News Portal

  • राष्ट्रपतिसँगको पराजुलीको दसैं टीकाको शैली सामाजिक संजालमा ‘भाइरल’

    ६३७ पटक

    काठमाडौं : दसैंको टीकाको दिन (शुक्रबार) राष्ट्रपति कार्यालयमा लगाइएको टीकाको शैलीले सामाजिक सञ्जालमा बहस उब्जाएको छ । टीका लगाउने बेलामा राष्ट्रपति विद्यादेवी भण्डारी कुर्सीमा बसेको देखिन्छ भने उनीसँग टीका लगाउने अन्य विशिष्ट नागरिकमध्ये कोही कुर्सीमा बसेर, कोही उभिएर र कोही घुँडा टेकेर टीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

    त्यसरी टीका लगाउने क्रममा विभेद गरिएकोमा सामाजिक सञ्जालमा राष्ट्रपति कार्यालयको व्यवस्थापनका बारेमा प्रश्न उब्जिएको छ । सामाजिक सञ्जालमा सबैभन्दा बढी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको तस्बिरले चर्चा पाएको छ । उनले घुँडा भुइँमा धसेर राष्ट्रपतिसँग टीका लगाएका छन् ।

    उपराष्ट्रपति नन्दबहादुर पुनलाई टीका लगाउने क्रममा कुर्सीमा राखिएको छ । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली दम्पती, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल दम्पती, सभामुख कृष्णबहादुर महरा दम्पती, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल दम्पती, अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रपति भण्डारीका छोरी–ज्वाइँलगायतलाई भने कुर्सीमा राखिएको तस्बिर सार्वजनिक भएको छ ।

    उता, नेकपाका सचिवालय सदस्य वामदेव गौतम दम्पती भने टीका लगाउने क्रममा उभिएका देखिन्छन् । त्यसैगरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एउटा घुँडा टेकेर निहुरिएर राष्ट्रपतिबाट टीका लगाएका छन् ।

    सामाजिक सञ्जालमा राष्ट्रपति कार्यालयको टीकाका बारेमा धेरै चर्चा भएको विषयमा राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्मासँग बाह्रखरीले जिज्ञासा राख्दा उनले आफूले पनि त्यस्तो चर्चा थाहा पाएको बताए । ‘‘म दसैंमा पोखरा गएको थिएँ । भर्खर आएर कार्यालय छिरेको छु । कसरी यस्तो भयो, हामी छलफल गर्छौं,” उनले भने ।

    उता, टीका भाइरल भएपछि पूर्व प्रधानन्यायाधीश पराजुलीले फेसबुकमा जथाभावी फोटो राखिएको भन्दै आपत्ति जनाएका छन् । ‘‘सत्यतथ्य नबुझी फेसबुकमा जथाभावी फोटाहरू विकृत तवरबाट राख्नु र कसैको उपहास गर्नु कानुनतः अपराध हुन्छ र त्यो कार्य शिष्टाचारीहरूको मर्यादा र नैतिकताले दिँदैन,’’ उनले फेसबुकमा भनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal