News Portal

  • एकल परिवार : अभिषाप कि बरदान !

    हिमाली संचार संवाददाता
    ५८७ पटक

    आमा, बुबा, काका, काकी, हजुरआमा, हजुरबा, दाई, दिदी, भाई, बहिनी सबै-सबै एकै छानोमुनी । सबैको आ-आफ्नै कामधन्दा । दुख बिराम पर्दा एकअर्काको सहयोग । खुसी बाढ्नुपर्दा पनि ठूलो जमघट । यस्तो पारिवारिक संरचना अहिले टुक्रिदै गएको छ । र, एकल परिवारको दर बढ्दै गएको छ ।

    एउटा घरमा श्रीमान्-श्रीमति र एक वा दुई छोराछोरी ।

    संयुक्त परिवारको आ-आफ्नै आनन्द छ । फाइदा छ । यसको बेफाइदा पनि छन् । ठिक यसैगरी एकल परिवारको पनि फाइदा र बेफाइदा दुबै छन् ।

    एकल परिवारको अवधारणा

    २१ औं शताब्दीमा आएर विश्वको हरेक क्षेत्रमा एकल पिरवारको नयाँ अभियान शुरु भएको छ । नेपाललगायत भारतमा पनि एकल परिवारको सोच तीब्र गतिमा चलेको छ । केही शताब्दी अगाडी विरामी, युद्ध र मृत्युको कारणले एकल परिवार हुनु विवशता थियो ।

    त्यो बेला विधुवा वा विधुरहरु बच्चाहरुको हेरविचार गर्दथ्यो । बच्चा भएको विधुवा वा विधुरलाई एकल परिवारको गणनामा राख्दैन्थ्यो ।

    कुमारी आमाको पनि कल्पना गर्न सकिदैन्थ्यो । त्यो वेला सभ्य समाजमा कुमारी आमा हुनुलाई घृणात्मक दृष्टिले हेर्दथ्यो । तर अहिले आधुनिक समाजमा यो एक सामान्य कुरा भएको छ । यसलाई समाजमा हुर्ने दृष्टिकोण पनि फरक देखिएको छ । हुन त पहिलो यो परम्परा थिएन पनि यदि भएको खण्डमा यस्ता परिवारलाई कसैले पनि आफ्नो घर बालमा दिदैनथ्यो ।

    यही स्थिति कुमार पुरुषमा पनि हुने गरेको छ । त्यो वेला केवल विवाहित दम्पतीलाई मात्र बच्चा जन्माउने अधिकार थियो र बच्चाको पालनपोषण मिलेर गर्दथ्यो । तर अहिले समय परिवर्तन भएको छ । युरोप र अमेरिमा २ प्रकारको एकल परिवार रहेको छ ।

    विवाह पछि भएको सम्बन्धी विच्छेद र अविवाहित हुँदै बच्चा जन्माउनेलाई एकल परिवार भनिन्छ । सम्बन्ध विच्छेद भएको पति पत्नि वीच अकसर बच्चाको संरक्षणलाई लिएर विवाद हुने गरेको छ । दुबै आफ्नो बच्चालाई आफुसँगै राख्ने होदमा अदालतसम्म पुग्ने गरेको छ ।

    टुक्रिंदो सम्बन्ध

    एक अनुमानित रिपोर्टको अनुसार सन् २००९ मा रुसमा मात्र ७ लाख भन्दा बढी दम्पतीको सम्बन्ध विच्छेद गरेको थियो । अमेरिकामा सन् १९६० मा एकल परिवारको संख्या ९ प्रतिशत थियो भने त्यो संख्या सन् २००० बढेर २८ प्रतिशत हुन पुग्यो ।

    १ करोड ५० लाख बालबच्चाको हेरविचार आर्थिक स्थिति कमजोर भएको परिवारले हेर्दथ्यो । विवाहित दम्पतीके आय लगभग ८ लाख डलर तथा एकल परिवारको आय औसतमा २४ हजार डलर रहेको छ । यो कुरामा चीन पनि अछुतो भने छैन ।

    १९ औं शताब्दीमा चीनमा केवल १५ वर्षको आयु मै ३३ प्रतिशत बालबच्चाले आफ्नो आमाबाबाको सम्बन्ध विच्छेदको कारण प्रभावित बनेको थियो ।

    सन् २०१० मा अमेरिकामा जम्मेका बच्चाहरु ४०.७ प्रतिशत अविवाहित महिलाबाट जन्मेको तथ्याक रहेको छ ।

    १५ प्रतिशत बच्चा एकल परिवारमा

    एक अनुमानित रिपोर्ट अनुसार विश्वमा १५.९ प्रतिशत बालबालिकाहरु एकल परिवार हुर्कने गरेको छ । यूएस जनगणना ब्युरोको अनुसार ८४ प्रतिशत बच्चा एकल महिला र १६ प्रतिशत बच्चा एकल पुरुषमा हुर्कने गरेको छ । ४५ प्रतिशत सम्बन्ध विच्छेद महिला, ३४.२ प्रतिशत अविवाहित महिला र विधुवा महिला १.७ प्रतिशत थियो ।

    एकल परिवारको सबैभन्दा बढी लाभ व्यापारी वर्गलाई पर्ने गरेको छ । एकल परिवारबाट व्यापारी वर्गहरु निकै खुशी देखिन्छ । यस्ता एकल परिवार सभ्य समाजको लागि अभिशाप र व्यापारी वर्गको लागि वरदान सावित भएको छ ।

    यदि एक दम्पनी आफ्नो सम्बन्ध विच्छेद गर्न चाहेको खण्डमा वकील र न्यायालयलाई काम र पैसा दुबै मिलेको हुन्छ भने परिवारमा केही सन्नाता छाएको हुन्छ । सम्बन्ध विच्छेदको कारण कैयौं महिला वा पुरुषले नशालु पदार्थको सहारा लिएको हुन्छ भने कैयौं त आत्महत्या गर्न पनि पछि परेको हुँदैन ।

    महिलाको सोच

    सर्वेको अनुसार वर्ष २०११ म्ा ४१ लाख महिलाले बच्चालाई जन्म दिएको थियो । जस्मा ३६ प्रतिशत महिला अविवाहित थियो जुन सन् २००५ को भन्दा ३१ प्रतिशतले बढी हो । उक्त सर्वे अनुसार २० देखि २४ वर्षको आयुका महिला ६२ प्रतिशत थियो । सर्वेमा भाग लिएको ३० प्रतिशत महिलाले एकल महिलाले आफ्नो बच्चाको पालनपोषण एक दम्पती जस्तै पालन गर्न सकिन्छ भन्ने बताएका छन् र २७ प्रतिशतले नसक्ने बताएका छन् । ३७ प्रतिशत महिलाले धर्मपुत्र वा धर्मपुत्री पाल्नेमा समर्थन पनि गरेको थियो ।

    परिवारमा खल्लीबल्ली

    आफ्नो एकोहोरोपनबाट मुक्त हुनको लागि महिला वा पुरुषहरु आफ्नो लागि एक उपयुक्त साथीको खोजीमा हुन्छ । अधिकाशं महिला वा पुरुष वार, सिनेमाहल वा नाचघर तथा नयाँ नयाँ साथी बनाएर बाहिर घुम्न गएको हुन्छ । सम्बन्ध विच्छेदको कारण पैसाको पनि अभाव भएको हुन्छ किनकि यस्तो अवस्थामा सरकारी कार्यलयका वकिल यी दुई मध्य एकजनासँग मिल्नु पर्ने हुन्छ ।

    विश्वको अधिकाशं देशमा सम्बन्ध विच्छेद पछि आफुले जोडेको सम्पती सामान्यतया महिलालाई जाने गरेको छ । एक महिलाले आफ्नो जीवनकालमा २ चोटी सम्बन्ध विच्छेद गरेको छ भने उसलाई दुबै पतिको सम्पतीको हक लाग्छ । बच्चाको संरक्षण पनि महिलालाई नै दिएको हुन्छ । हप्ताको एकचोटी मात्र बच्चालाई आफ्नो पितासँग मिल्ने अनुमति दिएको हुन्छ ।

    समग्रा हेर्ने हो भने एकल परिवारमा हुर्केको बच्चाको भविष्यमा राम्रो प्रभाव पारेको हुँदैन । सम्बन्ध विच्छेदले समाजमा पनि नराम्रो प्रभाव पारेको हुन्छ । त्यसैले सम्बन्ध विच्छेद हुन नदिनु नै उत्तम मार्ग हो । परिवारको स्नेहमा अधिक महत्व दिनु राम्रो विकल्प हुन सक्छ ।

    रिपोर्टको अनुसार ४० प्रतिशत अविवाहित महिलाले विना विवाह नै बच्चा जन्माउने इच्छा राखेको छ भने एक तिहाई एकल महिलाले अरुको बच्चा पाल्नेमा इच्छा व्यक्त गरेको छ । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal