– उर्मिला न्यौपाने
आँशु झर्दा आफ्नै हातले पुछि दिन्थ्यौ तिमी
रोए भने फकाएर काखमा लिन्थ्यौ तिमी
सानो छँदा कहिलेकाहीँ आपतमा परे
चिच्याउँथें डराएर आवाज चिन्थ्यौ तिमी
सधैं खुशी राख्नलाई हर मूल्य चुकायौ
आफ्ना खुशी बेची मेरा रहर किन्थ्यौ तिमी
जान्दैनथें हिड्न म त सानी थिए जहिले
हात समाइ ताते-ताते गर्दै हिन्थ्यौ तिमी
कसरी बस्नु आज मैले तिम्रो अवाभमा
दुई दिन मात्रै छुट्न परे दिन गिन्थ्यौ तिमी ।।
~ लम्की, कैलाली
तपाईं हामी सग फेसबुक, / ट्वीटर,
युटुबमापनि जोडिन सक्नुहुन्छ।
हिमाली संचार डटकमको वेबसाईट www.himalisanchar.com