News Portal

  • युवा विदेसिँदा मन रुन्छ : वडाध्यक्ष मगर

    हिमाली संचार संवाददाता
    ५४० पटक

    स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको एक बर्ष पुरा भएको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि सडक, विद्युत, खानेपानी, कृषि क्षेत्रको आधुनिकरण जस्ता समस्या समाधान छिटै हुन्छ भन्ने स्थानीय बासिन्दाको अपेक्षा थियो र छ ।

    जनप्रतिनिधीले जिम्मेवारी सम्हालेसँगै नागरिकता बनाउन, जग्गा पास गर्ने जस्ता गतिविधी वडा र गाउँपालिकाबाट हुँदै आएको छ । सीमित स्रोत साधनका कारण जनअपेक्षा अनुसारका काम कार्वाही हुन नसकेको स्वयं जनप्रतिनिधी बताउन थालेका छन् ।

    रामेछापको विकट दोरम्बा गाउँपालिकाको मुहार फेर्न जन प्रतिनिधी क्रियाशिल छन् तर जन अपेक्षा अनुसार कार्यसम्पादन हुन सकेको छैन । सो गाउँपालिकाकाको वडा नं ४ गौश्वरालले सामाजिक विकृतीको रुपमा रहेको जाँड रक्सी र जुवातास मुक्त वडा बनाउने अभियान अघि सारेको छ । त्यहाँका सामाजिक र विविध गतिविधीबारे नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझीले सो वडाका वडाध्यक्ष चन्द्रबहादुर मगरसँग गरेको कुराकानी :-

    तपाई जनप्रतिनिधी बनेपछि वडामा के कस्तो परिवर्तन आएको छ ?

    झन्डै दुई दशकदेखि स्थानीयतह जनप्रतिनिधिविहीन थियो । हामीले स्थानीय तहमा जिम्मेवारी सम्हालेको एक बर्ष पुरा भएको छ । जनताले पाउने सेवा र सुविधालाई हामीले प्राथमिकता दिएका छौं । घरघरमा पुगेर नै सिफारिस दिएका छौं । हामी आएपछि जनता खुसी छन् ।

    निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम गर्न सक्नुभएको छ कि छैन ?

    मैले निर्वाचनको क्रममा आदरणीय मतदातालाई भनेको थिए–म नसक्ने बाचा र प्रतिबद्धता गर्दिन । मैले निर्वाचनको क्रममा गौश्वरालाई स्वीजरल्याण्ड बनाउछु भनेको थिइन । निर्वाचनमा गरेको बाचा अनुसार स्वास्थ्य, शिक्षामा सुधार र टोलटोलमा सडक, हरेक घरमा विद्युत र खानेपानी पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थिए ।

    यही प्रतिबद्धता अनुसार वडाको विकासमा अगाडि बढेको छु । तर प्रतिबद्धताअनुसार एम्बुलेन्स वितरण गर्न सकेको छैन् । त्यो पनि पूरा गर्नेछु । विगतमा गौश्वारामा नकरात्मक काम भयो होला । तर अब समृद्ध र सभ्य गौश्वारा निर्माणमा लाग्छौ । गौश्वारालाई परिवर्तन गर्ने अभियानमा मन बचन र कर्मबाट लागेको छु ।

    सडक, खानेपानी, विद्युत र स्वास्थ्य क्षेत्रमा के–कस्ता काम गर्दै हुनुहुन्छ ?

    वडाको सबै क्षेत्रमा सडक पुगेको छ । वर्षाको समयमा सबै ठाउँमा गाडी सञ्चालन हुँदैन । आगामी दिनमा हिउद बर्षा नै सञ्चालन गर्ने गरी स्तरउन्ततीको लागि काम गर्छु । घरघरमा खानेपानीको व्यवस्था गर्न नसके पनि टोलटोलमा खानेपानीको धारा पु¥याउने योजना अगाडि सारेको छु । गौश्वारामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छु । विगतमा यो क्षेत्र विकट र दुर्गम भनेर चिनिन्थ्यो । दुर्गमबाट सुगम बनाउन योजना सहित अगाडि बढेको छु ।

    वडाभित्र खानेपानीको स्रोत छ । तर बजेटको कारण निर्माण गरेको धाराहरु सञ्चालन गर्न सकेको छैन् । आगामी बर्षमा गाउँपालिकामा प्रत्येक घरघरमा खानेपानीको धारा पु¥याउने लक्ष्य अघि सारिएको छ । प्रदेश सरकार र केन्द्र सरकारसँग पहल गरेर सहज रुपमा खानेपानीको व्यवस्था हुन्छ । वडाका सबै क्षेत्रमा विद्युतीकरण भएको छ । काठको विजुलीको पोल भएकाले केही समस्या छ । पचास प्रतिशत काठको पोल छ । त्यसले विस्तापित गरेको फलामको पोल हाल्न पहल गरिरहेको छु ।

    जाँडरक्सी र जुवातास नियन्त्रणका लागि कस्ता योजना बनाउनु भएको छ ?

    जाडरक्सी बढी मात्रामा खाने, कुनै बेलामा नकारात्मक काम गर्ने र तीन प्रतिशत शिक्षा हालिस गर्न नसक्ने गौश्वारा भनेर चिनिने गरेको थियो । गाउँघरमा जाडरक्सी र युवातास नियन्त्रण गरेर सभ्य समाज निर्माणको अभियान अगाडि बढाइएको छ ।

    मैले गौश्वारालाई समृद्ध बनाउछु भनेर निर्वाचनमा प्रतिबद्धता गरेको थिए । गौश्वारा भूगोलमा ठूलो छ । एउटा मात्र स्वास्थ चौकीले नपुगेपछि अहिले भाङगेटार स्वास्थ्य चौकी स्थापना गरिएको छ । शिक्षाको कमी र छ महिना मात्र खान पुग्ने समस्याले गर्दा युवाहरु विदेशिएका छन् ।

    कृषिक्षेत्र सुधारका लागि के पहल गरिरहनुभएको छ ?

    गौश्वारा कृषिको उर्वरभूमि हो । सैलुङ्गसँग जोडिएको वडा पनि हो । उब्जनी हुने ठाउँ हो । आलु, बिबी खेती यहाँको मुख्य आम्दानीको स्रोत हो । अहिले अधिकाशं युवाहरु रोजगारीको अभावमा विदेश पलायन भएका छन् । विदेशिएका युवाहरुलाई स्वदेशमा फर्काउने गरी योजना निर्माण गरिरहेको छौ । कृषि क्षेत्रमा युवाहरुलाई आर्कषण गर्नका लागि सहुलियतमा ऋण उपलब्ध गराउने सोच छ । वडाभित्र बन्दा, काउली लगायतको तरकारी राम्रो उत्पादन हुन्छ । बाख्रापालनको दृष्टिकोणले पनि राम्रो ठाउँ छ ।

    विगतमा जसरी परम्परागत रुपमा खेतीपाती हुँदै आएको थियो । अब आधुनिक र वैज्ञानिक ढंगबाट कृषि खेतीको सुरुवात गरिन्छ । अब वडाभित्र कुन ठाउँमा के उत्पादन हुन्छ ? भन्ने विषयमा माटो परीक्षण गरेर प्राविधिकको सल्लाह बमोजिम नै खेतीपाती गर्ने अभियान अगाडि बढाउछौ । अहिले मुढेको आलु भनेर परिचित छ ।

    बढी आलु त डडुवामा उत्पादन हुन्छ । अब रामेछाप दोरम्बा गाउँपालिकाको आलु हो भनेर पहिचान दिनुपर्छ । युवाहरु सक्रिय भएर कृषि क्षेत्रमा लाग्नु पर्छ । कृषि क्षेत्रमा लाग्नको लागि अभियान नै अगाडि बढाउने योजना बनाएको छु । कृषिले मात्र समृद्ध र सुन्दर गौश्वारा बनाउन सहयोग पु¥याउछ ।

    शिक्षालाई जोड दिने र कृषि क्षेत्रबाट नै सुधार गर्ने मुख्य लक्ष्य राखिएको छ । विदेशिएका आधा भन्दा बढी युवालाई स्वदेश फर्किने र पैसा कमाउन विदेश नै जान नपर्ने वातावरण सृजना गर्ने लक्ष्य राखिएको छ । हो, सबैलाई एकै पटक गर्न नसकिएला तर गर्दै जानुपर्छ । दुई चार पैसा कमाउन ज्यान बाजी राखेर युवा विदेशिदा मन रुन्छ । त्यसैले गाउँमा नै रोजगार सृजना गर्ने काम वडाले नै गर्नुपर्छ ।

    आलु तथा किबीखेती, बाख्रापालन गर्ने अवस्था आएमा गौश्वाराको मुहार फेर्न सकिन्छ । व्यक्तिको जग्गाले नपुगे सार्वजनिक जग्गा लिजमा लिएर काम गर्ने व्यवस्थापन मिलाउन सकिन्छ । अब हामी विदेश जान रोक्ने अभियान नै चलाउछौ ।

    -चन्द्र बहादुर मगर
    वडाध्यक्ष, दोरम्बा गाउँपालिका–४ रामेछाप

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal