News Portal

  • लिस्नु कप फुटबल प्रतियोगितामा वालिङ युनाइटेड स्याङ्जा विजयी

    हिमाली संचार संवाददाता
    ४१८ पटक

    बुटवल – वालिङ युनाइटेड स्याङ्जा बुटवल कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    पशुपति माविको मैदानमा शुक्रबार भएको खेलमा भरतपूर युवा क्लव चितवनलाई १-० गोल अन्तरले पाखा लगाउदै वालिङ युनाइटेड स्याङ्जा क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

    जितका लागि वालिङ युनाइटेडका जर्सी नं ९ का विदेशी खेलाडी मार्टिनले खेलको पहिलो हाफको १८ औं मिनेटमा हानेको गोल नै निर्णायक बन्न पुग्यो । शुक्रबार खेलमा भरतपूर युवा क्लव चितवनका गोलकिपर म्यान अफ द म्याच घोषित भए ।

    शनिबार दादर ११ मुम्बै इन्डीया र सिर्जना युवा क्लव करौंजिया रुपन्देहीबीच प्रतिस्पर्धा हुने खेल संयोजक बुद्धिप्रसाद गुरुङले जानकारी दिए । साउन २१ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११ सहित रुपन्देही, नवलपरासी, दाङ, स्याङ्जा र चितवनका गरी १६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

    प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal