फ उन्मुख गराउने बाटो भनेकै राजतन्त्र हो भन्न थालेका छन। सायद अब त्यो दिन आउन धेरै समय लाग्दैन। देश द्रोहीसंग साठगाठ गरेर देश टुक्राउन खोज्नेहरू भन्दा यो मुलुक एकिकरण गर्ने पृथ्वीनारायण शाहकै सन्तान ठीक भन्ने पक्षमा छन्।

    अलौकिक शक्तिका माता सबिताले सर्ब साधरण देखि बिशिष्ठ ब्यक्तिको समेत भबिष्यबाणी गर्दै आउनु भएको र उहाँले भबिष्यबाणी गरे बापत लिने रेट नेरू १ हजार ५ सय ५५ हो। अहिलेको समयमा १ हजार रूपैया त्यति धेरै पनि होईन । १ जनाले १ हजार ५ सय ५५ तिरे परीवारका अन्य सदस्यहरूलाई समेत निशुल्क भबिष्य बाणी गर्नु हुन्छ।बिगत ४/५ बर्ष देखि म र मेरो परीवार माता सबिताको अनुयायी भक्त हौ। म र मेरो परीवारको बिषयमा गर्नु भएको भबिष्यबाणी यो समय सम्म आई पुग्दा १००% नै मिल्न पुगेको छ। मेरो मात्र होईन जो भक्तजन उहाँलाई बिश्वास गरेर उहाँ सामु पुग्नु हुन्छ ती भक्तजनहरूको समस्या समाधान गरी दिनु भएको हामी सामु थुप्रै उदाहरण छन्। प्रबासमा रहनु भएका नेपाली दाजुभाई दिदि बहिनीहरूको समेत भबिष्य बाणी गर्दै आउनु भएका माताले कतार, दुवइ, मलेशीया, हंगकंग देखि युरोप सम्मका देशहरू भ्रमण गरी सक्नु भएको छ।

    बिदेशीएका नेपालीहरूको भबिष्यबाणी गर्दा चाँहि नेपालको तुलनामा पारीश्रमिक अलि बढी लिने गर्नु हुन्छ। नेपालका चर्चित नेताहरू माधव कुमार नेपाल, केपी ओली, प्रचण्ड, शेर बहादुर देउवा लगायतका नेताहरू, चलचित्र कर्मीहरू राजेश हमाल, झरना थापा, रेखा थापा, कोमल ओली लगायतका ब्यक्तित्वहरूको भबिष्यबाणी गर्नु भएको र सत प्रतिशत मिलाउनु समेत भएको छ। कोमल ओली र रेखा थापालाई भबिष्यबाणीबाट राजनैतिक बाटो देखाई दिने पनि माता सबिता नै हुन। आज कोमल ओली राष्ट्रिय सभाको सदस्य समेत हुनु भएको छ। माता सबिता राजतन्त्र आउनेमा ढुक्क हुनु हुन्छ।

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    मौसम पूर्वानुमान: यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

    चैत्र-१४, बुधबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal