News Portal

  • मन्त्रीको आदेश नमानेको भन्दै मधेसका सीडीओ फिर्ता पठाउन माग

    हिमाली संचार संवाददाता
    ५४७ पटक

    जनकपुरधाम – संघीय समाजवादी फोरमले प्रदेश सरकारको निर्देशन अनुसार नागरिकता दिन नमान्ने प्रमुख जिल्ला अधिकारीलाई फिर्ता पठाउन माग गरेको छ ।

    प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रीले एक हप्ताअघि प्रदेशका ८ वटै जिल्लाका सीडीओलाई जन्मको आधारमा नागरिकता दिन निर्देशन दिँदै काटेको पत्रलाई अटेरी गर्ने सीडीओलाई फिर्ता पठाउन माग गरेका हुन् l

    सोमबार प्रदेशसभा २ को बैठकमा फोरम नेपालका सांसद सोमवार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा सांसद प्रल्हाद गिरीले मन्त्रीको निर्देशन नमान्ने प्रमसख जिल्ला अधिकारीहरुको प्रदेशमा आवश्यकता नभएको टिप्पणी गरे ।

    ‘पहिले त कानूनमन्त्रीले पत्र नै काट्न नहुने थियो र यदि काटिसकेको छ, भने त्यसको पालना सीडीओहरुले नगरेपछि उनीहरुको यस प्रदेशमा बस्ने आवश्यकता नै छैन । यदि सीडीओ र प्रहरी प्रमुखले प्रदेश सरकारको आदेश नमान्ने हो भने, प्रदेश सरकारको के महत्व, हाम्रो के महत्व ?’ उनले भने ।

    राष्ट्रिय जनता पार्टी नेपालका सांसद बाबुलाल साहले संविधानमा लिपिबद्ध गरिएको अधिकारसमेत प्रदेश सरकारले उपभोग गर्न नपाएको प्रति आक्रोश व्यक्त गरे ।

    उनले मधेस आन्दोलनको क्रममा ‘अपना शासन, अपना प्रशासन’ को नारालाई सार्थकता प्रदान गर्न संघीय लोकसेवा आयोग, निजामति सेवा आयोग, शिक्षक सेवा आयोग जस्ता निकायको गठन गरी संघीय सरकारबाट पदपुर्ति गरिए मात्र संघीय सरकारलाई सहज हुने बताए ।

    उनले भने, ‘जबसम्म संघीय सरकारको प्रहरी, प्रशासन र कर्मचारी हुदैन तबसम्म प्रदेश सरकार यस्तै अवहेलनाबाट गुज्रिनुपर्छ ।’

    नेकपाका सांसद रविन्द्र बैठाले सिरहामा एक मुसहर समुदायका युवाले गैर दलितसंग प्रेम विवाह गर्दा ती दलित युवाको ज्यानै जोखिममा परेको बताउँदै प्रदेश सरकारसंग ती युवाको जनधनको सुरक्षाको लागि माग गरे । उनले भने, ‘एउटा दलित समुदायका व्यक्ति दलित भएकै ज्यान जान्छ भने, त्यसको जिम्मेवारी कसले लिने, त्यसलाई कसले सुरक्षा प्रदान गर्ने ?’

    नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले संघीय सरकारले प्रदेश सरकारलाई दुई जिल्लाको कार्यालय एउटै जिल्लामा स्थापना गरेर दुई जिल्लाका नागरिकलाई लडाउने खोजेको आरोप लगाए ।

    उनले संघीय सरकारले तयार गरेको मन्द विष खुवाएर प्रदेशलाई कमजोर पार्ने षडयन्त्र गरिरहेको आरोप लगाए । उनले भने, ‘संघीय सरकारले स्लो प्वाइजनको विष दिएर प्रदेश सरकारलाई खारेज गर्न खोज्दैछ ।’

    प्रतिकृया दिनुहोस्

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal