News Portal

  • पत्रकार खसोगी इस्लामिक संगठनका सदस्य भएको साउदी युवराजको आरोप !

    ४९५ पटक

    साउदी अरबका युवराज मोहम्मद बिन सलमानले टर्कीमा हत्या गरिएका पत्रकार जमाल खसोगी खतरनाक इस्लामिक संगठनको सदस्य भएको बताएको मिडिया रिपोर्टहरुले जनाएका छन् ।

    राजकुमार सलमानले अमेरिकाको हृवाइट हाउससँगको फोनबार्तामा यस्तो कुरा बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    वासिङटन पोस्ट र न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टहरुका अनुसार साउदी अरबले खसोगीको हत्या गरेको स्वीकार गर्नुअघि युवराजले हृवाइट हाउसमा फोन गरेका थिए । तर, साउदी अरबले ती रिपोर्टहरुको खण्डन गरेको छ ।

    युवराज मोहम्मद र साउदी सरकारको कट्टर आलोचक मानिने खसोगीलाई अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र हत्या गरिएको थियो ।

    हत्यापछि उनको शवलाई टुक्राटुक्रा बनाएर गायव बनाइएको अनुमान लगाइएको छ । उनको शव अहिलेसम्म पत्ता लागेको छैन ।

    यस्तै वासिङ्टन पोस्ट र द गार्जियनको सम्पादकीयमार्फत खसोगीसँग विवाह तय भएकी उनकी टर्कीस प्रेमिका हृयाटिस सेनिजले विश्व नेताहरुसँग हत्याको ‘योजनाकारहरुलाई न्यायको कठघरामा ल्याउन’ आग्रह गरेकी छिन् ।

    साउदी अरबले भने उक्त हत्यामा राजपरिवारको संलग्नता नरहेको र ‘सबै तथ्यहरु पत्ता लगाउनका लागि प्रतिवद्ध’ भएको बताउँदै आएको छ । केही दिन अघिमात्रै युवराज मोहम्मदले उक्त अपराध साउदीका लागि दुःखदायी भएको बताएका थिए ।

    फोन वार्तामा के कुरा भएको थियो ?
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेद कुस्नर र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनसँग भएको भनिएको फोनवार्तामा राजकुमार सलमानले खसोगी ‘मुस्लिम ब्रडरहुड’ नामक खतरनाक इस्लामिक संगठनको सदस्य भएको बताएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।

    उक्त फोनवार्ता खसोगी हराएको एक सातापछि अर्थात अक्टोबर ९ मा भएको बताइएको छ । रिपोर्ट अनुसार युवराज मोहम्मदले हृवाइट हाउससँग अमेरिका र साउदी अरबबीचको मैत्री सम्बन्धलाई कायम राख्न पनि आग्रह गरेका थिए ।

    न्यूयोर्क टाइम्सको रिपोर्टमा उल्लेख भए अनुसार खसोगीका साथीहरुले उनले युवा अवस्थामा ‘मुस्लिम ब्रदरहुड’को सदस्यता लिएको भएपनि पछिल्लो समय उनी त्यसमा संलग्न थिएनन् ।

    सन् २०११ पछि अरब देशहरुमा सुरु भएको स्पि्रङ क्रान्तिपछि खसोगीले कैयौं देशहरुमा शक्ति हासिल गरेका इस्लामिक समूहहरुलाई समर्थन गरेका थिए । यद्यपी खसोगीको परिवारले भने उनी ‘मुस्लिम ब्रदरहुड’को सदस्य भएको कुरालाई अस्विकार गरेका छन् । खसोगीले समेत बारम्बार आफू ब्रदरहुडको सदस्य नभएको बताएको परिवारको कथन छ ।

    ‘जमाल खसोगी कुनै पनि किसिमले खतरनाक व्यक्ति थिएनन् । उनलाई अन्यथा सोच्नु हास्यास्पद हुन्छ’, उनको परिवारले वासिङटन पोस्टसँगको वयानमा भनेको छ ।

    छानविनले अहिलेसम्म के पत्ता लगायो ?
    उनको मृत्यु कसरी भयो भन्ने बारेमा पनि अहिलेसम्म यकिन तथ्य आएको छैन । आफ्नी टर्किस प्रेमिका ह्याटिस सेनिजसँग विवाह गर्नका लागि आवश्यक कागजपत्र लिन उनी दूतावासभित्र छिरेका थिए ।

    बुधबारमात्रै टर्कीले उनी दूतावासभित्र छिर्नासाथै पूर्वयोजना अनुसार उनको हत्या भएको र शरीर टुक्राटुक्रा बनाइएको बताएको छ ।

    टर्किस मिडियाहरुले खसोगीलाई मार्नुअघि यातना दिइएको प्रमाणहरु टर्कीसँग रहेको बताउँदै आएका छन् । साउदी अरबले भने खसोगी हत्याको बारेमा फरक- फरक वयान दिँदै आएको छ ।

    जब सबैभन्दा पहिले खसोगी बेपत्ता भएको कुरा उठ्यो, त्यसपछि साउदीले उनी भवनबाट सकुशल बाहिरिएको बताएको थियो । तर, पछि उनको एक झगडामा मुक्केबाजीको कारण मृत्यु भएको बताइयो । त्यस्तै गत साता मात्रै उसले खसोगीको हत्या भएको स्वीकार्दै एक ‘रफ अपरेसन’को क्रममा उनी मारिएको बताएको छ ।

    साउदीले उनको हत्यामा संलग्न भएको आशंकामा १८ संदिग्ध व्यक्तिहरुलाई गिरफ्तार गरेको र उनीहरु माथि साउदी अरबमा मुद्दा चलाइने पनि जनाएको छ । टर्कीले भने पक्राउ परेका भनिएका ती व्यक्तिहरु आफूलाई बुझाउन माग गरेको छ ।

    टर्कीले सार्वजनिकरुपमै साउदी अरबमाथि खसोगी हत्याको आरोप लगाउँदै आएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगनले साउदीका राजा सलमानसँग गत साता फोनमा कुराकानी गरेपछि दुई देशबीच यो मुद्दाको छानविनका लागि सहकार्य गर्ने सहमति भएको थियो ।

    अन्य देशहरुले के भन्दैछन् ?
    खसोगीको मृत्युपछि साउदी अरबले आफ्ना सहयोगी देशहरुबाट विभिन्न प्रतिक्रियाहरु प्राप्त गरिरहेको छ । धेरैले साउदीसँग चित्तबुझ्दो उत्तर खोजिरहेका छन् । यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले उनी साउदीको वयानबाट सन्तुष्ट नभएको बताएका छन् । यद्यपि उनले आफू साउदीसँगको लाभदायक हतियार सम्झौतालाई त्याग्न अनिच्छुक भएको पनि बताएका छन् ।

    खसोगीको हत्यामा संलग्न मानिसहरुको अमेरिकी भिसाहरु रद्द गरिएको भनिए पनि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भनेका छन्, ‘अमेरिकाले खसोगीको हत्यामा संलग्न मानिसहरुलाई प्रतिबन्ध लगाउनका लागि अझै केही साता समय चाहिने छ ।’

    पोम्पियोले भनेका छन्, ‘अमेरिकाको साउदी अरबसँग गहिरो र दीर्घकालीन रणनीतिक सम्बन्ध रहेको छ र हामी उक्त सम्बन्ध सधैं राम्रो होस् भन्ने चाहन्छौं ।’ बुधबार फ्रान्सका विदेशमन्त्री जिन भेसले डि्रयनले खसोगीको मृत्यु एक घीनलाग्दो अपराध भएको बताए ।

    ‘फ्रान्स साउदीसँगको आर्थिक सम्बन्धमा निर्भर छैन र हामी उसलाई प्रतिबन्ध लगाउन सक्छौं’ उनले भने । तर, यसबारेमा कुनै विवरणहरु दिइएको छैन ।

    बेलायती विदेश सचिव जेरेमी हन्टले पनि भनेका छन्, ‘यो डर उत्पन्न गराउने कार्य हो । यसले अमेरिका र बेलायतलाई साउदी अरबमाथि थप दबाव दिने मौका दिएको छ ।’

    यसअघि अमेरिकाले यमन युद्ध छिटो समाप्त गर्न साउदीमाथि दबाव दिएको थियो । जहाँ साउदी नेतृत्वको गठबन्धनले इरान समर्थित विद्रोहीहरुसँग लडिरहेको थियो ।

    खसोगीको प्रेमिकाले के भनिन् ?
    गार्जियन र वासिङ्टन पोस्टमा प्रकाशित सम्पादकीयमा सेनिजले भनेकी छन्, ‘खसोगीले एक घर किनेका थिए र छिटै नयाँ जीवन सुरु गर्ने चाहना राखेका थिए ।’

    उनले खसोगीको ‘क्रुर, असभ्य र निर्मम’ हत्यापछिको पीडालाई वर्णन गर्दै भनेकी छन्, ‘हामीले सर्वसत्तावादी शासनले पत्रकारलाई फेरि हत्या गर्न सक्दैन भनेर प्रष्ट सन्देश दिनुपर्छ ।’

    उनले विश्वभरका सरकारहरुसँग सत्य पत्ता लगाउनको लागि काम गर्न आग्रह समेत गरेकी छिन् । साथै उनले अमेरिकामाथि नैतिक आधारबाट अलग स्थानमा बसेको आरोप पनि लगाएकी छिन् ।

    ‘यदि विश्वका प्रजातन्त्रहरुले यो निर्लज्ज अपराधका योजनाकारहरुलाई न्यायको कठघरामा ल्याउन उचित कदम चालेनन् भने उनीहरुसँग कुन नैतिक अधिकार बाँकी रहन्छन् ?’ उनको प्रश्न छ । बीबीसी

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal