News Portal

  • सानेपामा कांग्रेस प्रवक्ता शर्माले गाए मदन भण्डारीको गुणगान

    हिमाली संचार संवाददाता
    ४१६ पटक

    काठमाडौं – नेपाली कांग्रेसको मुख्यालय सानेपामा कम्युनिष्ट नेता मदन भण्डारीको गुणगान । त्यो पनि कांग्रेसका प्रभावशाली नेताको मुखबाट । शुक्रबार अपराह्न पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मदन भण्डारीको स्मरण गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीलाई अनशनमा बसेका बेला राजनीतिमा आउन अपिल गरेको घटना दुःखद भएको उनको भनाई थियो ।

    प्रवक्ता शर्माले भने– ‘म स्मरण गराउन चाहन्छु, श्रद्धेय मदन भण्डारीलाई जो हाम्रो पार्टीको नेता नभएपनि देशको महत्वपूर्ण नेता हुनुहुन्थ्यो, जसले कुनै बेलामा महाराज आँखा नचम्काइबक्सियोस राजनीति गर्न मन छ भने श्रीपेच खोलेर आए हुन्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो । त्यही अभिव्यक्ति दिने पार्टीको नेताले अनशनकारीलाई राजनीतिमा आउन चुनौती दिनुभयो । मदन भण्डारीले चुनौती दिनुभएको राजाको शीरमाथि रंगिन श्रीपेच थियो, कमरेड केपी ओलीले चुनौती दिएको व्यक्तिको शीरमाथि रंगहिन स्लाइन थियो । उहाँले सत्ताले न्यानोमा नबसी सडकको भुईबाट राजालाई चुनौती दिनुभयो । आजका प्रधानमन्त्रीले सत्ताको न्यानोबाट सडकको चिसो भुँइमा बसेकालाई चुनौती दिनुभयो ।’

    उनले यो अपमान गरेको घटना, कांग्रेसले यसकै पुच्छर समातेको भन्ने घटना समाधान भएको भन्दै  जटिल आउनुको कारण शेरबहादुर देउवा सरकारले जारी गरेको अध्यादेशको मूल मर्मलाई हटाएर विधेयक बनाउनु रहेको उल्लेख गरे । त्यही मूल मर्मलाई गाँसेका कारण गएराती समस्या समाधान भएको उल्लेख गरे ।

    उनले भने– ‘देउवा सरकारले जारी गरेको अध्यादेशमा १० बर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने व्यवस्था गरेको थियो, यो सरकारले विधेयकमा उक्त विषय हटाएको र हिजो त्यसलाई राखेपछि समाधान भयो ।’

    यस्तै एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी क्याम्पसलाई सम्बन्धन दिन नपाउने बिषय हटाइएको र त्यो थपेपछि समाधान गरेपछि सहमति भएको जनाए । यस्तै शर्माले मेडिकल शिक्षामा ७५ प्रतिशत छात्रवृतिको व्यवस्था कांग्रेसले राखेपनि यो सरकारले हटाएको र हिजो राखेपछि सहमति भएको दावी गरे ।

    पत्रकार सम्मेलनको सन्र्दभ थियो– डाक्टर गोविन्द केसीको आमरण अनशन, चिकित्सा शिक्षा विधेयक र सरकारको कार्यशैली । पत्रकार समक्ष शुरुमै प्रवक्ता शर्माले नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीलाई आफ्नो एजेण्डा बनाएको भन्ने सरकारी पक्षको भनाइको खण्डन गरे । उनले सरकारले केसीसँगको वार्ता भाँड्न खोजेको भन्दै निम्न स्तरको आरोप लगाएको भन्दै आक्रोश पोखे ।

    उनले भने– ‘सरकार उनीहरुको छ, संसदमा दुई तिहाई समर्थन छ, प्रदेशमा बहुमत छ, यस्तो सरकारलाई कांग्रेसले के गर्न सक्छ, कांग्रेसलाई डाक्टर केसीको अनशनमा सामेल भयो भन्नु दुःखद छ ।’

    सरकारले पूरा समय वार्तामा लगाउन छोडेर आलोचनामा खर्च गरेको भन्दै उनले आपत्ति जनाए ।

    कांग्रेससँग आफ्नै एजेण्डा रहेको बताँउदै डा. गोविन्द केसीको अनशन एजेण्डा नभएको बरु जायज कुराको समर्थन गरेको उल्लेख गरे । उनले कांग्रेसले संसद अवरोध गरेका कारण डाक्टर केसीको माग पूरा गर्न ढिला भएको सरकारी पक्षको भनाई आएको भन्दै कांग्रेसले संसद अवरोध गरेर पहिलो पटक जनताको हितमा काम गर्न बाध्य पारिएको दावी गरे ।

    उनले डाक्टर केसीले कांग्रेस सरकारको पालमा ७ पटक, कम्युनिष्ट सरकारको पालामा ६ पटक र खिलराज रेग्मीको सरकारको पालमा १ पटक अनसन बसेको स्मरण गर्दै सुशील कोइराला सरकारले माथेमा उच्च कार्यदल गठन गरेको र त्यही कार्यदलले पेश गरेको प्रतिवेदनका आधारमा देउवा सरकारले अध्यादेश जारी गरेको उल्लेख गरे ।

    प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा सो अध्यादेशको प्रति पनि देखाएका थिए ।

    १५ गते ७७ जिल्लामा प्रर्दशनः सभामुख वा उपसभामुख माग

    नेपाली कांग्रेसले अब सरकारसँग सभामुख वा उपसभामुख मध्ये एक माग्ने जनाएको छ । संविधानको धारा ९१ को उपधारा २ मा सभामुख र उपसभामुख २ फरक दलको हुनुपर्ने प्रावधान रहेको भन्दै त्यसको कार्यान्वनका लागि दवाव दिने प्रवक्ता शर्माले बताए  । उनले भने– ‘संविधानको एउटा धारा पालना भएन भने भोली अरु धाराको पालना के हुन्छ ?’

    उनले केसीको विषयलाई आफ्नो मुद्दा सकिएर कांग्रेसले आफ्नो मुद्दा बनाएको आरोप अचम्मको भएको बताए । उनले यो बिषयमा कांग्रेसले दवाव दिने भूमिका गरेको बताँउदै आगामी दिनमा पनि दवाव दिने उल्लेख गरे ।

    पूर्वनिर्धारित विरोधका कार्यक्रम अन्र्तगत आगामी साउन १५ गते ७७ वटै जिल्लामा दवावमुलक कार्यक्रम गर्ने उनको भनाई थियो । उनले सरकारले गरेको सकारात्मक काममा सहयोग गर्ने बताँउदै गलत कामका विरुद्ध दवाव दिने उल्लेख गरे ।

    प्रवक्ता शर्माले अहिलेको सरकारले गन्तव्यमा हिँडेको बताए पनि ब्याक गियर लगाएर हिँडेको दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal