News Portal

  • भ्रष्टाचार अन्त्य र देश विकास गर्न बिरोध हैन, विमर्शको आवश्यकता छ !

    नेपाल केपि, प्रचण्ड, देउवाको होइन, हामी सबैको हो । त्यसैले देशको विकास र समृद्धिका लागि हामी उनिहरुको गधा हैन, आफै भरिया बन्नुपर्छ र लाग्नुपर्छ बिना बिरोध, बिना सर्त।

    यज्ञराज उपाध्याय
    ४५९ पटक

    नेपालमा भ्रष्टाचार र भ्रष्टाचारीहरुको अवस्था, बिगबिगी र क्रियाकलाप अहिले जस्तै भैराख्यो भने वा बढ्दै गयो भने लेखेर राख्नु बर्तमान प्रधानमन्त्री केपि ओलि ज्युकै कार्यकालमा नेपाल बिश्वकै सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको पहिलो नम्बरमा पर्नेछ । अनि हामी स्वदेश बिदेशमा भएका युवाहरु त्यसैलाई माध्यम बनाएर लेखम्ला धेरै स्टाटस, गरम्ला सरकारको बिरोध, कती मजा आउला नि त्यतिबेला बेरोजगार हामी नेपाली युवालाई । हैन अलिकति जिम्मेवारी त हाम्रो पनि छ नि यार, हाम्रो ठाउँको नगरपालिकामा मानौं कुनै कर्मचारीले भ्रष्टाचार गर्छ भने त्यसलाई सुरुमा त हामी जनताले कटघरामा ल्याउनुपर्यो नि त्यसपछि पो माथिल्लो निकायले ध्यानाकर्षण गर्ला ।

    हामी भने तमासा हेर्ने अनि केपि काका वा अन्य कोहि पनि मन्त्रीहरु त्यो कर्मचारीलाई पकड्न आउछन र?? हामी किन हरेक कुरामा बिरोध मात्र गर्ने, यो हाम्रो देश हो । कसैको बाउको वा राजनीतिक पार्टीको बिरता होईन । राजनीतिक पार्टीहरु देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि लडेका हुन तर टुक्रा टुक्रामा बिभाजित देश त पृथ्वीनारायण शाहले जोडेका थिए नि? त्यतिबेला थिए र नेपालमा यी च्याउ जस्तै उम्रेका र देशलाई आफ्नो बिरता सम्झने राजनीतिक पार्टी र नेताहरु? अनि हाम्रो देश हाम्रो ठाउँको विकास र समृद्धिको लागि हामी राजनीतिक दलभन्दा माथी किन उठ्न नसक्ने । जानीजानी गरेका गल्तीहरु हो बिरोध गर्ने, सुझाबहरुको अवज्ञा भएपछि हो बिरोध गर्ने तर सुधार गर्न त हातेमालो सबैले गर्नुपर्यो नि ।

    हामी स्वदेशमा भएका र बिदेशमा भएका युवाहरुले आफ्नो बौद्धिकता बिरोधमा गुमाईरहेका छौं जसलाई विकासमा लगाउनुपर्छ, सहकार्य, सुझाव, सल्लाहमा लगाउनुपर्छ अनि मात्र देशको विकास हुन्छ नाकी देश बनेन भनेर बिरोध गरेर, लुट्न सके लुट कान्छा भनेर लुट्न सिकाएर देशको बिकास कदापी हुदैन । यो मेरो निजि बिचार हो धेरैलाई नराम्रो पनि लाग्ला तर हामी पार्टीका भरौटे हैन देशका संरक्षक बन्नुपर्छ । सबै मिलेर लाग्नुपर्छ देश कसो नबन्ला । मात्र १ बर्ष बिरोध मात्र गर्ने काम, खुट्टा मात्र तान्न खोज्ने काम, राम्रोलाई पनि नराम्रो भन्दै अपवाह फैलाएर आफू चोखो बन्न खोज्ने काम बन्द गरेर केही गरौं देशका लागि भन्दै हातेमालो गरौं त बर्षदिनमा कति परिवर्तन हाम्रा अगाडी आउछन । बिरोध गरेर, बिरोधका पोस्ट शेयर गरेर देश बन्ने वाला छैन बरु तपाईहरुको फेसबुकमा फ्लो गर्नेको संख्या चै बढ्न सक्छ । यदि त्यही फ्लोयर बनाउनका लागि लाग्ने भित्रको कच्चा मान्छे तपाईं पनि हुनुहुन्छ भने कृपया नेपाल छोडेर आप्रवासी बनिदिनुस ।

    भारतको उत्तर प्रदेश जानुस त्यहाँको नागरिक बनेर अनि सडकको फोहोर दुई दिन लगातार एक्लै उठाएजस्तो गर्नुस मिडियाले न्युज सम्प्रेषण गर्छ अनि रातारात तपाईका ४० करोड फ्लोयर हुन्छन । अहिले नेपाल र नेपाल सरकारलाई हामी सबैको जरुरत छ पहिलोपटक ५ बर्ष सरकार छ । देश जटिल परिस्थितिको सामना गर्दै छ, केही राजनीतिक दलका केहि खन्चुवाहरु ढोल पुट्नमा ब्यस्त छन, सरकारले जानाजान केही गल्ती गर्दै छ, केही गल्ती दोहोर्याउदै छ । यस्तो अवस्थामा सरकार अनि जनता सबैलाई हामी युवाहरुको आवश्यकता छ, जरुरत छ ।भ्रष्टाचार अन्त्य, प्रत्येक स्थानीय तहमा भनिएको स्थानीय तल सिंहदरबार स्थापनाका लागि हामीहरु सचेत हुन आवश्यक छ ।

    मन्त्री, कर्मचारी लगायत उच्च ओहोदामा बसेकाहरु मै खाउ, मै लाउ, मै कमाउ, आफ्नो कार्यकालमा विल गेट्स, जेफ बेजोज बन्नमै लागिपरेका छन । उनिहरुलाई कसरी सहि मार्गमा ल्याउने र कर्तव्यनिष्ठ बनाउने हाम्रै हातमा छ तर बिरोध गालीगलौजले त्यो सम्भव छैन । सकारात्मक रुपले अगाडी बढ्दा त सुनमा सुगन्ध झै होला । त्यसैले युवा साथीहरु हामी सकारात्मक बनौं र त्यही तवर तरिकाले नकारात्मक कुराहरुको पनि सकारात्मक सोच र सकारात्मक बाटाहरुबाट गन्तव्यमा पुगौं । मैले कुनै राजनीतिक दलको आस्था नबोक्नुस, राजनीतिमा संलग्न नहुनुस भनेर भनेको हैन । राजनीतिमा यतिधेरै शक्ति छ कि जसले देश चाहेको समयमा परिवर्तन हुन्छ तर सकारात्मक, निस्वार्थ, निष्पक्ष हुन आवश्यक छ । मैले त्यो राजनीतिमा संलग्न भएता पनि त्यो भन्दा माथि उठेर हाम्रो राष्ट्रको इज्जत, हाम्रो स्वाभिमानमा आच आउन नदिन र देशलाई अर्को देशमा गाभिनबाट रोक्न सोचौं भनेको छु ।

    देशमा आमूल परिवर्तन र देशको रक्षाको सपना सायद म जस्ता निस्वार्थ र निष्पक्ष धेरै राष्ट्रप्रेमी युवाहरुले देखेका छन । नेताहरुको गधा भएर काम छैन आफ्नो बिचारले आफै परिवर्तनको बाटो तर्फ उन्मुख हुनुपर्छ बिरोध हैन विमर्श गर्नुपर्छ । नेपाल न केपि ओलि को हो, न प्रचण्ड, देउवाको । यो हामी सबैको हो । उनिहरुलाई हामिले नेतृत्वकर्ता चुनेको मात्र हो आफ्नो जिम्मेवारी सुम्पिएको हैन । देशका लागि जति उनिहरुले केही गर्नुपर्छ त्यति हामीले पनि गर्नुपर्छ आफ्नो तरिकाले आफ्नो सीप योग्याता र बौद्धिकताले । आजै लागौं, जागौं युवा, लागौं युवा ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal