News Portal

  • सिम्ता सुर्खेतको चिनारी “कोटको थुम्को”

    कमल सिंह ठकुरी
    ७०७ पटक

    सिम्ता/सुर्खेत : चारैतर्फ कडा चट्टानले बनेको भीर, मुस्किलले टुप्पोमा पुग्न सकिने, चुचुरोको टुप्पोमा ठूलो मैदान (झण्डै फुटवल ग्राउण्ड जत्रै) रहेको र टुप्पोबाट सात जिल्लाका प्रायः सम्पूर्ण भूभागहरू अवलोकन गर्न सकिने सुर्खेत जिल्लाको साबिकको बजेडिचौर गाबिसको केन्द्रबिन्दुमा रहेको बलियो चट्टान पहाड (चुचुरो) “कोटको थुम्को” सिम्ता दराको एक आकर्षित भौगोलिक तथा पर्यटकीय स्थान हो। हजारौ सालदेखि संरक्षणको पर्खाइमा रहेको यो पहाड (थुम्को)ले एक आफ्नै इतिहाँस बोकेको छ।

    प्राचीन मानव इतिहाँस, धार्मिक आस्था र प्राकृतिक सुन्दरता बोकेको यो चुलीको आफ्नै बिशेषता छ। तल भेरी नदिले बनाएको निलो लहर र आफ्नै गतिमा एकनासले बगेको पानी, आली गाडले बनाएको समथल मैदान, टाढा टाढ सम्मको भौगोलिक दृश्य, सिस्ने हिमाल, चयाकुरे लेकको अवलोकन, गुमिचुली, डाडाखाली लेक, मध्यपश्चिमका प्रायः धेरै उच्च भूखण्डहरूलाइ अवलोकन गर्न सकिने यो थुम्कोको ३०० मिटरको दुरीमा एक ठूलो गुफा भेटिएपछि झनै यसको महत्व बढेको छ।

    निकै लामो सुरुङ बनाएको उक्त गुफाको भित्री भागमा भगवानका बिभिन्न आकृति, मूर्तिहरू, प्राचीन भाँडाकुडाहरू फेला परेका छन। एक तर्फबाट मात्रै उक्लन सकिने उक्त भिरालो पहाडको टुप्पोमा अर्को तर्फ आँखाले हेर्न नसकिने अनकन्टार भीर छ, टुप्पोको मैदानमा कुनैबेला बाजागाजा सहित ठूलो जात्रा लाग्दथ्यो रे, बिभिन्न जिल्ला र सिम्ता क्षेत्रका सबै मान्छेहरू जात्रामा जम्मा हुने गर्थे रे। जात्रामा जति मान्छेहरूको भिड बढ्दै जान्थ्यो त्यती नै भगवानको शक्तिले टुप्पोमा रहेको मैदान फैलदै जान्थ्यो र कुनै मानविय क्षेति हुदैन थियो रे, तर कुनै समयमा पहाडको स्थानीय देवताको पुजा नगरिदा भगवान रिसाएर मैदानको फैलावटमा अबरोध हुदाँ केहि मान्छेहरू भीरबाट लडेर मृत्यु हुन गए छ, त्यसपछि त्यहाँ हुने जात्रालाई रोकेर अन्य भागमा स्थानान्तरण गरिएको हो भनेर स्थानीय बुढापाकाहरूको भनाइ छ।

    हाल उक्त स्थानको नजिकै पातिहाल्ना र देउली भन्ने ठाउमा अझैपनि ठूलो जात्रा लाग्ने गर्दछ । यो क्षेत्रमा अत्याधिक मात्रामा फलाम पाइन्छ, परापूर्व कालमा पूर्खाहरूले खनेका खानीहरूको भग्नावशेष अहिलेपनि जतासुकै देख्न सकिन्छ। वनभरि ठूलाठूला गहिरो खाडलहरू भेटिन्छन्। कुनैबेला बिकास र संचारले ओझेलमा परेको यो क्षेत्र हाल स्थानीय बुद्धिजीवी, समाजसेवी तथा राजनितिज्ञहरू अग्रसरतामा यसको प्रवर्द्धन गर्ने काम भएको छ।

    थुुम्कोको फेद सम्म सडक निर्माण हुदै छ,भगवानको शक्तिपिठमा मन्दिर बन्दै छ। यो स्थान दैवीशक्तिले भरिपूर्ण छ,खासगरी महाकालीको महाँशक्ति। त्यहाँ नजिकै धेरै पुरानो महाकालीको थान (मन्दिर) पनि छ। जब हाँसीबकुल्लाहरू(कर्याङ्कुरूङ) यो पहाड भएर जान्छन, जहिलेपनि यो थुम्कोलाई सात पटक परिकर्मा गरेर मात्रै टाढाको उडानको तय गर्छन। थुुम्कोको आधा घण्टाको दुरीमा प्राथामिक् स्वास्थ्य केन्द्र छ जहाँ एकजना एमबीबीएस डाक्टरको दर्वन्दि रहेको छ। भने एकै घन्टाको दूरीमा भानु उच्च माबि रहेको छ। सिम्ता क्षेत्रको आफ्नो एक अलग पहिचान छ, भेषभुषा र भाषा छ। सुर्खेत जिल्ला भएपनि पैदल दुरीको हिसाबले यहाँबाट जाजरकोटको खलंगा, रुकुमको चौरजहारी, दैलेख सदरमुकाम र सुर्खेतको बिरेन्द्रनगर बराबर दुरीमा रहेको छन।

    हाल थुम्कोबाट आधा घण्टाको पैदलमा मोटर बाटो पुगिसकेको छ।त्यसैले उहाँको संस्कृति बहु आयामको छ। सिम्ता भन्नाले सुर्खेतका सात गाविसहरु राकम, काप्रीचौर, खानीखोला, बजेडिचौर, आग्रिगाँउ, काफलकोट र घोरेटा पर्दछन्। यो सँग जाजरकोट र सल्यानका केहि क्षेत्रहरु मिश्रित छन। प्राज्ञ तथा साहित्यकार “यात्री “देखि जिवेन्द्रदेव गिरीले यहि सिम्ताली समाजको बिषयमा गहिरो अध्यापन तथा सोध्पत्र तयार गरेका छन।

    यो पहाडी चुलीको स्वतन्तर नाम नभएपनि ‘कोटा ‘ शब्दसँग जोडेर कोटाको थुुम्को भनिदै आइएको छ जस्को अर्थलाई म केही तथ्यहरूसँग जोड्न चाहान्छु। कोट भनेको सैनिकहरूले मोर्चा बनाएर सुरक्षित रूपमा बस्ने किल्लालाई जनाउदछ जुन पहाडको टाकुरालाइ प्रयोगमा ल्याईन्थयो। यो क्षेत्र तत्कालीन शक्तिशाली खस राज्य र पछि नितान्त दैलेख दुल्लू राज्यमा पर्ने भएकाले यो टाकुराबाट जाजरकोट, सल्यान र रुकुम राज्यको सैनिक गतिबिधिहरुलाई नियाल्न तत्कालीन राजाले कोटको रूपमा प्रयोग गरिएको हुनुपर्छ किनभने यहाँबाट जाजरकोट रुकुम र सल्यानको सम्पूण क्षेत्रहरुमा अवलोकन गर्न सकिन्छ र चारै तर्फ भीर भएको कारणले यो टाकुरो सुरक्षित थियो। त्यसैले यसलाई कोटको थुुम्को भनियो। यसको नजिकै रहेको लापु देउली भन्ने स्थानमा तत्कालीन दैलेखी राजाहरूले गाडेको स्तम्भ शीला लेखकले अझै प्रकाश पारेको छ।

    (सिम्ता विशेषगरि नाचिने सिंगारु नाच।)

    अर्को तथ्य ‘कट्वाल’ सँगै जोड्न चाहान्छु। तत्कालीन कट्वालहरूले गाँउमा मर्दा पर्दा सबैजनालाई सुचना प्रवाह गर्न यो टाकुरोलाई प्रयोगमा ल्याएको हुनुपर्छ किनभने त्यँहाबाट ठूलो आवाजमा कराउदा चारैतर्फका गाउलेहरूको सजिलै सुन्दछन। हाल नजिकै कट्वालहरूको बस्ती पनि रहेको र तिनका पूर्खाहरूले कट्वाली काम गरेको बताइन्छ। त्यस्तै तेस्रो तथ्य हो ‘कठाल्नो ‘। हँसिया (आँसी) लाई सुरक्षित रूपमा आफ्नो शरिरमा भिर्नका लागि काठ बाट बनेको एउटा बस्तु हो जसलाई कम्मरमा बाधेर हँसियालाई त्यसमै राखेर भीर पाखाहरूमा काम गर्न जाने गरिन्छ।

    किवदन्ती अनुसार उक्त पहाडमा कट्वाल परिवारका ब्यक्तिहरू घाँस काट्दै गर्दा लडेर मृत्यु भएपछि त्यो थुम्कोमा अहिले पनि मृत आत्म” कठालो भिरेर घाँस काट्न आउने गर्छ भन्ने भनाई छ, र केही गाँउलेहरूले कठाले आत्माले ले धाँस काट्दै गरेको पर्तक्ष देखेकोपनि बताउछन, अहिलेपनि त्यो क्षेत्रको आसपासमा मृत आत्मको शान्तिको लागि फुलपाति चढाइन्छ। जसलाई पातिहाल्ना भनिन्छ। यसरी कोठालोको थुुम्को हुन गयो कालान्तरमा “कोटाको थुुम्को ” भन्ने गरियो।

    कोटाको थुम्कोको टाकुरामा पुग्दा साँच्चिकै स्वर्गको आभास हुन्छ। निक्कै उकालो चढेपछि जब टुप्पोको मैदान देख्छन्, मान्छेहरू आश्चर्य चकित पर्दछन्, चिसो हावाको मिठो स्पर्षसँगै,संसार चिहाँउदै धाँसे मैदानमा लुटिपुटिनुको मजा नै बेग्लै छ। प्याराग्लाइडिङमा हुने मजा भन्दा कम छैन। सँगै रहेको मन्दिर र गुफाले सुनमा सुगन्ध थपेको छ।

    पहाड चढ्ने पारखीहरूको लागि एक बरदान साबित छ। एक कलाइम्बको लागि अन्तराष्ट्रिय स्तरको भौगोलिक बनौट रहेको छ कोटको थुुम्को। हिमाल चढ्नेहरूको लागि पूर्व अभ्यास गर्नको लागि पनि यो उपयुक्त छ। जाजरकोट, सल्यान र दैलेखको बिचमा रहेको यो स्थान अझै धेरैले चिन्न बाँकी छ, बिस्तारै यसको चर्चा हुदैछ, सुर्खेती जनता खासगरी सिम्ता क्षेत्रका आम जनताहरू यसलाई पर्यटकीय क्षेत्र बनाउनमा लागिपरेका छन। अझैपनि यसको प्रचार प्रसार गर्न सुर्खेतका सम्पूर्ण बुद्धिजीवी, पत्रकार, राजनितिज्ञ, संघसंस्थाहरूले योगदान दिन आवस्यक छ। सबैजना एक पटक त्यो स्थानमा पुगौ र आफ्ना अनुभव र अनुभुतिहरू साटासाट गरौ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal