News Portal

  • ओमनमा आशिका : छोराछोरी र श्रीमान सम्झँदै, रुँदै अनि काममा घोटिंदै

    ८०५ पटक

    सन्जिता देवकोटा/काठमाडौं : आशिका परियार, सनिलकी आमा । घर धादिङ । उहाँको परिचय त्यति लामो छैन । तर बाध्यता र रहरले विदेश जाँदा भोगेको कहर भने निकै लामो छ ।

    माइतमा छोरी, अनि श्रीमान्को साथमा काखे छोरो छाडेर विदेश पुग्दा पीडाले भतभती पोल्यो । तर गरिबीले पोल्टोमा पारिदिएको नियतिले मातृत्वलाई पनि निष्ठुरी नै बनाइदियो । सात समुद्रपारि पुगेर टन्न कमाइएला भन्ने सपना निराशामा बदलिए ।

    ओमानको अमिलो अनुभव

    ‘यहाँ छँदा अभावमा बस्नुभन्दा विदेश गएर कहिले कमाउनु भन्ने भयो,’ विदेश गएर कमाउने सपनाको बिजारोपण भएको क्षण सम्झनुहुन्छ, आशिका ।
    विदेशको बारेमा धेरै कुरा थाहा थिएन । तर विदेशमा कमाएर पूरा गर्न साँचेका सपना निकै थिए आशिकासँग ।

    कमाएर छोराछोरी पढाउनु थियो । छाप्रोको बासलाई अलिक राम्रो ठाउँमा सार्नु थियो । अनि अलिअलि विदेश घुम्ने रहर पनि । आफन्तले नै ओमान जाने बन्दोबस्त मिलाइदिए । भारतको बाटो हुँदै २०७२ सालको चैतमा उहाँ ओमान पुग्नुभयो ।

    आशिकाको कमाउने ठूलो रहर । काम ठूलै घरमा मिल्यो । ‘घरमा सबैखाले काम गर्नुपथ्र्यो, मलाई त कामको भन्दा पनि दामकै मतलब हो, जसो भन्यो उसै गरें नि,’ आशिकाले छोटकरीमा आफ्नो कामको व्याख्या गर्नुभयो ।
    सबैखाले कामले उहाँलाई धेरैपटक रुवायो । रुँदै गरेको कामले दुःखको स्वाद मज्जैले चखायो ।

    सुरुमा साहुनीले बोलेको केही पनि बुझिंदैन थियो, भाषाका कारण । घरको काम इशाराको भरमा गर्नुहुन्थ्यो, आशिका । ‘भाषा नआउने, उनीहरुले जे भने पनि आफूलाई नै गाली गरेझैं लाग्थ्यो नि, कति त गाली पनि खाइयो, कहिलै नगरेको काम, कति बिग्रन्थ्यो,’ आशिकाले भाषा नजान्दा काममा परेको अप्ठ्यारो सुनाउनुभयो । पछि विस्तारै भाषा बुझ्न थाल्नुभयो ।

    न घरमा भनेको बेला फोन गर्न पाइने, न त काम गर्ने ठाउँबाट निस्कन नै । ‘साहु साहुनीले कतै जान दिँदैन थिए, बिहान उठेदेखि नसुत्दासम्म काम नै गर्ने हो,’ पट्यारलाग्दो घरको काम दिक्क मान्दै सुनाउनुभयो आशिकाले ।

    कमाउन हिँडेको ज्यानलाई बहकिने छुट त थिएन । तर आशिकालाई घरमा छोडेको छोराछोरी र श्रीमानको यादले गलाउँथ्यो ।

    ‘घरमा हुँदा सधैंको अभाव, कहिले यो सबै दुःख छाडेर हिँडौं जस्तो हुन्थ्यो । तर उता गएपछि पो थाहा भयो नि दुःख के हो भनेर, छोराछोरी र बुढो सम्झेर कति रुन्थें’ आशिकाले भावुक हुँदै विदेशको दुःख सुनाउनुभयो ।

    ६ वर्षको छोरो श्रीमानको साथमा छाडेर हिँडेकी आशिका साहु साहुनीका छोराछोरी देख्दा आफ्नै छोरो सम्झनुहुन्थ्यो । फेरि मावलीको छत्रछायामा पढिरहेकी १२ वर्षीया छोरी र तिनै छोराको भविष्य सम्झनुहुन्थ्यो र आफूलाई सम्हाल्नुहुन्थ्यो ।

    ‘जे देखे पनि घरकै याद आउने, अरुका सन्तान स्यार्हानुभन्दा त छोराछोरीकै साथमा एक छाक खान बेश लाग्थ्यो त्योबेला चाहिँ,’ आशिका भन्नुहुन्छ । विदेशमा कमाउने रहरले निम्त्याउने कहर आशिकाले त्यतिबेला मात्रै बुझ्नुभयो ।

    परिवारको यादले सताएको बेला मन शान्त पार्ने अर्को विकल्प थिएन । काम गर्ने घरमा फोन चलाउन पाईंदैन थियो । साहु साहुनीलाई सुर चलेका बेला घरमा फोन गर्न आफ्नै मोवाइल दिन्थे । त्यो पनि दिन महिना र हप्ता गनेर । मनको बह पोख्न पनि कहाँ पाइन्थ्यो र । साहुले मिनेट गनेर बस्थे ।

    के हप्ता । के महिना । के वर्ष । आशिकालाई बिहान घाम उदाएको उज्यालो र अस्ताउँदाको अँध्यारो बाहेक केही थाहा हुँदैनथियो ।

    महिना मर्दा साहुले पैसा दिन्थे । ८० ओमानी रियाल अथवा झण्डै २४ हजार रुपैयाँ पाउनुहुन्थ्यो आशिकाले तलब । घरमा पैसा पनि साहुले नै पठाइदिन्थे । कुनै बहानामा घरबाट बाहिर निस्कने अनुमति थिएन ।

    साहुको बन्धनमा बस्दा आशिकालाई लाग्थ्यो ‘श्रीमान् मेडिकल फिट भएको भए, विदेशमै भए पनि श्रीमानकै साथमा हुन्थें ।’

    श्रीमान् श्रीमती दुवै एउटै देशमा, एउटै कम्पनीमा काम गर्ने योजना बनाएका पनि थिए । तर श्रीमानको मेडिकल रिपोर्ट ‘अनफिट’ आएपछि तय भएको थियो आशिकाको ओमान यात्रा ।

    आशिकाका श्रीमान् घरमा हुँदा छोरा सनिलले बाबुको सहारा पाएका थिए । मावलीमा भएकी छोरीले पनि बेलाबेलामा बुवासँग भेट्न पाएकी थिइन् ।
    गरिबीले चारजनाको परिवारलाई तीनतिर उछिट्याएको थियो । छुट्टिएको परिवारलाई जोड्न पनि आशिकलाई पैसा कमाउनु थियो ।

    साहुनीले किनिदिएको उपहार, छोरालाई गुड्ने ब्याग झण्डै दुई वर्ष बिताउनुभयो आशिकाले ओमानमा । दुःख भोग्नुभयो । तर फर्किंदा जानेबेला सोचेजस्तो सुख लिएर फर्किन सक्नुभएन ।

    ‘साहुनीको छोरा थिएनन्, मेरो छोराका बारेमा उसँग कुरा गरिरहन्थें, म आउने बेला छोरालाई के लान्छेस् भनेर सोधिन् अनि मैले तिम्रो छोरीको जस्तै ब्याग भनें, साहुनीले नै किनिदिइन् छोरालाई गुड्ने ब्याग’ सनिलले बोक्ने गुड्ने ब्यागको राज खुलाउनुभयो आशिकाले ।

    साहुनीले ब्याग किनिदिइन । आशिका आफैंले एउटा टिभी किन्नुभयो । साँचेका सपना पूरा नभए पनि फर्किन पाउने खुसीले नै आशिकाको मन फुरुंग भएको भयो । २०७४ फागुनमा आशिका धन नभए पनि खुसी मन लिएर घर फर्किनुभयो ।

    आशिका फर्किएपछि आमाको अभावमा खिन्न भएका छोरा सनिल दंग छन् । वर्ष दिनपछि आमा फर्किंदाको खुशीमा मलजल गरेको छ, गुड्ने ब्यागले पनि ।
    ‘म आएपछि त उ पुरै नक्कले भएको छ, गाजल लगाउँछ, लिपिस्टिक लगाउँछ, खुबै फुर्किन्छ, झन् गुडाउने ब्याग पाएपछि त के कुरा गर्नु, बेलाबेलामा साथीलाई पनि गुडाउँछ रे ब्यागमा राखेर,’ हाँस्दै आशिकाले सुनाउनुभयो ।

    विदेशबाट फर्किएपछि आशिकाको मन यस्तै स–साना खुशीहरुमा अल्झिएको छ । दुई वर्ष परिवारसँग टाढा भएर बिताउँदाको पीडामा छोराको खुशीले नै मल्हम लगाएको छ ।

    फेरि विदेश जाने योजना

    मन खुशी छ, तर साथमा धन छैन । आशिकाको अझै पनि विदेश गएर धन कमाउने मन मरेको छैन ।

    ‘घर फर्किएँ, धन नभए पनि मन त खुशी छ, तर राम्रो काम पाएँ भने यूएईतिर जाने योजनामा छु,’ आशिकाले फेरि विदेश जाने आफ्नो योजना सुनाउनुभयो । तर पहिले जस्तो घरको काममा हैन, यो पालि उहाँले कम्पनीमा नै काममा जाने योजना बनाउनुभएको छ ।

    भोलि कसले देखेको छ र ? तर आजको कुरा गर्ने हो भने आशिकाको उमेर छ, विदेश गएर पनि राम्रो कमाउन सकिन्छ भन्ने लाग्छ । २८ वर्षमा हिँड्दै गरेकी आशिकालाई अझै पनि केही वर्ष विदेशमै पाखुरा बजार्न सकिन्छ भन्ने लाग्छ ।

    ओमानमा दुई वर्ष भोगेको दुःखले पनि आशिकाको विदेश गएर कमाउने मन त फेरिएको छैन । तर देश र काम फेरिने पक्का जस्तै भएको छ । आशिकालाई विश्वास छ, अबको विदेश यात्राले आफ्नो जिन्दगी पनि फेरिने छ ।

    ‘छोरो, आमा र बाको कथा’मा भोलि हामी सनिलका बा हरि परियारले आशिका विदेश जाँदा छोरालाई कसरी हुर्काए र घरभित्र र बाहिरको काम गरे भन्ने कथा प्रस्तुत गर्छौं। उज्यालो

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal