News Portal

  • लिंगे पिङ र चंगा उढाउने परम्परा हराउदै

    ५२३ पटक

    जनक केसी/जाजरकोट – पाँच-छ वर्ष अघिसम्म सदरमुकाम खलंगा नजिकैका गाउँहरुमा जताततै लिंगे पिङहरु र आकासमा उडिरहेका रंगीविरंगी चंगाहरु देख्न पाइन्थ्यो। त्यतिवेला खलंगाका वजारहरुबाट केहि तल अनि केहि पर पुगेपछि स्याला, कालेगाउँ, वोहरा, रिसांग, रावतगाउँ, पिपे, रिम्ना, वाहुनथान, डिगा, पोख्रा राङसी लगाएतका गाउँहरु र होलुजिउलाका विभिन्न भागहरुमा  लिंगे पिङमा रमाउने र चंगा उडाउनेहरुको भिड देखिन्थ्यो।

    सदरमुकामका वजार र वस्तीहरुसँगै दुर्गम गाउँका विकट वस्तीहरुमा समेत दशैं तिहारका वेला लिंगे पिङ र चंगा उडेको मज्जाले देख्न पाइन्थ्यो।

    दशैंको घटस्थापनासँगै गाउँगाउँमा लिंगे पिङ वनाउन प्रतिष्पर्धा हुने गर्थ्याे। लिंगे पिङकै कारण गाउँमा एक प्रकारको रमाइलो मात्रै होइन यो एउटा परम्पराको रुपमा समेत स्थापित भएकाे थियो तर अहिले  सदरमुकामका गाउँमा मात्र होइन जिल्लाका कुनै पनि गाउँवस्तीहरु मा लिंगे पिङ र चंगा उडाइरहेको पाइदैन।

    खेतमा धानका बाला झुल्न थाले सँगै गाउँका टोलटोलमा चंगा बनाएर उडाउने केटाकेटीको प्रतिष्पर्धा र लिंगे पिङमा वेसरी मच्चिएर रमाइलो गर्ने चलन  लगभग अन्त्य जस्तै भएको भेरी नगरपालिका २ रिसागका राजेन्द्र कार्कीले वताए। ‘आजभोलि कतै पनि दशैंका वेला लिंगे पिङ वनाएको र गाँउमा रमाइलो गर्दै रंगीविरंगी चंगाहरु उडाएको  देखिदैन’ कार्कीले भने, ‘सवै कुराको नक्कल गर्ने नयाँ पुस्ताको चलनले पुरानो मौलिक परम्पराको रुपमा रहेका सवै चलनहरु विस्तारै हराउदै गइरहेका छन्।’

    गाउँमा चंगा उडाएको, मौलिक स्थानीय गीतसंगित र वाजाहरुको आवाज घन्किएको र लिंगे पिंङ मच्चिएको देखिन छोडेपछि दशैं तिहार लगाएतका पर्वहरुको रौनक घट्दो रहेको स्थानीय सरोकारवाला हरु वताउछन्। अघिल्लो पुस्ताका मानिसहरुका चलन र परम्परालाइ नयाँ पुस्ताका युवाहरुले निरन्तरता नदिँदा मौलिक चलनहरु ओझेल पर्ने मात्र नभइ हराउने खतरामा परेको जाजरकोटी कला र संस्कृतिका खोजकर्ता राजुराज सिंहले वताए।

    उनले स्थानीय सरकारहरु, युवाहरु र सर्वसाधारण हरुले सस्कृति संरक्षणतर्फ ध्यान नदिएका कारण  हाम्रा चाडपर्वहरु निरस वन्न पुगेको वताए। संस्कृतिको संरक्षण र मौलिक परम्पराको जगेर्ना गर्ने दायित्व राज्यको भएपनि यसतर्फ कसैको पनि ध्यान नगएको उनले गुनासो गरे।

    भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले यो विषयमा कुनैपनि जनप्रतिनिधिहरुले कुरा नउठाएपनि आफुले अवको योजनामा स्थानीय मौलिक परम्परा र संस्कृति जगेर्नाको लागि वजेट र कार्यक्रम वनाउने वताए। उनले अव दशैं पछि नै स्थानीय मौलिक परम्पराको लागि पहल गर्ने वताए। वारेकोट गाउँपालिका ५ का ८७ वर्षीय मानवहादुर सिंह पहिले आफुहरुलार्इ आफ्नाे कला, परम्परा र चलन जोगाउने ठुलो चिन्ता भएको तर अहिलका पुस्तामा त्यो नभएको वताए।

    प्रतिकृया दिनुहोस्

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal