News Portal

  • अल्झिएको साहित्य परीवारद्वारा बिजया दशमीको शुभकामना आदनप्रदान

    हिमाली संचार संवाददाता
    १४९७ पटक

    काठमाडौं : अल्झिएको साहित्य ग्रुपद्वारा बिजया दशमी – २०७५ को अबसरमा आयोजित श्रष्टा भेटघाट, सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम मंगलवार डिल्लीरमण पुस्तकालयको सभाहल लाजिम्पाटमा एक भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ ।

    ग्रुपका संयोजक सिताराम खड्काको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथी पोष्टराज चापागाईं र विशिष्ट अतिथिको रुपमा कलानिधी दाहाललाई निम्त्याइएको थियो। साथै कार्यक्रमलाई प्रमुख अतिथी पोष्टराज चापागाईंले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो भने स्वागत मन्तव्य ग्रुपको तर्फबाट निर्दोष क्षेत्रीले राख्नु भएको थियो।

    दिउँसो करिब ०१:०० शुरु भएको कार्यक्रममा साहित्यलाई माया गर्नु हुने तमाम साहित्यिक मनमुटुहरुको बाक्लो उपस्थिति रहेको थियो। साथै उक्त अबसरमा साहित्य जगतका २ उदयमान श्रष्टाहरु अंचल बान्तावा र मुना खतिवडा लाई खादा ओढाएर नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

    त्यस्तै कार्यक्रममा उत्कृष्ट रचना बाचन गर्ने ३ सर्जकहरुलाई पनि पुरस्कृत गरिएको थियो जसमा गजल बाचन तर्फ प्रथम हुने मानुषी रेग्मी, मुक्तक बाचन तर्फ प्रथम हुने सुशीला ढकाल र कविता बाचन तर्फ प्रथम हुने दीक्षा भण्डारी हुनुहुन्थ्यो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी चापागाईंले साहित्यको उत्थानको लागी यस्ता कार्यक्रमले ठूलो मलजल गर्ने र नव श्रष्टाहरु साहित्यमा सहजै आकर्षित हुने बताउनु भयो। अर्का अतिथी दाहालले पनि आफ्नो तर्फबाट मन्तब्य राख्नु भएको थियो। उहाँहरु दुबैलाई ग्रुपको तर्फबाट बिशेष सम्मान गरिएको थियो।

    ग्रुपका सचिब बासु सापकोटाले कार्यक्रमको बारेमा जानकारी दिदै कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको र नेपाली साहित्य जगेर्नाको लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई  निरन्तरता दिने बताउनु भयो।

    ग्रुपमा आनन्दलाल घलान, कैलाश बस्नेत, तारा घिमिरे, सम्झना श्रेष्ठ, गणेश भण्डारी, कमला पन्त र एकल वर्षा के.सी साथै सल्लाहकार समिती र निरीक्षण समिति रहेको छ।

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal