News Portal

  • रंगेली अस्पतालकाे प्रसाशन फितलो, १० लाख भन्दा बढि हिनामिना !

    हिमाली संचार संवाददाता
    ४७४ पटक
    रबिन्द्र बराल, मोरङ

    माेरङकाे रंगेली नगरपालिका ७ मा नव निर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडौंकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि सुविधा बाट सर्वसाधारणहरु बन्चित हुनुपरेको छ । त्यति मात्रै नभए र साउन महिना देखि अस्पताल ब्यवस्थापन समिति खारेज हुदा अस्पताल व्यवस्थापन समेत फितलो भएको छ ।

    समिति निर्माण नहुदाँ हरेक काम काज ठप्प हुनुुकाे साथै प्रसाशनबाटै १० लाख रुपैयाँ भन्दा बढि हिनामिना भएको छ । नेपाल सरकारले समयमै समिति गठन नगरेका कारण २०७४ पुस महिना देखि हालसम्म कार्यलय प्रसाशनकाे मिलेमतोमा सर्वसाधारणहरुले उपचार गराएर तिरेकाे रकमकाे राजस्व हिनामिना गरेकाेे पईएकाे छ ।

    रंगेलीका मेयर दिलिप बगडियाले एक कार्यक्रममा भने अहिले रंगेली अस्पताल प्रसाशनमा नेपाल सरकार र प्रदेश सरकारकाे बेवास्ता कारण रकम हिनामिना भएको बताएका छन । उनले भने १० लाख रुपैयाँ भन्दा बढि रकमको हिनामिना भएको कुरा सार्वजनिक गरेका छन । यसमा सबै पक्षले ध्यान दिनुपर्ने र संन्चारकर्मीहरुले विशेष ध्यान दिनुपर्ने कुरामा जाेड दिएका छन । हिनामिना गर्ने जुन सुकै कर्मचारी भए पनि कार्वाही प्रक्रियामा लैजानु पर्ने समेत बताए ।

    त्यति मात्रै हाेईन बिगत ६ महिना देखि झडापखाला, अप्रेसन र किडनिकाे समेत रगत परिक्षण गर्ने ईलाेक्ट्रर लाईट साेडियम र पाेटासियन समिन समेत सर्भिस नहुदा बिरामी हरुले निजि ल्यावमा गएर ब्लड चेक जाँच गर्ने बाध्य रहेका छन । रेवति पाेख्रेल अाफुले बारम्बार जानकारी गराएता पनि प्रसाशनले बेवास्ता गरेको अाराेप समेत लागउनु भएको छ ।

    केही साता दिन देखि एक्सरे मेसिनमा प्रयाेग भएको कम्पुटर समेत बिग्रेको कारण बिरामीहरु थप समस्या परेका छन । उक्त अस्पतालमा दैनिकी सयौं जना गरिव परिवार तथा अति विपन्न घर परिवारका सर्वसाधारण हरुले उपचार गराउदै अाईरहेता पनि सेवा र सुविदा नहुदा निज अस्पतालमाा उपचार गराउन जाने गरेका छन ।

    नेपाल सरकारले गर्भवती महिलाहरु गर्भवती भएकाे समय देखि उपचार गर्नेका लागि सरकारी अस्पतालमा सबै कुरा निशुल्क गर्ने भनेर भनेता पनि रंगेली अस्पतालमा भने गर्भवती महिलाहरुलाई सबै प्रकारकाे रकम समेत उठाउने गरेका छन ।

    गर्भवती महिलाले प्रत्येक दिन सेवन गर्ने अाईरन र क्यालसियम समेत उपलब्ध छैन । अझ गर्भवती महिलाहरुलाई समान्य चेक जाँच गर्ने अाउदा समेत विभित्र प्रकारका ब्लड टेस्ट गर्नु भनी निजि ल्यावहरुमा पठाउने गरेका छन । निजि ल्यावहरुले बिरामीहरुबाट लिएको ३० प्रतिशत रकम डाक्टरहरुलाई बुझाउने गरेको हुनाले अनावश्यक टेष्ट गरेर अझ गरिव परिवारलाई पीडा दिने गरेको नबताउने सर्तमा एकले बताए ।

    डाक्टरहरुकाे चलखेलले गर्दा बिरामीहरुले दुख पाएकाे कर्मचारीहरु बताउछन् । अस्पतालमा रहेको फिल्टर समेत बिग्रीएको र समयमै मर्मत संभार नहुदा शुद्ध खानेपानी नहुदा बिरामी तथा बिरामी कुरुवाहरुले टुवेल(कल) काे अार्सनिक पानी पिउन बाध्य छन। भने बजारमा पाईने मिनरल वनटर पानी किनेर खानुपर्ने बाध्यता रहेको छ ।

    अस्पतालमा उपचार गराउन अाउने सर्वसाधारणहरुले नत शुद्ध पानी नै पिउन पाउछन् नत सरकारले दिने गरेको निशुल्क अाैषधी पाउँछन् । यस अस्पतालमा रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्सि नगरपालिका, कानेपाेखरी नगरपालिकाका केही सर्वसाधारण तथा भारकाेे कुर्साकट्टा, कुवाडि, सिमावर्ति क्षेत्रमा बसाेवास गर्ने गरिव घर परिवारका सर्वसाधारणहरुले सेवा लिदै अाएका छन । देश बिदेशी संस्था नेपालमा स्वास्थ्यकाे नाममा करोडौं रुपैयाँ खर्च गरेता पनि त्याे भने बालुवामा पानी हाले जस्तो भएको पाईन्छ।

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal