News Portal

  • दिल्लीबाट उद्धार गरिएका चेली भन्छन् : फेरि विदेश जान पाऔं !

    हिमाली संचार संवाददाता
    ५९७ पटक

    सन्त गाहा मगर,
    काठमाडौं । दिल्लीबाट उद्धार गरेर मंगलबार काठमाडौं ल्याइएका १६ जना नेपाली चेलीहरुको बेदना अलि बग्लै पाइयो । दुबई लैजाने भन्दै दलालमार्फत दिल्ली पुर्‍याइएका कतिपय चेलीहरु नेपाल फर्काइएकोमा खुशी देखिएनन् । उनीहरुको चाहना रहेछ – काठमाडौंबाटै दुबई जान पाइयोस् ।

    नेपाल सरकारले महिलाहरुलाई वैदेशिक रोजगारीमा जान नदिएकै कारण आफूहरुले दुख पाएको भन्दै उनीहरुले काठमाडौंबाटै रोजगारीमा जान पाउनुपर्ने सरकारसित माग गरे ।

    चेलीबेटी बेचबिखनविरुद्ध काम गरिरहेका संघसंस्था र प्रहरीको सक्रियतामा उद्धार गरेर स्वदेश फर्काउँदा पनि यी चेलीहरु खुशी नहुनुको भित्री कारण के हो ? अनलाइनखबरले यस भित्री कथा खोतल्ने प्रयास गरेको छ ।
    आखिर के भन्छन् त उद्धार गरिएका नेपाली चेलीहरु ? हामीले उनीहरुको कथा-व्यथा खोतल्ने प्रयास गरेका छौं :

    श्रीमानलाई ८ पेजको चिठी लेखेर चम्पट !

    डडेलधुराकी सपना थापाको विवाह भएको १३ वर्ष भयो । कक्षा १२ मा पढ्दा-पढ्दै विवाह बन्धनमा बाँधिएकी उनको त्यसपछि पढाइले निरन्तरता पाउन सकेन । विवाहपछिको समय घरधन्दामै बित्यो । अहिले सपनाका ११ वर्षीय छोरा कक्षा ६ मा पढ्छन् । आर्थिक अभावले गर्दा छोराको विद्यालय शुल्क तिर्न धौधौ परेपछि उनले वैदेशिक रोजगारीमा गएर पैसा कमाउने सपना देख्न थालिन् ।

    ७ महिना पहिले दुबई गएकी बहिनीले ‘यहाँ काम राम्रो छ दिदी’ भनेपछि आफ्नो हिम्मत बढेको उनी बताउँछिन् । र, विदेश पुर्‍याउने व्यक्तिको खोजी पनि बहिनीले नै गरिदिइन् ।

    घरबाट हिँड्नुअघि सपनाले श्रीमानलाई ८ पृष्ठ लामो पत्र लेखेर छोराका हातमा थमाएर हिँडेकी थिइन् । उनले आफू हिँडेको तीन दिनपछि मात्रै चिठी बाबालाई दिनु भनेकी थिइन् । सम्पर्क व्यक्तिले १ लाख ५० हजार रुपैयाँ दिए दुबई पुर्‍याउने आश्वासन सपनालाई दिए । त्यसमध्ये ५० हजार माइतीसँग मागेर उनले बुझाई पनि सकिकेकी छन् ।

    मासिक १५ सय दिराम पाउने प्रलोभन देखाएपछि उनी असार तेस्रो साता डडेलधुराबाट कृष्णनगर हुँदै नयाँ दिल्ली पुगिन् । तर, सपनाको सपना त्यतिबेला चकनाचुर भयो, जतिबेला उनीसहित १६ नेपाली महिलालाई दिल्ली महिला आयोगको नेतृत्वमा भारतीय प्रहरीले उद्धार गर्‍यो । मंगलबार काठमाडौं आइपुगेकी सपनाले विदेश जान नपाएपछि घर न घाटको भएको अनलाइनखबरलाई बताइन् ।

    विदेश जानुको भित्री कारण खोल्दै सपनाले अनलाइनखबरसँग भनिन्, ‘श्रीमान र सासूको हेपाहा व्यवहारले गर्दा पनि विदेश जान लागेकी थिएँ ।’ कमाइ गर्ने छोरी र धेरै कमाउने बुहारीलाई मात्रै काखी च्याप्ने चलनले पनि विदेशिन बाध्य बनाएको उनले सुनाइन् ।

    घरबाट हिँड्नुअघि सपनाले श्रीमानलाई ८ पृष्ठ लामो पत्र लेखेर छोराका हातमा थमाएर हिँडेकी थिइन् । उनले आफू हिँडेको तीन दिनपछि मात्रै चिठी बाबालाई दिनु भनेकी थिइन् ।

    छोरोको प्रसँग आउनासाथ गहभरि आँशु झार्दै उनले भनिन्, ‘घरको आर्थिक अवस्था राम्रो भएको भए आफ्नो सन्तानलाई छाडेर यसरी विदेश जाने रहर कुन आमालाई हुन्छ र ?’

    नयाँ दिल्लीस्थित नेपाली दुतावासका एक कर्मचारीले ‘रहरले विदेश जान खोज्दा यस्तै हुन्छ’ भनेर उल्टै आफूहरूलाई दोषी देखाउन खोजेकोमा सपनालाई पटक्कै चित्त बुझेको छैन । उनी भन्छिन्, ‘सरकारले नेपालबाटै जान दिएको भए हामी लुकीलुकी दिल्ली पुग्नुपर्ने थिएन ।’

    ‘सरकारले यहीँ रोजगारी दिए विदेश जाने थिइनँ’

    धादिङकी सहना थापा पनि सपनासँगै उद्धारपछि काठमाडौं आइपुगेकी छन् । उनलाई दिल्ली पुगेकै दिन प्रहरीले उद्धार गरेको हो ।

    बुबाको औषधी खर्च सम्झेरै विदेश जाने निर्णयमा पुगेको बताउँदै सहना भन्छिन्, ‘सरकारले उपचारको व्यवस्था गरिदिए वा यहीँ रोजगारी पाए विदेश जाने थिइनँ ।’

    सपनाको जस्तै सहनाकी पनि सहोदार दिदी दुबईमा छिन् । सहनाकी दिदी तीन पटक दुबई आउ-जाउ गरिसकेकी छन् । पहिलोपटक आफ्नी दिदी नेपालबाटै गएकी र पछिल्लो दुई पटक दिल्ली हुँदै दुबई पुगेको सहनाले अनलाइनखबरलाई बताइन् ।

    ‘दिदी पनि त्यही बाटो भएर जानु भएकाले विश्वास लागेर दिल्ली हुँदै जान लागेकी थिएँ’, सहना भन्छिन् । उनको पनि विदेश जान लाग्नुको आफ्नै कथा रहेछ ।

    दुर्गम गाउँमा हुर्केकी सहनाको उमेर २० वर्ष पनि पुगेको छैन । घरको आर्थिक अवस्था कमजोर भएपछि विद्यालयस्तरको पढाइ पनि पूरा गर्न सकिनन् । दुबईमा बसेर कमाइ गर्ने दिदीको विवाह भएपछि घरको आर्थिक अवस्था झनै नाजुक बन्यो ।

    ‘दिदीले बेला-बेलामा सहयोग त गर्नुहुन्छ, तर अर्काको घर गइसकेकी दिदीको कति भर पर्नु भनेर कामको खोजीमा लागेँ’, सहना भन्छिन्, ‘घरखर्च धान्न मुश्किल परिरहेका बेला बुबा बिरामी पर्नुभएपछि खर्च धान्नै नसकिने भयो ।’

    घरखेतै बेचे पनि क्यान्सरका बिरामी बुबाको औषधी खर्च धान्न नसकिएको उनको भनाइ छ ।

    सहनाले काठमाडौंको एउटा विद्यालयमा काम नगरेकी पनि होइनन् । तर, पढाइ नभएपछि राम्रो काम नपाएको उनको बुझाइ छ । पारिश्रमिकबाट आउने मासिक ५ हजार रुपैयाँ कोठाभाडा र खानामै सकिएपछि उनले वैकल्पिक उपायको खोजी गरिन्- दुबई जाने ।

    आफू बुबाको औषधी खर्च सम्झेरै विदेश जाने निर्णयमा पुगेको बताउँदै सहना भन्छिन्, ‘सरकारले उपचारको व्यवस्था गरिदिए वा यहीँ रोजगारी पाए विदेश जाने थिइनँ ।’

    तस्वीरले हैरान

    सपना र सहनासहित उद्धार गरिएका महिलाहरु मंगलबार त्रिभुवन विमानस्थल आईपुग्दा सञ्चारकर्मीले आतंकवादीलाई जस्तो व्यवहार गरेको ताप्लेजुङकी सकला थापाको गुनासो छ ।

    सकलाले अनलाइनखबरसँग भनिन्- ‘आफ्नै देशका पत्रकारहरूले अपराधीलाई जस्तो हप्काएर प्रश्न गर्दा साह्रै मन दुख्दोरहेछ ।’

    सकलाले अनलाइनखबरसँग भनिन्- ‘सरकारले नेपाली महिलाहरुलाई नेपालबाटै रोजगारीमा जाने नियम बनाए हामीले यस्तो दुःख पाउनुपर्ने थिएन ।’

    अनलाइनखबरलाई आफ्नो अनुभव बताइरहँदा उनले आँशु खसालिन् । समाचारकै कारण आफूहरू काठमाडौंमा पनि बाहिर निस्कन नसकिरहेको सकलाको भनाइ छ ।

    केही मिडियाले प्रष्ट चिनिने गरी तस्वीर प्रकाशित गरेको सकलाले बताइन् । त्यो तस्वीर हेरेर ताप्लेजुङस्थित आफ्नो घरमा दुईपटक प्रहरी पुगीसकेको उनले दाबी गरिन् । उनले भनिन्- ‘हाम्रो विषयमा समाचार आएपछि बुबाआमाले खानै खानु भएको छैन ।’

    दुई सन्तानकी आमा सकला पनि आर्थिक अवस्था मजबुत नभएरै विदेशिन खोजेको बताउँछिन् ।

    विगत एक दशकदेखि उनकै कमाइले घर चलेको छ । पहिलो पटक लेबनान गएर फर्केकी उनी दुईपटक दुबई गएर फर्केकी हुन् ।

    शारजहाँमा घरेलु कामदारका रुपमा कार्यरत उनी गत महिना मात्रै बिदामा घर आएकी हुन् । त्यहाँ मासिक ४० हजार रुपैयाँ बराबर पारिश्रमिक पाउने गरेको उनले बताइन् । उनको भिसाको म्याद दुई हप्तापछि सकिँदैछ ।

    एकजना परिचित सेटिङ गर्ने मान्छे (दलाल) ले साढे दुई लाख रुपियाँ दिए त्रिभुवन विमानस्थलबाटै उडाउने आश्वासन दिएको सकलाले सुनाइन् ।

    ‘मसँग त्यत्रो पैसा भए छोराछोरी छोडेर विदेश किन जान्थें भनेर दिल्ली लागेकी थिएँ’ सकलाले अनलाइनखबरसँग भनिन्- ‘सरकारले नेपाली महिलाहरुलाई नेपालबाटै रोजगारीमा जाने नियम बनाए हामीले यस्तो दुःख पाउनुपर्ने थिएन ।’

    (समाचारमा उल्लेखित महिलाको नाम र ठेगाना परिवर्तन गरिएको छ)

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal