News Portal

  • मुटु रोगीका लागि बी एन्ड बी अस्पताल वरदान सावित : डा.दीपककुमार मिश्र

    ४८५ पटक

    हाडजोर्नी,पत्थर र अन्य कतिपय रोगहरूका उपचारका लागि ख्यातिप्राप्त ग्वार्कोस्थित ललितपुरको बी एन्ड बी अस्पतालले पूर्ण दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिहरूसहित मुटु रोगको उपचार पनि शुरू गर्ने भएको छ। बढ्दो शहरीकरण र प्रदूषणका कारण राजधानीमा अप्रत्याशितरूपमा बढिरहेको मुटुसम्बन्धी समस्यालाई समाधान गर्ने उद्देश्यसहित यही साउन ४ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट उद््घाटन हुने क्याथ ल्याबको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी अस्पतालका संस्थापक सञ्चालकद्वय वरिष्ठ डा. अशोक बास्कोटा र डा. जगदीशलाल वैद्यले गराउनुभएको छ।

    यसको सञ्चालनसँगै अचानक हृदयघाट भएर तत्काल उपचार गर्न बागमती पुल तरेर जानुपर्ने ललितपुर जिल्लाबासीको बाध्यता समाप्त हुने दाबी गर्नुहुन्छ डा. वैद्य र डा. बास्कोटा। यसका लागि अस्पतालले पाकिस्तानको विश्व प्रसिद्ध पन्जाब इन्स्टिच्युट अफ कार्डियोलोजीबाट मुटु रोगसम्बन्धी एफसीपीएसमा दक्षता हासिल गरेका अनुभवी वरिष्ठ कार्डियोलोजिस्ट डा. दीपक मिश्रको संयोजकत्वमा थुप्रै दक्ष चिकित्सकहरूको व्यवस्था भइसकेको जानकारी प्राप्त भएको छ। बी एन्ड बी अस्पतालमा स्थापना गरिएको अत्याधुनिक प्रविधिका उपकरण र व्यवस्थित क्याथ ल्याबको अवलोकनपछि अस्पतालले मुटु रोगीलाई गर्ने उपचार विधि र मुटु रोगबारे नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले अस्पतालका कार्डियोलोजी विभाग प्रमुख डा. दीपक मिश्रसँग गरेको कुराकानी :

    मुटुरोग भनेको के हो र यो कसरी लाग्छ ?

    मुटुरोग नसर्ने रोग हो। एउटा जन्मजातै हुन्छ। अर्को विशेष गरी खानपान, रहनसहन, जीवनशैलीका कारण र धुम्रपान सेवनका कारणले लाग्छ। पछिल्लो समय मानिसको बोलिचालीको भाषामा भन्दा हृदयघातका कुरा आउँछन्। त्यति मात्र नभएर हृदय, मांसपेसी, भल्बको समस्या हुन सक्ला, धमनीको समस्या समग्रमा यिनै समस्यालाई मुटुरोग भनिन्छ।

    नेपालमा पछिल्लो समय धेरै मुटुरोगी बढ्नुको प्रमुख कारण के हो ?

    पहिला–पहिला मुटुरोग भनेको विलासिताको रोग र यो गन्यमान्यलाई मात्र हुने रोग हो भनिन्थ्यो। तर, अहिले त्यस्तो देखिन्न। जन्मजात हुने, जन्मँदै हुने भयो। विशेष गरी खानपिन, लवाई–खवाई, काम गर्दाको दबाब, शारीरिक व्यायामको कमी र अन्य कतिपय कारणले पनि यो रोग लाग्ने गरेको छ। विशेषत शारीरिक सक्रियता नहुनु यसको जोखिम पाटो हुन्। भर्खरका युवा–युवतीहरूमा भने धुम्रपान सेवनले गर्दा नै मुटरोग लागेको देखिन्छ। खानपिनको गलत प्रयोग, बोसो भएका खानेकुरा बढी खाने कारणले पनि नेपालीलाई यो रोगले सताएको देखिन्छ। साथै वंशाणुगत र मोटोपनका कारण बोसो लागेर पनि मुटुको समस्या बढ्दो छ। कम्तीमा पनि दिनमा ३० देखि ४५ मिनेट मात्र हिँड्ने हो भने यो समस्याबाट धेरै छुट्कारा पाउन सकिन्छ।

    मुटुको सामान्य अवस्था ठीक छ कि छैन भनी कसरी पत्ता लगाउने ?

    प्रायःको मुटु देब्रेतिर हुन्छ कसैकसैको दाहिनेतिर पनि हुन्छ। मुटु रहेको भागमा भारी हुनु असहजता भएको छ, धड्कन बढेको छ भने मुटुको अवस्था सामान्य रूपमा चलेको छैन भन्ने बुझ्नुपर्छ। यसपछि ईसीजी, इको गर्नका लागि मुटुरोग विशेषज्ञको परामर्शमा परीक्षण गराउनुपर्छ। पहिलो चरणमा गरिने परीक्षण धेरै महँगो पनि छैन र ओपीडीमै जचाउन सकिन्छ।

    मुटुको चाल बढी या कम चलेको कसरी पत्ता लगाउने ?

    ईसीजीमा मुटुको चाल कस्तो चलेको छ भनेर हेर्न सकिन्छ। कसैलाई त्यहि मात्र बढी हेर्नुपर्ने भो भने होल्टर भन्ने मेसिन पाइन्छ त्यसले २४ घन्टा मुटुको ईसीजी गर्ने हो। त्यसमा मुटुको चाल उठ्दा, सुत्दा र सामान्य व्यवहार गर्दा कति हो भन्ने सबै मापन गर्न सकिन्छ। यो परीक्षण ओपीडी बेसमै गरिने भएकाले अस्पताल भर्ना भएर बस्नु पर्दैन। मुटुको चाल सामान्यतया एक मिनेटमा ५० भन्दा माथि १ सयभन्दा तल हुनुपर्छ। योभन्दा फरक हुँदा मुटुको समस्या देखा पर्छ। वैदेशिक रोजगारमा जानेहरूमा देखा पर्ने समस्याको मूल कारण खानपिन, चिल्लो पदार्थ, बोसोको मात्रा बढी हुनु नै हो। रुघाखोकी लाग्दा पनि मांसपेशीलाई कमजोर गर्छ मायोकार्डाइटिसमा पनि मुटुको चाल अनियन्त्रत हुने खतरा रहिरहन्छ।

    मुटुरोगबाट बच्नका लागि कस्तो जीवनशैली अपनाउनुपर्छ ?

    खानपानमा चिल्लो तथा बोसो भएको कम खाने, कसरत गर्ने, नुनको मात्रालाई ४ देखि ५ ग्राम मात्र प्रयोग गरेमा केही हदसम्म सुधार ल्याउन सक्छ।

    मुटुसम्बन्धी कति प्रकारका रोग हुन्छन् ?

    मुटुको भल्बको समस्या हो कि, मुटुको कडापन हो कि क्याटोगोराइजेसन गरेर हेर्न सकिन्छ। सामान्यरूपमा मुटु रोगलाई दुई किसिमले वर्गीकरण गरिन्छ। एउटा जन्मजात हुने, यसमा जन्मँदै मुटुभित्र प्वालहरू भएको हुन्छ। अर्को पछि गएर हुने एक्वायड। एक्वायड भनेको बाथ मुटुरोग, उच्च रक्तचाप, मधुमेहले गर्दा लाग्छ। यसले मुटुको धमनीमा लाग्छ र मुटुसम्बन्धी समस्या हुन्छ।

    हृदयघात भएमा तत्काल के गर्ने ?

    हृदयघात भएमा देब्रे छातीमा दुख्ने सरेर देब्रे काँधतिर जाने, सास फेर्न गारो हुने, धड्कन मात्र बढ्ने हुन सक्छ। सुगरका बिरामीलाई मुटु नदुख्ने पनि हुन सक्छ। यस्तो अवस्थामा तत्काल आराम गरि ईसीजी गराइहाल्नुपर्छ। जति सक्दो चाँडो मुटुरोग विशेषज्ञकै परामर्शमा पुग्नुपर्छ। पहिला पनि मुटुको समस्या भइसकेको व्यक्ति हो भने आइर्सोडी नाइट्रन जस्ता जिब्रोमुनि राख्ने औषधि राख्यो भने केही हदसम्म कम हुन्छ।

    पछिल्लो समय धेरै मानिसमा मुटुको समस्या भएको सुनिन्छ यसको घरेलु उपचार अर्थात् प्राथमिक उपचार के हुन सक्छ ?

    असहज भयो भने आराम गर्ने र एसप्रिन नामक औषधिको चक्की घरमा छ भने चपाएर खाने। छैन भने आराम गर्ने र अक्सिजन आउने खुला हावा चल्ने ठाउँमा बस्ने र नजिकको स्वास्थ्य संस्था या स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्ने। जति सक्दो छिटो स्वास्थ्य संस्था पुग्ने। जति छिटो उत्ति राम्रो १ देखि ६ घन्टाभित्र पुग्न नसकिने देखिए मुटुको मांशपेसी कमजोर हुन सक्छ। जति चाँडो पुग्यो उति राम्रो।

    धेरै मानिसमा हृदयघात हुने समस्या र मृत्यु हुनेको संख्यामा वृद्धि भएको हो ?

    सबै मृत्यु हृदयघातका कारण मात्र हुन्न, मुटुको चाल अनियन्त्रित भएर पनि हुन्छ। पहिला यस्ता कुरामा ध्यान दिँदैनथ्यौं। अहिले जनचेतना बढेको छ र समयमै समस्या पहिचानसँगै आधुनिकीकरण र शहरीकरणले पनि समस्या बढाएको छ।

    हृदयघात मोटा मानिसलाई मात्र हुन्छ कि दुब्ला पातलालाई पनि हुन्छ ?

    दुब्लोलाई हुँदैहुँदैन भन्ने छैन महिलाको दाँजोमा पुरुषलाई बढी हुन्छ। अर्को कुरा वंशाणुगत पनि हुन सक्छ। धुम्रपान पनि हुन सक्छ। रक्तनलीमा हुने समस्याले पनि हुन्छ। मोटोलाई एक तह बढी हुन्छ।

    कुन–कुन उमेरका मान्छेलाई बढी मुटुरोग लाग्छ ?

    कन्जनाइटल सानै उमेरमा देखिने समस्या हो। जुनसुकै उमेर समूहका व्यक्तिलाई मुटुरोग हुन सक्छ, पछिल्लो समय युवाहरूमा मुटुरोग बढ्दो क्रममा छ। युवामा बढिरहेको समस्या डरलाग्दो अवस्थामा पुगिसकेको छ।

    हृदयघातका लक्ष्यणहरू के–के हुन् ?

    देब्रेपट्टी असहनीय दुखाइकोे अनुभव हुने, दुखाइ सरेर उफ्रिँदै छाती, घाँटी, कानतर्फ जाने, कहिलेकाहीं घाँटीमै निसासियर बस्ने हुन्छ। यसपछि श्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्छ। यो दुखाइ सामान्य हिँडाइ र चल्दा पनि बढ्दै जान्छ। मुटुको धड्कन बढ्न सक्छ, खलखल पसिना आउने, आँखा अगाडि अँध्यारो हुने, चक्कर लागेजस्तो हुने, मुटु हल्लने, अनियन्त्रित भएर लड्ने हुन्छ।

    यसबाट बच्नका लागि कस्तो उपाय अपनाउनुपर्छ ?

    रोग लाग्नै नदिनका लागि खानपिनमा ध्यान दिनुपर्छ। बोसो, चिल्लो भएको खाना, सुर्तीजन्य पदार्थबाट टाढा रहने, शारीरिक व्यायाम ३० देखि ४५ मिनेट गर्ने बानी बसाल्नुपर्छ। स्वस्थ्य खाना नै स्वस्थ मुटु बनाउने उपाय हो र यो नै पर्याप्त छ। सुगर, उच्च रक्तचाप, कोलेस्टोर छ भने नियन्त्रण गर्नेतिर लागि हाल्नुपर्छ। वंशाणुगत कुरा मात्र अपरिवर्तनीय हुन्छ।

    हृदयघातका धेरै घटना सुतेको अवस्थामा या बिहानपख हुने गरेको सुनिन्छ ? सुतेको बेलामा र बिहानपख हृदयघात हुनुको कारण के हुन सक्छ ?

    वैज्ञानिक आधार नै छ एकाबिहानै हर्मोन सरजब हुन्छ, त्यति बेला क्याटाग्लोमिको पनि सरजब भएर आउँछ। सरजब भएको बेला मुटुको धड्कन, मुटुको चाप बढ्ने हुन्छ। त्यति खेर नै हृदयघातको पनि सम्भावना बढेर जाने हो। यसका पछाडि लुकेका चुनौतीहरू यिनै हुन्। यो सत्य कुरा नै हो।

    अचानक सुतेको बेलामा हुने साइलेन्ट हर्टअट्याक भनिन्छ। युवा अवस्थामा हाइपरट्रफिक मायोप्याथी क्याकोलामिन्स हुन्छ। यो भनेको मांशपेसीको समस्या हो। कसैको मांशपेसी एकदमै बाक्लो छ भने रगत निस्कने बाटोलाई सानो गर्दिन्छ। यसले गर्दा मुटुको चाल अनियन्त्रित भएर अचानक अचेतना हुने र लड्ने अकस्मात् मुटुको चाल बन्द हुने हुन्छ। मुटुको समस्याका कारण हुने मृत्यु सबै हर्टअट्याक होइन। मायोकारडाइटिस पनि मुटुको चाल अनियन्त्रत हुन्छ। मुटुको आफ्नै चाल स्वतः अनियन्त्रित आकस्मिक कारण पनि हुन्छन्। आम भाषामा यसलाई हृदयघात भनेर बुझ्ने गरेका हुन्छन्।

    हृदयघातबाट बच्ने उपाय के हुन् र कसरी अपनाउने ?

    खानपान र व्यायाममा ध्यान दिने, जथाभावी चिल्लो, मसलेदार चट्ट परेको देख्दै मुखबाट ¥याल बग्ने खानेकुरामा भन्दा स्वस्थ जीवनशैली अपनाएर सादा खानामा ध्यान दिनुपर्छ।

    विभिन्न रोगको उपचारका लागि सेवन गरिने औषधिले पनि मुटुको समस्या निम्त्याउँछ ?

    औषधिले पनि कहिलेकाहीं असर गर्न सक्छ। अरू रोगको उपचार गर्दा पनि समस्या हुन सक्छ यस्तो अवस्थामा वैकल्पिक औषधि दिनुपर्ने हुन्छ। यस्तो अवस्था क्यान्सरको उपचार गर्दा चलाइने औषधिका कारण पनि हुन सक्छ। रोगको लक्ष्यणलाई निगरानीमा राखी उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ।

    बी एन्ड बी अस्पतालले अत्याधुनिक प्रविधिसहित शुरू गर्न लागेको मुटुको उपचार के–कस्ता उपचार विधिबाट गर्न खोजिएको छ ?

    यसको उत्तर दुई किसिमले दिन्छु। पहिलो हामीले बी एन्ड बीमा कार्डियोलोजीलाई निरन्तररूपमा अपग्रेड गर्दै लगिराखेका छौं। क्रमबद्धरूपमा सुधार गर्दै गएका छौं। यति बेलासम्म आइपुग्दा एनजिओग्राफी र कोरियोग्राफीको व्यवस्था गरिसकेका छांै। अत्याधुनिक मेसिनहरू तपाईंले देखिहाल्नुभयो।

    अब मुटुरोगीहरूका लागि थप उपचार गर्न अरू अस्पताल जानुपर्ने अवस्था छैन, अब एनजिओग्राफी, एनजिओप्लास्टी, पेसमेकर हाल्नुप¥यो। अरू किसिमका कार्डियक डिभाइसेसहरू र सीआरटीहरू सबै अब यहींबाट हुन्छ। त्यति मात्र नभई नवीनतम उपचार विधिहरूलाई पनि अपनाएका छौं। जस्तो कि आईभीसी फिल्टर, क्यान्सर लागेका बिरामीका लागि डिभास्कुराइज गर्ने, इन्बोलाइजेसन गर्ने सेवाहरू शुरू गरिसकेका छौं। यो नवीनतम सेवाहरू हो र यहाँ यसको सेवा २४सै घन्टा लिन सकिन्छ। यतिसम्म कि अस्पतालको एउटै फ्लोरमा सबै उपकरण, ओपीडी, शल्यक्रिया, आईसीयू, सीसीयू, पोस्ट अप्रेटिभ कक्ष, चिकित्सकको आराम कक्ष, प्रतीक्षालय, बिरामीको अवस्थालाई बाहिरैबाट नियाल्न सक्ने गरी सिटी, एमआरआईको व्यवस्था गरिसकेका छौं।

    सरकारी स्तरबाट गंगालाल, मनमोहन कार्डियक र निजी स्तरबाट नर्भिक जस्ता मुटुरोगीको उपचारमा स्थापित अस्पतालहरूसँग प्रतिस्पर्धा गर्न बी एन्ड बीले विशेषरूपमा के–कस्ता तयारी गरी मुटु रोगीहरूलाई आकर्षित र विश्वास जित्ने योजनाहरू बनाउनुभएको छ त?

    बी एन्ड बी सर्वसुलभरूपमा गुणस्तरीय सेवा दिने मूल मन्त्र लिएर अघि बढेको अस्पताल हो। कार्डियोलोजीका लागि पनि हामीले यही लक्ष्य लिएर सेवा प्रदान गर्ने हो। सेवालाई सहज र सर्वसुलभ बनाउने मूल उद्देश्य रहनेछ। यसो गर्दा सेवाकै आधारमा सेवाग्राहीलाई सन्तुष्टी दिने मुख्य आधार हामीले बनाएका छांै। सर्वसुलभ सेवा शुल्कमा बी एन्ड बीमा टपमस्ट कार्डियोलोजिस्टबाट सेवा प्रदान गरिन्छ। गुणस्तरीय सेवा दिने हेतुले नै कार्डियो भास्कुलर सेवा अघि बढाएको हो।

    अन्तमा मुटुरोग तथा यस अस्पतालका बारेमा आम जनमानसलाई केही भन्न बाँकी छ कि ?

    खानपिन, जीवनशैली स्वस्थ हुनुप¥यो, धुम्रपान, मदिराबाट आफूलाई टाढै राखांै, सुगर र प्र्रेसरलाई कन्ट्रोलमा राखौं, हृदयघातको संकेत देखा परेमा चाँडोभन्दा चाँडो नजिकैको अस्पतालमा गएर उपचार लिउँ। अब बी एन्ड बीमा पनि मुटुरोगको उपचारका लागि अत्याधुनिक प्रविधिबाट २४ घन्टे सेवा शुरू भइसकेकाले ललितपुरबासी मात्र नभई यस रोगसँग सम्बन्धित सबैले निश्चिन्त भई हामीसँग भएका दक्ष चिकित्सकहरूबाट सेवा लिन सकिने भएकाले ढुक्क हुन अनुरोध गर्दछौं।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal