News Portal

  • सरकारी कर्मचारी अनुमतिबिनै विदेश भ्रमणमा

    अब्दुल्लाह मियाँ
    ५६४ पटक

    काठमाडौँ : राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक सहसचिव रामचन्द्र कँडेल वन तथा वातावरण मन्त्रालयको अनुमति नलिइ एक दर्जन भन्दा बढी विशेषज्ञहरु लाई लिएर भारतको पटना भ्रमणमा गएको कान्तिपुरमा समाचार छ।

    भ्रमण स्वीकृत गराएर मात्र जानुपर्ने व्यवस्था भए पनि उनको भ्रमणबारे मन्त्रालयलाई जानकारी नभएको मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले बताए। ‘देशको प्रतिनिधित्व गर्दै जाने विषय गम्भीर भएकाले भ्रमण मनोनयन स्वीकृत हुनुपर्ने हो’प्रवक्ता ढुंगानाले कान्तिपुरलाई भने,‘त्यसो गरेको देखिएन। यसमा गम्भीर ध्यानाकर्षण भएको छ। मन्त्रालयले एक्सन लिन्छ।’

    स्थानीयस्तरमा हुने जुनसुकै सिमावर्ती बैठकमा भाग लिन भारतीय पक्षका अधिकारीले केन्द्र सरकारसँग अनुमति लिने गरे पनि हामीकहाँ आफूखुसी बैठकमा सहभागी हुने र विदेश भ्रमणसमेत हुनु दु:खद रहेको ढुंगानाले बताए।

    उपमहानिर्देशक कँडेल वन्यजन्तु संरक्षणसम्बन्धि सिमावर्ती छलफल (ट्रान्सबाउन्ड्री) बैठकका लागि आइतबार विशेषज्ञहरुलाई लिएर भारतको पटना गएका हुन्। विभागका निमित्त महानिर्देशक गोपालप्रकाश भट्टराईले भ्रमणबारे उपमहानिर्देशक कँडेललाई नै जानकारी भएको बताए। महानिर्देशक मनबहादुर खडका पनि गत सातादेखि विदेश भ्रमणमै छन्। उनी पनि वन्यजन्तुसम्बन्धि कार्यशालामा भाग लिन बेलायत गएका हुन्।

    उपमहानिर्देशक संयोजक रहेको टोलीमा भारतसँग सीमा जोडिएका निकुञ्ज र संरक्षण क्षेत्रका प्रतिनिधिसहित वन्यजन्तु संरक्षणका साझेदार संस्थाहरु डब्लूडब्लूएफ नेपालबाट शिवराज भट्ट, जुलोजिकल सोसाइटी अफ लण्डन, नेपालबाट भगवान दाहाल, राष्टिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बाट नरेश सुवेदी र चिरञ्जीवी पोखरेल, नेपाल पन्छी संरक्षण संघ (बीसीएन) बाट कृष्णप्रसाद भुसाल र वन विभागबाट सबनम पाठक लगायत छन्।

    यसअघि करिब दुई साता अघि पनि सूदूरपश्चिम प्रदेशअन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सुधिरकुमार कोइराला र प्रदेश वन निर्देशनालयका प्रमुख सहसचिव नवराज काफ्ले निकुञ्जका प्रतिनिधिलाई लिएर मन्त्रालयलाई थाहै नदिइ सिमावर्ती बैठकका लागि भारत गएका थिए।

    प्रवक्ता ढुंगानाका अनुसार स्थानीयस्तरमै हुने संरक्षण लगायत अन्य सीमावर्ती बैठकमा सहभागी हुनका लागि पटक पटक मन्त्रालयको अनुमति लिनुनपर्ने विगतमा निर्णय भए पनि राष्ट्रिय प्रतिनिधित्व हुने कार्यक्रममा सहभागी हुनुपर्दा अनिवार्य मनोनयन स्वीकृत हुनपर्छ।

    कँडेलको भ्रमण राष्ट्रियस्तरको भएकाले मन्त्रालयलाई जानकारी हुनुपर्ने र त्यसअघि उनको मनोनयन स्वीकृत हुनुपर्ने ढुंगानाले उल्लेख गरे। उक्त कार्यक्रममा भारततिरका वन्यजन्तु संरक्षण क्षेत्रमा सरकारी अधिकारी सहभागी हुनेछन्।

    नेपाल र भारतका निकुञ्ज र संरक्षण क्षेत्र जोडिएको र वन्यजन्तुसमेत दुवैतिर ओहोर दोहोर गर्ने तथा दुवैतिर लुकीचोरी सिकारका घटनासमेत हुने भएकाले त्यसको व्यवस्थापनका लागि दुई देशका अधिकारीबीच बेलाबेलामा बैठक हुने गरेको छ। त्यस्ता बैठकमा सूचना आदान प्रदान गर्ने, सिकाइ र अनुभव साट्ने तथा अवैध सिकार र व्यापार नियन्त्रणमा पहलकदमी गर्ने लगायतका विषयमा छलफल हुने गरेको छ।

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal